सन्धी पुनरावलोकन गर्नु पर्दा








नेपाललाई लत्याएर भारतलाई अंग्रेजले छोड्ने बेलामा नेपालको सत्ता पल्टाई नेपाली नेताहरुको बाहुबल देखाई नेपालका शासक र राजालाई पण्डित जवाहर लाल नेहरुको कोल्टामा पारी १९५० को मैत्री सन्धीका नामले नेपाल–भारत बीच भएको उक्त सन्धीले त्यस पूर्व भएका सन्धीहरुमा सुगौली सन्धी समेत खारेज गरिएकोले अब १९५० को सन्धीको पुरावलोकन गर्दा सुगौली सन्धीलाई जिवित राख्ने काम गर्नु हुदैन भन्ने जनताको सशक्त धारणा रहेको पाइन्छ ।
घर फुटे गवार लुटे भनेझंै नेपाली नेपाली बीच वैदेशिक सन्धी सम्झौता मा सही छाप गर्ने बेला देशमा सबैको राय सल्लाह लिनु पर्छ । पुनरावलोकन गर्दा प्रस्तावहरुको बारेमा केहि बोल्नु हुदैन केवल दुई देश बीचको बारेमा मात्र प्रष्ट बोल्नु पर्ने हुन्छ ।
कुटनीतिक राष्ट्रिय अन्तराष्ट्रिय पहल गरी हाम्रा पुर्खाले कमाएको हाम्रो सम्पत्ति ग्रेटर नेपालको मुद्धालाई प्रमुखता दिनु पर्ने ठान्दछन् । नेपाल कसै सित लडाई झगडा गर्दैन गर्नु पनि हुदैन । बुद्धको देश जसले ठूला–ठूला सम्राटहरुलाई लडाईको मैदानबाट फर्काई उन्का अनुयाई बने सम्राट अशोक जस्ताले शान्तिलाई प्राथमिकता दिनमा सहमत रहे ।
अन्तराष्ट्रिय कानुनको अधिनमा रही भारत सित मैत्री सम्बन्ध राखेर नै ग्रेटर नेपालको पक्षमा ल्याउनु पर्छ किन भने अंग्रेजले छोडि जाने बेला बर्मा, पाकिस्तान, भारत वर्ष नै फिर्ता ग¥यो । नेपालले मात्र फिर्ता नपाउनाको कारण नेपाल र भारतका जनतालाई संयुक्त रुपमा जानकारी दिदै सुसुचित गराउनै पर्ने देखिन्छ ।







