पूर्खाको अस्तित्व हाम्रो अस्तित्व सित जोडिएको हुन्छ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather


जसको खानदान नै देश निर्माणमा लाग्यो आज उनैको इतिहासलाई तल पार्न खोजिएको छ । बाघको छालामा कुकुरको रजाई भनेझैं भएको छ । सत्ताको कुर्सीमा पुग्न ३६५ दिनमा ३६५ व्यक्तिको चासो रहेको हामी पाउँछौं । सत्तामा जान चाहनेका बफादारहरुले ज्यानको बाजी लगाई रहेका छन् तर देशको खातिर एक व्यक्तिले ज्यान दिन सकेको छैन तर सत्तामा पुग्न भने दिनका दिन आफु बची अरुलाई मराई रहेका छन् ।

मर्नेको परिवारको सान्तवनाको लागि केही साझा सम्पत्ति कोषबाट रकम दिई शहीद घोषणा गर्ने घिन लाग्दा सत्ता स्वार्थी काम गरी रहेको परिप्रेक्ष्यमा अमर सिंह थापा जस्ता वीर योद्धाहरु तर्फ ध्यान जानुलाई अपराध मान्न सकिदैन ।

आज जुन धर्ती हामीलाई प्राप्त भएको छ त्यो धर्ती हामीलाई उपलब्ध हुदाका दिन र हाम्रा वीर पूर्खाहरुलाई हामीले विर्साै भने भोली हामीलाई कसले सम्झला ? यदि नेपालको इतिहास मेटाउने काम कोही गर्छ भने त्यसको सुरुवात वीर पूर्खाहरुको इतिहास मेटाएपछि मात्र पनि मेटिन त मेटिदैन तैपनि दुष्प्रयास अवश्य ठहरिने छ ।

हामी आज ७ नं. प्रदेशका बाहक छौं बासिन्दा छौं । जुन क्षेत्रको रक्षा अमरसिंह थापाले गरेका हुन् त्यसैले ‘अमर रहिरहून्’ उनको अमरगढी पनि अमर रही रहोस्, साथै नेपालको स्वाभिमान पनि अमर रही रहोस् । कोरा नाराका झटारो मार्नेका झटाराहरु विलाई हाम्रा पूर्खाको इतिहास अमर रही रहोस् ।

आज देशभरबाट हाम्रा पूर्खाहरुको इतिहास मेटाउने काममा जो लागेका छन् उनीहरु आफु खुसी होइनन् उनी भाडाका भाडावाल हुन् । केवल पूर्वजको हत्या गर्न हत्यारा भएर यो देशमा जन्म लिएका हुन सक्छन् ।

यदि होइनन् भने आउ आज तयार होऔं कि पृथ्वी नारायण शाहको नेतृत्वमा साथ दिने अर्थात् यो देश निर्माताका सहपार्टी वीरविरंगना, वीर बलभद्र कुँवर, अमरसिंह थापा, पृथ्वीनारायण शाहका शालिक संयुक्त रुपमा स्थापना गर्न तयार होऔं । गड्डाचौकी महेन्द्रनगर मध्ये एक ठाउँमा राष्ट्र निर्माताहरुका शालिक तथा संयुक्त संग्रालय स्थापना गर्न माग गरिएका छन् ।

देश निर्माणमा शहीद भएका धेरै वीरविरंगानाहरु छन् । उहाँहरुको संयुक्त शहीद पार्कको स्थापना गर्न सरकारले व्यवस्था मिलाओस् किनभने उनकै वीरताले मात्र यो भुमि हामीलाई प्राप्त भएको छ । हाम्रा पूर्खाले कमाएको इज्जत, शान, स्वाभिमान, इमानदारीतालाई बचाई राख्न हामीले आफ्नो मन बचन र हृदयलाई तटस्त राखी देशको सेवामा समर्पित होऔं ।

भोली नेपाल कहिले पनि सिक्किम तथा भुटानको दर्जामा नपुगोस् र नेपाल नेपाल नै रहीरहोस् । यही प्रतिज्ञा गरौं अगाडी बढ्औं । शासन सत्ता जसले लिएपनि सबैले स्वीकार गरौं तर देशको बेइजती कसैले पनि सहन नगरौं । उठौ हामी सबै उठौं केवल यस देशको लागि ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *