खुला आकाश मुनि सबै आऔं

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

जनताको चाहना के थियो के थिएन भन्ने तर्फ हामी नजाऔं तर आज सबैको सहयोग भएको भए एउटा व्यक्तिको हत्या नगरेर पनि व्यवस्था परिवर्तन हुने निश्चित थियो । २५ हजार मानिसहरुको हत्या भएपनि शासकहरुमा कोही पनि मरेन मारिएन । गरिब निहत्ताको बलिबाट प्राप्त व्यवस्था द्वारा गरिब निहत्ता जनताको उन्नतिको लागि आज के गाउ“ के शहर के कुन राजनीतिक पार्टी भन्ने स्वार्थलाई त्यागी सबैले एकजुट भई यो देशको खातिर संयुक्त रुपमा उभिनुपर्छ ।

हामी कहा“ को बाट पेलिएका छौं हामी माथि कसको षडयन्त्र छ र के भइ रहेको छ हाम्रो पछि को परेको छ भन्ने कुरा समग्र नेपालीलाई थाहा छ । यो देशको लागि थोरै पनि राम्रो गर्न नसक्नेहरुले थोरै नराम्रो पनि गर्ने हिम्मत दुष्साहस गर्नु हुदैन । तर हामीलाई दुःख लाग्छ ठुला ठुला व्यक्तित्व जनताको सम्पत्ति शोषण भ्रष्टाचारमा मुछिनु पनि दुर्भाग्य हो, २÷२ जना प्रहरी प्रमुख, मन्त्रि, सभासदहरु संलग्न हुनु सबैभन्दा ठूलो चिन्ताको कुरा रहेको छ ।

देशमा जुनसुकै किसिमको अराजकता, अनैतिकता, भ्रष्टाचार हुन्छ त्यसको विरुद्धमा जानु नेपाली जनताको कर्तव्य हो । शासन सत्ता जसको हातमा रहेपनि नेपाली जनता कै हातमा रहेको मान्नुपर्छ । जब सत्ता पक्ष या विपक्ष देशको नियम कानुनलाई मान्न हिचकिचाउ“छन् भने जनताले समात्नु पर्दछ । आज देश डगमगाएको छ । स्वदेशी तथा परदेशी षड्यन्त्रको चंगुलमा लुप्त गरी फसिसकेको हुदा बाह्य जगतको कुदृष्टि पर्न सक्छ । त्यो कुदृष्टिबाट देशलाई बचाई आफु बच्ने प्रयास गर्नु आजको चुनौती
रहेको छ । राष्ट्र र राष्ट्रियता सित कसैले पनि सौदा गर्नु हुदैन ।

आजको आकारमा सानो देश भोली सबै थोकमा ठूलो हुन सक्छ । अर्काे घत लाग्ने कुरा छ त्यो हो नेपाली जनतालाई जाति, लि·, वर्गमा विभाजित गरेझैं नेपाली भाषा माथि पनि हमला भई रहेको छ । भारतको दार्जिलिङमा बस्ने नेपाली मूलका भारतियहरुको भाषा नेपाली नै हुदा बंगाल सरकारले बंगाली भाषामा मात्र सरकारी कामकाजको भाषा राखी नेपाली भाषालाई अमान्य बनाउने प्रपन्च रचेकाले गोर्खाल्याण्डको माग राखी हाल सम्म पनि दार्जिलिङ तनावग्रस्त मात्र रहेको होइन कि नेपालमा पनि नेपाली भाषालाई सुधारको नाममा अनावश्यक अमान्य १५० वर्ष भन्दा पनि पुरानो नेपाली भाषाका लिपिहरु समेत विगार्ने, अन्यथा गर्ने, षड्यन्त्र भइरहेको छ ।

नेपाल र नेपालीपन मेटाउनेहरु स्वदेश परदेशबाट लागि परेकाले शिक्षक, विद्यार्थी, साहित्यकार, वकिल, डाक्टरहरु तथा विश्वविद्यालयहरुले हाम्रा पुराना नेपालीमा लिखित ग्रन्थको समेत वास्ता नराखी भाषा बंग्याउने प्रति सचेत रहन नेपाली जनताको आग्रह रहेको छ ।

आज आकाश खुला छ । राष्ट्रको लागि केही गर्ने इच्छा र शक्ति थियो तर गर्न दिएन भन्ने अवस्था आज छैन । निहत्ता जनताको रगतको भलले देशका विकृतिहरु पखालिन बा“की छन् भने शुद्ध मनरुपी समुद्रले पखालौं र राष्ट्र, राष्ट्रिया, स्वाभिमान बचाउन हामी सबै हातेमालो गरौं । देशलाई पार्टी तथा व्यक्ति भन्दा माथि नै रहन देऔं ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *