व्यापार घाटा न्युनिकरण मेरो प्राथमिकता: अर्थमन्त्री

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

काठमाण्डौं । देशको आर्थिक विकास भाषण भिषणबाट हुदैन । व्यापारघाटा निकासी व्यपारबाट मात्रै पूर्ति हुन्छ । त्यसका लागि नेपालमा स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरुको स्थापना हुनु स्वदेशी उत्पादन निकासी हुनुले व्यापार घाटामा न्युनिकरण हुन्छ । त्यसको वास्ता नगरी भाषणले मात्र व्यापार घाटा न्युनीकरण हुदैन ।

अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले छिमेकी मुलुकसंगको व्यापार घाटालाई न्युनिकरण गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।

भोजपुरे सेवा समाजले शनिबार काठमाडौंमा गरेको सम्मान कार्यक्रममा बोल्दै मन्त्री कार्कीले नेपालले छिमेकी मुलुक संगको व्यापारमा निरन्तर घाटा व्यहोरि रहनु परेको र यसले समग्र नेपाललाई नै नोक्सानी भएकाले व्यापार घाटालाई न्युनिकरण गर्नु पर्नेमा जोड दिएका हुन् ।

उनले कृषि र जलश्रोत क्षेत्रलाई प्राथमिकता दिने समेत बताए । मन्त्री कार्कीले मुलुकमा राजनीतिक आन्दोलनको समाप्ती भईसकेको भन्दै स्रोत र साधनको उपयोग गर्दै मुलुकको समृद्धि तर्फ अघि बढ्नुपर्ने धारणा पनि राखे । औद्योगिकरण तर्फ नेपाल सरकारको खासै ध्यान देखिएको छैन । भएका उद्योग कारखानाहरु विक्री भइसकेका छन् । जलविद्युत तर्फ स्वदेशी उत्पादनले वैदेशिक घाटा बढाउने छ किनभने विदेशी लगानी डलरमा फिर्ता गर्नुपर्छ जसको लागि निकासीमा बृद्धि हुनु आवश्यक छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *