निती तथा कार्यक्रम बजेटमा ढिलाई

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

पाटन, २१ श्रावण । बैतडीको पाटन नगरपालिकाको नगर कार्यपालिकाले निती तथा कार्यक्रम बजेट ल्याउन नसकेको भन्दै नेकपा एमाले निकट वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले प्रेस बिज्ञप्ती जारी गरेका छन् । नगरपालिकाका मेयर तथा उपमेयरसहितको बैठकले निती तथा कार्यक्रम बजेट ल्याउन पटक–पटक मिति सार्वजनिक गरेपनि बजेट ल्याउन नसकेको भन्दै एमाले निकट वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले आपत्ति जनाएका हुन ।

‘श्रावण ३ गते बसेको नगर कार्यपालिकाको बैठकबाट बजेट निर्माणका लागि विभिन्न समितिहरु गठन गरी बजेट सम्बन्धि कार्यतालिका समेत निर्धारण गरिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । श्रावण महिनाको ४–१० गते सम्म वडा भेला गरि वडा समितिले क्षेत्रगत रुपमा योजना प्राथमिकिकरण गर्ने, सोही महिनाको ११ र १२ गते बजेट तथा योजना तर्जुमा समितिको वैठक बसी योजना तर्जुमा गर्ने, १४ गते देखी कार्यपालिकाको बैठक बसी उक्त बजेट तथा योजना पारित गरि तत्काल सभा बोलाउने निर्णय भएको र त्यो प्रमुख र उप–प्रमुखको रबैयाका कारण हुन नसकेको एमालेको आरोप छ ।

‘साउन १६ गते बसेको कार्यपालिकाको बैठकबाट ऐन, नियम र कार्य विधी स्विकृत गरि १८ गतेको कार्यपालिकको बैठकले दोस्रो कार्यतालिका सार्वजनिक गरि मिती १९ गते बजेट तथा योजना तर्जुमा समितिको बैठक, मिती २० गते बजेट तथा योजना तर्जुमा समितिले गरेको योजना छनौट कार्यपालिकामा पेश हुनेगरि २४ गते नगर सभा समेत बोलाएकोमा १९ गतेका दिन बोलाईएको बजेट तथा योजना तर्जुमा समितिको बैठक विनाकारण स्थगीत गरी नेपाली काग्रेसको क्रियाशिल, भव्य र सभ्य मान्छेको निधन भएको निँहुगरी समितिका संयोजक तथा नगर उप–प्रमुख सरस्वती कोलीले बिना कारण आफ्नो पदिय जिम्मेवारी र अस्तीत्व बिर्सेर पाटन नगरपालिकालाई पार्टी सञ्चालन गरे जस्तो गरी चलाउन खोजी बैठक स्थगीत गरेको कुरा प्रती बजेट तथा योजना तर्जुमा समिति घोर आपत्ति सहीत खेद प्रकट जनाउदछ ।’ सो प्रेश बिज्ञप्तीमा भनिएको छ ।

यसैबीच नेकपा एमाले को तर्फबाट पाटन नगरपालिकाको कार्यपालीका तथा नगर सभामा समेत स्पस्ट बहुमत दिलाई जनमुखी कार्यमा अग्रसर हुन सचेत गराउने सम्पूर्ण पाटन नगरवासी दाजुभाई, दिदी बहिनीहरु र सम्पूर्ण न्याय प्रेमी जनसमुदायमा हामी सदैब जनमुखी र जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जाहेर गरेको छ । साथै सदैव न्याय र विधिको पक्षमा रहेको प्रतिबद्धता गर्दै जनताको प्रत्यक्ष जीबन संग जोडीएको निती तथा कार्यक्रम बजेटलाई ल्याउन कार्यतालीका सार्वजनीक गर्न प्रेश बिज्ञप्तीमा अपिल गरिएको छ ।

एमालेबाट पानपा–१० का वडा अध्यक्ष देबेन्द्र कुवँर, वडा नम्बर ९ का अध्यक्ष लोक बहादुर भण्डारी, वडा नम्बर ७ का अध्यक्ष ललित बहादुर चन्द र वडा नम्बर ४ का अध्यक्ष दिपक सिंह बिष्ट जननिर्वा्चित प्रतिनिधि हुन । यस्तै कार्यपालिका सदस्यहरुमा एमालेबाट सुनिता ओड विक, बिमला सार्की, सुनिता भट्ट, पदमा बिष्ट, बसन्ती ठगुन्ना, मनिराम लुहार, बलदेब राम लुहार र लालीराम लुहार रहेका छन् भन्ने समाचार प्रकाशमा आएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *