संघीयता पश्चात पहिलो वडा भेलाको आयोजना

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

महेन्द्रनगर । भिमदत्त नगरपालिका वडा नं. ६ महेन्द्रनगर कञ्चनपुरको संघियता कायम भए पश्चात्को प्रथम वडा भेला यही शनिबार सम्पन्न भएको छ ।

भेलामा उपस्थित सर्वसाधारण, वडाका जनसमुदायको उपस्थितिले विभिन्न मागहरु राखेका थिए । प्रमुख मागहरुमा वडा भित्रका नक्सामा रहेका सार्वजनिक सडकहरुको सीमाना छुट्याई सबैले देख्ने र बुझ्ने गरी सडकको लम्बाई र चौडाई सडक सुरु भएको स्थानमा बोर्ड मार्फत् समेत जनाउनु पर्ने माग राखिएको थियो ।

त्यस्तै भत्किएका पक्की सडकहरुको मर्मत गर्नुपर्ने, ग्रावील सडकहरुमा कालोपत्रेको व्यवस्था मिलाउनुपर्ने, कम्तीमा २ सय मिटरको दूरीमा सकिन्छ भने सोलारबत्तीको बन्दोबस्त गर्ने नभए विद्युतबत्ती जडान गर्ने र त्यसको स्विच एकै ठाउँमा राखी सम्बन्धितलाई जिम्मा दिनुपर्न,े त्यस्तै वडा भित्रका निर्माण भएका कामको मर्मत सम्भार गर्न प्रत्येक वर्ष अलग अलग समिति गठन गरी जिम्मा लगाउने र खानेपानी तथा सरसफाईको साथै प्रत्येक सडकमा ढल निकासको व्यवस्था गर्नुपर्ने जस्ता मागहरु राखेका थिए ।

यी भेलाबाट प्राप्त भएका मागहरुका बारेमा वडा परिषद्ले छलफल गरी नगर परिषद्मा पठाउने र पारित भएपछि निर्माण कार्य सुरु हुनेछन् ।

उक्त समारोहको अध्यक्षता वडाका अध्यक्ष हर्कसिंह धामीले गर्नुभएको थियो भने अन्य सदस्यहरुको समेत सहभागिता थियो । सो भेलाको उद्घोषण वडा सचिवले गरेका थिए । उक्त भेला शान्ति निकेतन उमाविको प्राङ्गणमा सम्पन्न भएको हो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *