नयाँ दलले तत्काल चुनावमा भाग लिन नपाउने

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

काठमाण्डौं । २०४७ सालपछि नेपालमा बहुदलिय व्यवस्थाको पुनस्थापना गरियो । नेतृत्वको होडबाजीले गर्दा एकै दलका विभिन्न पार्टीहरु खोलिए । एउटा कम्युनिष्ट पार्टीका १७ हाँगा भए भने कांग्रेसका समेत त्यस्तै भयो र राप्रपा सानो पार्टी भएपनि ४÷५ मा विभाजन भएको थियो । अन्तमा गएर जसले बढी आँगा फोड्यो त्यसमा बढी हाँवा लागेर ढल्ने देखियो । त्यसैले पुराना पार्टीहरु फुट्न डराइरहेका छन् । नयाँ खोल्ने दाउँमा पर्खिरहेका छन् ।

नयाँ दल दर्ता गरेर प्रदेश र संसदको चुनावमा भाग लिन नपाइने भएको छ । निर्वाचन आयोगका अनुसार असार मसान्त भित्र आयोगमा दर्ता भएका दलहरुले मात्र प्रदेश र संसदको चुनावमा भाग लिन पाउने छन् ।

आयोगमा दर्ता भएका दलहरुले पनि प्रदेश र संसदको चुनावका लागि फेरि दल दर्ता गर्नु पर्नेछ । निर्वाचन आयोगले सार्वजनिक सूचना निकालेर संविधानको धारा २७१ बमोजिम दल दर्ताको निवेदन भदौ ११ गते भित्र दिन आहृवान गरेको छ ।

आवेदन दिने दलहरुले प्रदेश र संसद वा कुनै एउटा निर्वाचनमा भाग लिन हो खुलाउनु पर्नेछ । साथै केन्द्रीय कार्यकारिणी समिति पदाधिकारीको संख्या, दलको विधान, नियमावली, घोषणा पत्र सँगै संगठनात्मक स्वरुपको विवरण पनि बुझाउनु पर्नेछ । निर्वाचन आयोगले जेजस्ता सूचना प्रकाशित गरेपनि पार्टीहरु मानेको भने
पाइदैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *