पार्टी एकता प्रस्ताव अस्वीकार

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

काठमाण्डौं । माओवादीका नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले माओवादीमा छदा गरिएका गल्तीहरुको अपराधबाट बच्न आफुले माओवादी पार्टी त्याग गरेका थिए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका लागि राख्नु भएको प्रस्ताव नयाँ शक्ति पार्टीले अस्वीकार गरेको छ । दाहालले माओवादीबाट विभाजित भएका मोहन वैद्य, डा.बाबुराम भट्टराई र नेत्रविक्रम चन्दलाई पुनः पार्टी एकतामा आउन अपिल गर्नुभएको थियो ।

संविधान जारी गरिएको प्रति असन्तुष्टि जनाउँदै तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराईले २०७२ असोज ९ गते माओवादी त्याग्नु भएको थियो । संविधान जारी गरेको ६ दिनपछि पार्टी त्याग्नु भएका भट्टराईले नयाँ शक्ति पार्टी गठन गर्नु भएको थियो । माओवादीबाट फुटेर गएका समुहहरु लाई एकतामा आउन प्रचण्डले आग्रह गर्नु भएको थियो । तर, भट्टराईले दाहालको पार्टी एकताको प्रस्तावलाई पूर्ण रुपमा अस्वीकार गर्नुभएको छ ।

नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यकाररिणी समितिको बैठकमा भट्टराईले एकताको सम्भावना नभएको वताउनु भएको हो । उहाँले बैठक लगत्तै आयोजना गरेको पत्रकार सम्मेलनमा पनि दाहाललाई पार्टी एकताको सपना नदेख्न सुझाव दिनुभयो भन्ने समाचार प्रकाशमा आएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *