रसायनिक मलको प्रयोग बढ्दो

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

धनगढी । आज नेपालको तराई जिल्लाहरुमा काम गर्ने तौरतरिका बदलिएको छ । २० वर्ष पूर्व नागरिकहरुले रोजगारी पाइ राखुन् भन्ने हेतुले पनि सरकारबाट अनुदान रकम उपलब्ध हुन्थ्यो भने गाई गोरु पाल्नेको संख्या घटेपछि कृषि औजार उपकरण द्वारा खेती गर्न सुरु गरेपछि गोरुहरुको बहरहरुको नचाहिने देखिए । यिनलाई पहाडी भेगका जिल्लाहरु तर्फ पठाउनुपर्ने देखिन्छ । यी सबकुराको अध्ययन गर्दा जब गाई गोरु पालनमा कमी आयो तब रसायनिक मलमा बृद्धि भयो । त्यसबाट खेतको उर्बराशक्ति ह्रास हुदै गएकोले आर्गनिक मलको आवश्यकता महसुस हुन गएको हो ।

माटोको उर्वराशक्तिलाई दिगो राख्न सरकारले कृषिमा जैविक मलको प्रयोगलाई बढावा दिए पनि कैलालीमा रासायनिक मलको प्रयोग बढ्दै गएको छ ।

जैविक वा गोठे मल सहज रुपमा उपलब्ध नभएपछि वर्षेनी रासायनिक मलको प्रयोग बढ्दै गएको हो । जैविक मल नपाएपछि यहाँका किसानले रासायनिक मललाई नै बढी प्राथमिकता दिएका छन् भने हरेक बालीमा रासायनिक मलकै प्रयोग गरिरहेका छन् ।

पर्याप्त मात्रामा रासायनिक मल नहालेमा उत्पादन राम्रो नहुनाले बर्षेनी रासायनिक मल बढी प्रयोग गर्नु परिरहेको कैलारी गाउँपालिकाका किसान बलराम चौधरीले बताउनुभयो । पहिले–पहिले बढी बस्तुभाउ हुँदा किसानलाई गोबर मल नै पर्याप्त हुने गरेको थियो । प्राङ्गारिक मलको उपलब्धता सहज नहुनु तर, रासायनिक मल सबैतिर सहज रुपमा पाइने गरेकाले पनि यसको प्रयोग बढेको किसानहरु बताउँछन् ।

कैलालीमा अनुदानमा रासायनिक मल उपलब्ध गराउँदै आएको कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले पनि रासायनिक मलको माग र खपत बढेको बताएका छन् । कृषि सामाग्री कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७२÷०७३ मा ३ हजार ७ सय २० मेट्रिक टन यूरिया बिक्री गरेको थियो ।

आर्थिक वर्ष २०७३÷०७४ मा भने त्यसको तीन गुणा बढी १० हजार १ सय ५० मेट्रिक टन यूरिया कैलालीमा खपत भएको सो कार्यालयले जानकारी दिएको छ । उत्पादन बढ्ने लोभमा किसानले रासायनिक मलको प्रयोग गर्दै आएका जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत गौरीशङ्कर गुप्ताले बताउनुभयो । उहाँले जैविक वा गोठे मलको अभाव बढ्दै गएका कारण रासायनिक मलको प्रयोगमा कमी आउन नसकेको उल्लेख गर्नुभयो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *