आरन पेशा संकटमा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

डडेल्धुरा, २१ श्रावण । मनुको शासनकालमा समेत मानिसलाई विभिन्न वर्गमा बाडेर कार्य विभाजन गरेको थियो । जसमा लुवाका कृषि औजार निर्माण गर्नेलाई लुहारको पदवी दियो भने सिलाईको काम गर्नेलाई दर्जी, दमाई त्यस्तै सुनको काम गर्नेलाई सुनार, कुटो कोदालोको काम गर्नेलाई बाउसे, धान रोप्नेलाई रोपदारी, वेदपुराण धार्मिक ऐन नियम निर्माण गर्ने रुपमा ब्राह्मणलाई लिएको पाइन्छ । यसरी कामको आधारमा पदवी दिइएको थियो जुन आज जातजातिमा विभाजित गरिएका छन् ।

सुदूरपश्चिममा परम्परागत रुपमा आरन पेशा गर्दै आएका दलित समुदायका व्यक्तिहरु अहिले पलायन हुँदै गएका छन् । ग्रामीण क्षेत्रमा विशेष गरेर बालीघरे प्रथामा आधारित आरन पेशा महङ्गीले खर्च धान्न नसक्ने भन्दै संकटमा पर्दै गएको हो । वर्षौं देखि काम गर्दै आएका दलित समुदायका मानिसले यो पेशा नै छोड्न थालेका छन् । प्रविधिको विकासले गर्दा पनि अहिले आरन व्यवसाय संकटमा पर्न थालेको छ ।

समाजमा आरनलाई अमर्या्दित दृष्टिले हेर्दा समेत यो पेशा लोप हुँदै गएको पेशागत आरन व्यवसायीको भनाई छ । कतिपय व्यवसायीले वैकल्पिक पेशाको खोजी गर्न थालिसके भने कति व्यवसायी परदेश जान थालेका छन् । यो पेशाबाट परिवार पाल्न नै धौ हुने भएपछि धेरैले पेशा नै छोडेको करन तिरुवाको भनाई छ । ‘बुवाले यो पेशा कायम राखेको भए पनि हामी दाजुभाइ भने कमाउन छिमेकी देश जाने गरेका छौं’ उहाँले भन्नुभयो ।

तर केही दलित समुदायका पाका पुस्ताले भने आफ्नो परम्परागत पेशा टिकाइ राख्नुपर्ने भन्दै बालीघरे प्रथामै काम गरि
रहेका छन् । परिश्रम अनुसारको ज्याला नपाएकै कारण पेशा छोड्ने सोच रहेको आरन व्यवसायी दलजित बिकले बताउनु भयो ।

यसअघि सुदूरपश्चिम क्षेत्रका धेरैजसो गाँउमा मुख्य आयश्रोतको रुपमा लिइएको आरन व्यवसाय अहिले फाट्टफुट्ट रुपमा देखिने गरेको छ । आरन पेशा संकटमा पर्दा गाउँमा दैनिक कृषि काममा आवश्यक पर्ने हँसिया, कुटो–कोदालो लगायतका सामान बनाउन समस्या भएको स्थानीय बासिन्दाको भनाई छ ।

तर, डडेल्धुरा सदरमुकाममा आरन व्यवसाय सञ्चालन गर्दै आएका उदय सिंह लुहार भने जीवन धान्नका लागि आरन व्यवसाय निकै महत्वपूर्ण भएको बताउनु हुन्छ । ‘७० वर्ष को उमेर भइसक्यो, गएको २५ वर्षदेखि आरन पेशा गर्दै आएको छु’ उहाँले भन्नुभयो ‘फलामबाट विभिन्न सामग्री निर्माण गर्न नेपाली युवा पिँढीले सिक्न नसक्दा आरन व्यवसाय दिन प्रतिदिन धरासायी बन्दै गएको छ । यो चिन्ताले भने मलाई सताइरहन्छ ।’ सबैभन्दा बढी काम हुने आसन पेसा आज संकटमा परेकोले पेशाकर्मीलाई धौधौ परेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *