यार्सागुम्बाबाट एक करोड राजश्व








दार्चुला, २० श्रावण । यदि नेपालको सम्पदा जोगाउने हो र अर्थतन्त्र समृद्ध बनाउने हो भने यार्सागुम्बा लोप गराउनु भन्दा ती पहाडका भित्री भागमा रहेका खानीहरु उत्खनन गरी फलाम तामा लगायतका धातुहरु प्रशोधन गरी स्वदेशी धातु द्वारा सर्वप्रथम स्वदेशी रेल उत्पादन गरी धातु निकासी द्वारा धन आर्जन गर्दै विदेशीएका युवाहरुलाई घर फर्काउनु उपयुक्त देखिन्छ ।
करिब पाँच वर्षसम्म गरिएको संकलनको प्रतिवेदनले सुदूरपश्चिममा यार्सागुम्बाको अवस्था समान देखाएको छ ।
सुदूरपश्चिमको यार्सागुम्बा पाइने दार्चुला र बझाङको तथ्यांक अनुसार यहाँ हरेक वर्ष संकलन हुने परिमाणमा धेरै भिन्नता छैन । अपि नाम्पा संरक्षण क्षेत्रको कार्यालय दार्चुलाका सूचना अधिकृत भुवनेश्वर चौधरी ले विगतको यार्सागुम्बा संकलनको परिणाम हाल सम्म समान रहेको बताउनुभयो ।
गत वैशाख देखि असार सम्म दार्चुलामा ६ क्विन्टल २९ किलो यार्सागुम्बा संकलनका लागि व्यापारीले संकलन अनुमति लिएका चौधरीले जानकारी दिनुभयो । २ क्विन्टल ४६ किलो यार्सागुम्बा निकासी गरिरहेको अपिनाम्पा संरक्षण क्षेत्रको कार्यालयले जनाएको छ । निकासी गर्दा व्यापारीले प्रतिकिलो रु २५ हजार राजश्व बुझाउनुपर्ने प्रावधान छ ।
‘चार÷पाँच वर्षको यार्सागुम्बा संकलनको परिमाणमा धेरै उतारचढाव छैन,’ चौधरीले भन्नुभयो, ‘दार्चुलामा वर्षेनी करिब आठ क्विन्टल यार्सागुम्बा संकलन हुँदै आएको छ ।’ व्यापारीले यार्सागुम्बा पाइने उच्च हिमाली भेग पुगेर संकलनकर्ताबाट तथ्यांक लिने गरेका छन् । यस वर्ष दार्चुलामा ७९ जनाले यार्सागुम्बा संकलनको अनुमति लिएका थिए ।
दार्चुलाको उच्च हिमाली भेग घुसा, खण्डेश्वरी, सित्तोला, व्याँस र राप्लाको हिमाली भेगमा यार्सागुम्बा संकलन गर्न
हरेक वर्ष पाँच हजार भन्दा बढी संकलक जाने गरेका छन् । आम्दानीको राम्रो स्रोत बनेकाले संरक्षण क्षेत्रका स्थानीयवासी विद्यालय समेत छाडेर यार्सागुम्बा टिप्न जान्छन् । तर संकलनकर्ता संरक्षण क्षेत्रको कार्यालयमा संकलक परिचय पत्र बनाउन भने आउँदैनन् ।
यार्सागुम्बा संकलन गरी जिल्ला बाहिर निर्यात गरेबापत व्यापारीले हरेक वर्ष करोडौँ राजश्व बुझाउँदै आएका छन् । दार्चुला बाहेक सुदूरपश्चिमका अन्य जिल्लाबाट समेत संकलनका लागि हिमाली भेगमा पुग्छन् । ‘यार्सागुम्बा संकलन कार्यलाई अझै व्यवस्थित गर्न सकिएको छैन,’ चौधरीले भन्नुभयो ।
बझाङमा पनि हरेक वर्ष करिब तीन देखि पाँच क्विन्टल सम्म यार्सागुम्बा संकलन गरिन्छ । यस वर्ष ३ क्विन्टल ६७ किलो यार्सागुम्बा संकलनका लागि व्यापारीले अनुमति मागेको सहायक वन अधिकृत कर्णबहादुर खातीले जानकारी दिनुभयो । एक्काइस जना यार्सागुम्बा व्यापारीले संकलन का लागि अनुमति मागेर स्थानीयवासी कहाँ किनमेलका लागि गएका छन् ।
‘यस वर्ष अझैसम्म निकासी अनुमतिका लागि कोही आएका छैनन,’ खातीले भन्नुभयो । संकलनको अनुमति समय सकिएपछि यार्सागुम्बा निकासीका लागि व्यापारीले राजश्व बुझाउने गरेका छन् । वैशाखदेखि असारसम्म बझाङको काँडा, धमेना, सुनिकोट, दउचौउर, दहबगर र सुर्मा क्षेत्रमा यार्सागुम्बा संकलन गरिन्छ ।
यार्सागुम्बा संकलन हुने बझाङ र दार्चुलामा निकासीबापत अघिल्लो आवमा व्यापारीले रु १ करोड १९ हजार राजश्व बुझाएका थिए । स्थानीयवासीबाट व्यापारीले यार्सागुम्बा खरिद गरेर बजारमा प्रतिकिलो रु १४ लाखदेखि रु १८ लाखसम्म बिक्री गर्ने गरेका छन् ।
यो बुझाएको राजश्व रकम बेलुका भात खाएर पेटमा राख्यो र विहान शैचलायमा फालेझैं दीर्घकालिन रुपमा काम लाग्दैन । पश्चिम तर्फ रहेका भारतका हिमालहरुमा यार्साको संरक्षण गरी टिप्न दिएको छैन संरक्षण गरेको छ भने नेपालमा मास्न अनुमति दिएको देखिन्छ ।







