आधारभुत डोटेली भाषाको व्याकरणको लोकार्पण

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

महेन्द्रनगर । आधारभुत डोटेली व्याकरण पुस्तकको एक समारोहका बीच शुक्लाफाँटा रिसोर्ट मझगाउँमा विमोचन भएको छ ।

उच्च अदालत महेन्द्रनगर बेन्चका माननीय न्यायाधीश केशव राज जोशी द्वारा पुस्तकको विमोचन गरिएको थियो । भव्य समारोहका साथ विमोचित उक्त पुस्तक यस क्षेत्रको पहिलो पुस्तकको रुपमा रहेको
बुझिन्छ । १ सय ३० पृष्ठ लामो उक्त पुस्तकले प्रदेश नं. ७ लाई समेटिएको बुझिन्छ ।

व्याकरण बनाउन भाषा विद् तथा साहित्यकार अमृत योञ्जन तामाङले डोटेली भाषाको प्रारम्भिक व्याकरण तयार गरेका हुन् भने यसको प्रकाशन महाकाली साहित्य संगम डोट्याली भाषा विकास केन्द्र, महेन्द्रनगर कञ्चनपुरले गरेको हो । हरिशप्रसाद जोशीे संयोजक रहेका प्रकाशन उप–समितिमा राजेन्द्र सिंह रावल, मिना पन्त, वंशीधर जोशी तथा तुलसी पण्डित गरी ५ जना सदस्य रहेका थिए ।

उक्त समारोहमा यस क्षेत्रका बुद्धिजीवि, नागरिक समाज, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, पत्रकारका साथै संगममा आबद्ध विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । यस पुस्तकको ७ नं. प्रदेशमा प्रचारप्रसार गर्नुपर्ने धारणा उपस्थित सबैले व्यक्त गरेका थिए ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *