अदालतलाई दोष दिनु पूर्व दीर्घकालिन सोच राख्नु पर्दछ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

राजनीतिक पार्टीहरुबाट निर्वाचित भएर पार्टीको आस्थामा निर्भर रहने सभासदहरु आफु दीर्घ सोचले काम गर्न सक्दैनन् । तर न्यायालय माथि चाडै खनिन थाल्छन् । चितवनको घटना भन्ने कि दुर्घटना भन्ने ? भरतपुर महानगरपालिकाको निर्वाचनलाई लिएर न्यायालय माथि खनिनु सभासदहरुको भुल हुनेछ ।

सभासदहरुलाई ऐन बनाउने अधिकार छ तर आफैले बनाएको ऐनको उल्लङ्घन गर्ने अधिकार छैन । यदि सभासदहरु सित ऐन बनाउन अनुभव छैन होला, ठीक छ अकबर पनि पढेका थिएनन् राज्य चलायो । जंगबहादुर पढेका थिएनन् उनी राष्ट्रदीप बन्न सके सकेनन् तर उनी कुलदीप अवश्य बने भने हाम्रा सभासदहरु कुन दीप बनिरहेका छन् जनताले पनि बुझ्न चाहानु स्वभाविक हो । देशको ऐन नियम बनाउने पूर्ण जिम्मेवार जनताले सभासदहरुलाई दिएको छ तैपनि स्वार्थी तुरुन्त आफुलाई मात्र फाइदा हुने कानून बनाउन खोज्यो भने सफल हुन सकिदैन ।

लामो सोच राख्नोस् सभासद ज्यू आफ्नो कार्यकाल भन्दा टाढा पुग्ने नियम बनाउनोस् । जसरी निर्दलिय व्यवस्थामा बनाएका कानूनले तथा २०४७ पछि बनेका कानूनले राम्रो काम दिएको छ तर २०६२÷०६३ को आन्दोलन पछि बनेको सरकारले कुनै नयाँ नियममा दीर्घकालिन प्रवेश गर्न सकेको पाइदैन । निर्वाचन ऐन पनि बन्यो मतदान केन्द्र, बुथ कब्जा गरिएमा पुनः मतदान गरिने बारे नियम बने तर मतपत्रको गोदाम, मतदान पछिका मतपत्र नष्ट गरेमा के गर्ने भन्ने प्रष्टता नभएकोले विवाद चर्किएको छ । भरतपुर महानगरको जस्तो अरु ठाउँमा भएन ।

आज नभएपनि अरु ठाउँमा आगामी निर्वाचनमा नदोहरिएला भन्न सकिदैन । देशमा सभासदहरुले बनाएको नियम कार्यान्वयन मात्र गराउने हो अदालत नियम विपरित कुनै बेला पनि जादैन । तसर्थ दीर्घकालिन टिक्ने ऐन नियम बनाउनु पर्छ । जस्तो कि राणाकाल र पञ्चायत कालका कानून मुलुकी ऐनले आज सम्म आँखा चिम्लन सकेको छैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *