इमानदारीले बनाएका नियम युगौंयुग सम्म जीवित

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

हरेक युगले समयानुकुल समाज परिचालन गर्न नियम कानून बनाउने अधिकार सभासदहरुलाई नभई ऋषिमुनी महर्षीहरुलाई थियो । ऐन नियम बनाउँदा युगौं युगसम्म अमान्य नहुने सामाजिक विकृति अपराधहरुलाई रोक्न बालबालिका, असहाय, निर्धा कसैलाई हानी नोक्सानी नहुने गरी नियम बनाएका हुन्थे ।

अरु त छोडौं गर्वमा रहेको शिशुको प्रथम आकार भ्रुण सुरक्षाको व्यवस्था धार्मिक नियमले नियमित गरेका थिए जुन कुरा धार्मिक वैज्ञानिक सित मिल्न गएका छन् । बालकको जन्म भएपछि ५ वर्ष सम्म प्रत्यक्ष खुब प्यार गर्ने, १५ वर्ष सम्म ताडना गर्नु अर्थात् विद्या आर्जन गर्न माया नमानी गुरुकुलमा लगाउनु र जब छोराछोरीलाई १६ वर्ष पुग्छन् त्यसपछि मित्रको जस्तो व्यवहार गर्नु ।

यी तिन चरणमा नियमको पालना भए बालक विग्रिदैनन् भन्ने नै हो । हरेक अपराध नियन्त्रण स्वयं गरिन्थ्यो । धार्मिक ऐन नियम बनाइ नियन्त्रण स्वयं गरिन्थ्यो । गर्भ तुहाए, बालक हत्या, नारी हत्यालाई महापाप मानेका थिए । अपराधीलाई सजाय अदृश्य शक्ति भगवानले दिन्छन् भन्ने थियो ।

हरेक त्यस्तो अपराधबाट बच्न चाहन्थे । सिकार खेल्नेहरुको लागि पनि नियम थियो । गर्भवती मृगलाई मारेमा लाग्ने पाप, पानीघाटमा पानी खाने बेला मृग मारेमा लाग्ने पाप नै कालकोठरी थियो । छुट्टै जेलमा राख्नुपर्नै जरुरत थिएन । धर्म कै नामले सारा अपराधमा न्यूनिकरण थियो । त्यसपछि अन्तमा चाणक्य नीति बन्यो । पढ्दै जादा वर्तमानको सामाजिक विकृति सुधार्नमा समेत काम लागि रहेको छ ।

आजको विश्वमा बनेका नियममा अपराध हेरी मृत्युदण्ड सम्मको व्यवस्था छ । तैपनि अपराधमा खासै कमि आएको छैन । हरेक युगका तथा चाणक्यले समेत आफ्नो नीतिशास्त्रमा धार्मिक नियममा समेत पूर्व युगका नियमलाई समेटेर सामाजिक संचालन कानून बनाएका थिए भने आजको विश्वमा भन्दा पनि नेपालमा जनतालाई भन्दा पनि नेतालाई सुलभ आवश्यक पर्ने कानून निर्माण गरी रहेका छन् गरेका छन् ।

जनताको लागि भने राणाकालिन र उहाँहरुले भन्ने गरेका पंचायती कालरात्री बेलाका कानून नै लादिएका छन् । जनताका भावनाको कदर कहीकतै गरिएको छैन । बहुदलियमा बहुमतको सरकार बनाउने गरेका छन् तर जनताको जनमत जति बढी भएपनि हावामा उडाएका छन् । प्रमाण हेर्ने हो भने जनताको मत बेगर राजसंस्था हिन्दु राष्ट्र दलालहरु सित वर्तमानका नेताहरुले विक्री गरी सकेका छन् भन्नमा पाप छैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *