विदेशीको चंगुलबाट बच्नु सरकराको र नेताहरुको दायित्व








यसो आवरण हेर्दा कुनै मानिस विरामी जस्तो देखिदैन तर ऊ कति बेला ढल्छ थाहा हुदैन । विदेशीको चंगुलमा देश नेता कति बेला फस्छन् थाहा हुदैन । नेपालीको इमानदारी बहादुरीपनको फाइदा संसारले लिई रहेका छन् तर हामी नेपालीको स्वाभिमानमा कति ठूलो चोट पुगेको छ केवल स्वाभिमानी लाई मात्र थाहा हुन्छ । खुकुरीको पीडा अचानोलाई मात्र थाहा हुन्छ । जो स्वाभिमानी छैन चटवा, भतमारा छ उसलाई थाहा हुदैन । उसलाई त बुबा छोरीबाट पनि कमिसन मात्र चाहियो बाँकी केही चाहिन्न । हामीलाई परेको मर्का अर्काे देशलाई थाहा हुदैन । ऊ हाम्रो पीडा ढुकेको हुन्छ स्वार्थी छ संसार ।
जब नेपाल संयुक्त राष्ट्र संघको सदस्य थिएन नेपाललाई चिन्ने अर्कै तरिकाले चिन्दथे । लडाकु, बहादुर, मजदुर, भरिया, कामदार उत्पादन गर्ने देशको नामले चिन्ने गर्दथे । त्यसपछि जब नेपाल संयुक्त राष्ट्र संघको सदस्य देश बन्यो त्यसपछि विश्वको आँखा लाग्यो । शक्तिमानलाई मत (भोट) को आवश्यकता परेमा नेपालबाट एकमतको आसा शक्तिशाली राष्ट्रहरुले ग¥यो । हाम्रा खातिर भन्दा पनि आफ्नो खातिर नेपाललाई परम मित्र ऊ देशहरुले समेत बनायो जो नेपाल अलग देश होइन भारत कै अभिन्न एक अंग हो भन्ने आवाज संयुक्त राष्ट्र संघमा राजा महेन्द्र प्रवेश गर्ने बेला आवाज उठाएका थिए ।
सदस्य हुन नदिने खेलमा मित्र देशले स्वयं बोल्न सक्ने अवस्था नभएकाले रुस द्वारा विरोध गरायो कि नेपाल अलग आफ्नै अस्तित्व भएको अलग देश होइन भारत कै प्रान्त अभिन्न अंग हो भन्ने कुराको जवाफ राजा महेन्द्रले सबैको मेख मर्ने गरी दिएका थिए । महेन्द्रको प्रश्न थियो जब नेपाल र अंग्रेजको युद्ध भयो सन्धी भारत र अंग्रेज सित भयो कि नेपाल र अंग्रेज बीच भयो ? जब तिब्बत चिन सित लडाई भयो युद्ध विराम चीन तिब्बत नेपाल बीच भयो कि भारत तिब्बत चीन बिच भयो भन्ने प्रश्नमा कसैले पनि नेपालको सदस्यता नपाउनुपर्ने भन्ने जिज्ञासा नै राख्न सकेनन् । फलस्वरुप राजा महेन्द्रको आग्रहलाई संयुक्त राष्ट्र संघले स्वीकार गरी सदस्यता दियो र नेपाल र नेपालीलाई विश्व सामु राजा महेन्द्रले नयाँ तरिकाले चिनायो । पूर्ण रुपले आफ्नो चंगुलमा फसाई सकेको नेपाललाई थोर बहुत राहत मिल्यो ।
२०५२ देखि सुरु भएको माओवादीको सशक्त आन्दोलन हाहतियार दिई नेपालमा दोस्रो गृह युद्धको सुरुवात गराएपनि पूर्ण रुपमा सफलता पाउन सकेन । संयुक्त राष्ट्र संघको निगरानीमा नेपाल त रहने नै थियो शान्तिको लागि तर भारत पनि निगरानीमा रही उसका नेपाल प्रतिका गतिविधिको हिसाब राख्दै गएको थियो । नेपालमा जब राजतन्त्र र संबैधानिक राजसंस्था थियो कुनै पनि नेपाली युवायुवतीको विचल्ली भएन ।
आज हामीलाई दुःख लागेको छ हाम्रा छोराछोरीहरुले नेपाल छोडी विदेश जान परेको छ । केही सिक्न सिकाउन तालिम लिन र दिन गएका नभई रोजगारीमा गई रहेका छन् । सरकारको ठूलो प्रयासले कुनै कुनै देशले महिला पुरुष बराबर संख्यामा पठाए रोजगार दिने बताएपछि इजरायल जस्ता देशहरुमा पनि हामीले त्यहाँका जनताको सेवा गर्न नागरिक पठाएका छौं पठाई रहेका छौं । त्यस्तै अरु खाडी मुलुक र मलेसियामा पठाएका छौं, जहाँ नेपाली नागरिकलाई खानी, उद्योग कलकारखानामा काम गर्न नभई महिलालाई घरेलु काम गर्न पठाएका छौं गएका छन् ।
जब विश्वभरीका ठाउँहरुमा आफ्नै परिवारमा पनि घरेलु हिंसा व्याप्त छ भने के बेवारिसे नेपाली महिला माथि हिंसा हुदैन होला त ? त्यस कारण धेरै कुराको गहन अध्ययन गरी विदेशमा गएका र नगएका युवाहरुले परस्परमा सरसल्लाह गर्ने र नेपालको उन्नति कसरी हुन सक्छ भन्ने सोच राखी सबैलाई नेपाल फर्काइ नयाँ औद्योगिक नीति तर्जुमा गरी विदेशमा सिकेका सीपहरु पाएका दुःख र सुखका क्षणहरु सम्झेर नेपालको प्रगति पथमा अगाडी बढ्नु नै आजको आवश्यकता रहेको छ । त्यही मात्र पनि बचाउन सकेमा नेपालको स्वाभिमान बचाउन सकिनेछ । अन्यथा पैसा, धन सम्पत्तिले के गर्ने ?
हाम्रो अनुरोध छ धनाड्य, वकिल, विद्वान, डाक्टर तथा बुद्धिजीविहरुमा अनुरोध के छ भने हाम्रो सरकार र नेताहरुलाई आफुले गरेका अनुभवहरु ठोस रुपमा कार्यान्वयन गर्न दबाव दिई देशलाई नयाँ औद्योगिक–
करण तर्फ लैजान सुझाव दिनु हुनेछ ।







