राष्ट्रिय जनावर गाईको विजोग किन ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather
झलारी बजारमा बेवारिसे छोडिएका पशु चौपायाहरु ।

महेन्द्रनगर । आज हरतरहबाट राष्ट्रको क्षति र बदनाम हुने काम चारैतर्फबाट भइरहेको छ । सरकार किन मौन बसेको छ ? नेपालको संविधान २०७२ मा राष्ट्रिय जनावर गाईलाई प्रमुख स्थान दिएको छ । आज जसले स्थान दिएको छ उसैबाट संविधानको उल्लङघन भइरहेको छ । जताततै गाईहरु भ्यागुता जस्तै छोडिएका छन् । मानौं यी पागल कुकुर हुन् भनेझैं कारवाही गर्ने निकाय किन मौन बसेको छ ?

जनताले बनाएको संविधान र कानून यदि हो भने गाईको विजोग गर्ने माथि तथा राष्ट्रघात गर्ने सि.के.राउत जस्तालाई सरकार किन करावाही गर्दैन, किन मौन बसेको छ ? के क्रिश्चियन समुदाय सित हातेमालो भएको छ ? यसको जवाफ दिनु भनेको ती अपराधी माथि कारवाही गर्नु हो । हो गाई पनि जनताले पालेका हुन् संविधान पनि जनताले बनाएको हो । राष्ट्रिय जनावर पनि जनताले नै बनाएका हुन् भने के आफुले बनाएका सबै संरचनाहरु ध्वस्त पार्नु हुन्छ ? यी त आफुबाट जन्मिएका बालकहरुलाई मारेझैं भयो । के सरकारले यसमा कारवाही गर्न सक्तैन ? यो नेपालको मात्र होइन नेपालको स्वाभिमान सित, राष्ट्रियता सित गम्भीर रुपले जोडिएका विषयवस्तु भएकाले विजोग गर्नेको छानविन गरी तुरुन्त कारवाही होस् भन्ने जनचाहना रहेको छ ।

कञ्चनपुर जिल्लाका विभिन्न ठाउँ तथा महेन्द्रनगर क्षेत्रमा पनि २०२४÷२६ साल सम्म नील गाई चीतलहरुले ऐठपुर, हल्दुखाल, तिलाचौड, गोबरिया उल्टाखाममा समेत बसोबास गर्ने कृषकहरुका अन्न बाली खाई दिने भएकोले रातभर अन्नबालीको पहरा गर्दथे भने गतवर्ष देखि घरपालुवा दोहन गरी सकेपछि बजार क्षेत्र राजमार्गमा आफ्ना गाईगोरु छोडि आउने दुष्ट प्रवृत्ति, चलन चलेकोले महङ्गो ज्याला, विउ, मलखाद गरेको धानबाली रातभर गाई गोरु आई खाइ दिने भएकोले कृषकहरु रातभर जाग्राम बस्दै आएका छन् ।

कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगरको मात्रै समस्या नभई जिल्लाभरी कै समस्या हो । गाईको दोहन गरी छोड्ने दानविय प्रवृत्ति भएका व्यक्तिहरुले सिङ्गो समाज र नागरिकहरुलाई अप्ठ्यारोमा मात्र पारेको छैन आफुले दुःख गरी लगाएको अन्नबाली समेत संरक्षण कसरी गर्ने भन्ने चिन्ता छाएको छ ।

विगत लामो समय देखि समस्याका रुपमा देखा परेको यो प्रवृत्ति प्रति सरकार, स्थानिय प्रशासन समेत मौन रहेका छन् भने हाल स्थानिय तहको निर्वाचन पश्चात चुनिएका जनप्रतिनिधिहरु समेतले हाल सम्म यसमा कुनै आशालाग्दो कदम उठाएका छैनन् । चुनावको अघिसम्म छाडा गोरुहरुको व्यवस्थापन गर्ने प्रतिबद्धता समेत गरी रहेका प्रतिनिधिहरु निर्वाचित भएको करिब १ महिना पुग्नै लाग्दा समेत उदासिन र मौन देखिएका छन् ।

२०२७ सालको भन्दा कम दुःख बेहोर्नु परेको छैन फरक यत्ति हो नील गाई तथा अन्य जंगली जनावरहरु छोप्न सकिन्नथे तर घरपालुवा छोप्न सकिन्छ । ती गाईगोरु कसले छाडा ग¥यो भन्ने कुराको यदि खोजविन खामतलासी कारवाही गर्ने हो भने हरेक गाउँलेले खोजकर्तालाई र न्यायकर्तालाई बताइ दिनेछन् ।

गाई गोरु व्यवस्थापन बारे सुझाव
हाल अत्याधिक रुपमा गाई गोरुहरु छाडा बनाइएकाले यिनको व्यवस्थापन गर्ने कामको लागि नगरपालिका तथा नेपाल सरकारलाई हाम्रो के अनुरोध छ भने पहाडी जिल्लाहरुमा गाई गोरु पाल्ने रहर रहेको र गाई दूध खान काम लाग्ने र बहर तथा गोरु खेत जोत्न काम लाग्ने भएकाले ढुवानी खर्च गाई गोरु पाल्न नसक्ने जिल्लाले व्यहोरी निःशुल्क रुपमा कर्णाली वारीका गाई गोरुहरु पहाडी क्षेत्रका सातै जिल्लामा पाल्न इच्छुक व्यक्तिहरुलाई दिई गौसंरक्षण र व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।

यो व्यवस्थापन भई सकेपछि तराईका घरघरबाट गाईगोरुको लगत लिई नगरपालिकाले आफ्नो कार्यालयमा लगत राख्नुपर्छ । खरीद विक्री, दानदातव्य गर्दा समेत लगतमा जनाउनु पर्ने दोश्रो पाटो रहेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *