लक्ष्य भन्दा बढी राजश्व संकलन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

महेन्द्रनगर । जसरी भन्सार तर्फको राजश्व असुलीमा बृद्धि भएको छ त्यसैगरी ठूलाठूला कम्पनीहरु दुरसचार, एनसेल लगायतका कम्पनीहरुले लाखौं होइन अरबौं तिर्न बाँकी छ । त्यो असुल हुन सकेको छैन । तर गरिब जनताको हिस्सामा पर्ने भन्सार करमा भने घरकाजको ल्याएको थोरै सामानमा पनि अधिक भन्सार लिने गरेको पाइन्छ ।

एक देशबाट अर्काे देशमा आउँदा जाँदा लैजान पाइने हजार पाँच सय रुपैया सम्मको सामानमा भन्सार नै नलाग्नु पर्ने हो । तर त्यस्तैमा लगाएर भन्सार कार्यालयले बढी राजश्व संकलन गरेको छ । यो होइन कि भन्सारले धनाड्यहरुबाट मात्र लिएको हो । यो रकम झोलीझुम्टाहरुबाट लिएको ज्ञात हुन आएको छ ।

कञ्चनपुरको गड्डाचौकी भन्सार कार्यालयले आर्थिक वर्ष २०७३÷०७४ मा रु २४ करोड ७७ लाख राजश्व संकलन गरेको छ । कार्यालयले लक्ष्य भन्दा रु सात करोड ७४ लाख बढी राजश्व संकलन गरेको छ । सो कार्यालयले गत आवमा रु १७ करोड तीन लाख राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो ।

अघिल्लो आर्थिक वर्षमा भन्सार प्रशासनमा गरिएको सुधारका कारण राजश्वमा वृद्धि हुँदै गएको भन्सार कार्यालयका एक अधिकृतले बताए । आव २०७२÷७३ मा रु २२ करोड ८६ लाख राजश्व संकलन गरेको थियो । गत आवमा लक्ष्यभन्दा १४५ प्रतिशत राजश्व संकलन भएको भन्सार स्रोतले जनाएको । भन्सार क्षेत्रमा गरिएको विभिन्न प्रकारका सुधार तथा जनचेतला बढेका कारण राजश्व असुलीमा वृद्धि हुँदै गइरहेको छ ।

तत्कालिन प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीको समयमा भन्सार चेकपोष्टमा सिसिटिभी क्यामेरा जडान, भन्सार कार्यालयको आन्तरिक पक्षको सुधारलगायत कार्यले राजश्व संकलनमा सुधार आएको हो । गयाचौकी भन्सारबाट दैनिक उपभोग्य सामग्री आयात गरिँदै आएको छ भने यहाँबाट हस्तकलाका सामग्रीका साथै जडीबुडी बढी मात्रामा भारततर्फ निर्यात हुने गरेको छ । खुल्ला सिमानाका र फितलो सुरक्षाका कारण यहाँका विभिन्न नाकाबाट भन्सार छलेर भारतीय सीमावर्ती बजारबाट सामान भित्र्याउने क्रम रोकिएको छैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *