नेताहरुको नीति दोधारे !

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

-बलदेव अवस्थी

आज समाज परिवर्तन विकास निर्माणका कुरा, आदिवासी जनजातिका कुरा, दलित बाहुन क्षत्री जातियताका कुरा, लिङ्ग विभेदका कुरा यी सबै हेर्दा एकातर्फ जातिवाद उन्मुलनको ठेक्का लिने दार्शिनक नेताहरु अर्काे तर्फ जाति प्रतिको विभेद ग¥यो भने समतामुलक समाज कसरी हुन्छ ?

हिजोका दिनहरुमा कसैले कसैप्रति भेदभाव गरेको थिएन । सबै जाति धर्मलाई समान दृष्टिले कानूनी आँखा द्वारा हेरिन्थ्यो । समाज परिवर्तन झ्वाम्म एकै पटक हुदैन समय लाग्छ । विस्तार विस्तारै भएको सम्मानजनकको परिवर्तन सुदृढ भएर आउँछ । झ्वाम्म मतदातालाई आफ्नो पक्षमा पार्न गरिएका हरेक परिवर्तनले कठिनता निम्त्याउँछ ।

देश पंगु भएको बेला अध्ययन गर्नुपर्छ । स्वइच्छाले पंगु भयो वा गराइएको हो । नेपालको भाबी रणनीति प्रष्ट छैन । परराष्ट्र नीति झन् खतरा भरिएको नीति छ । सन् १९५० को नेपाल भारतको मैत्री सन्धीको पुनरावलोकन गर्ने, खोज गर्ने वा के गर्ने नीति नेपाली नेताहरुको छ त्यो वास्तवमा ठोस रुपले अगाडी सार्न सकेको छैन । हामीलाई शंका के लाग्छ भने सन् १९५० को मैत्री सन्धी संशोधन पूर्ण लागु कार्यान्वयन गर्न भारत तत्पर देखिएको छ ।

राजा महेन्द्र द्वारा कार्यान्वयनमा नआएका केही दफाहरु भारत लागु गराउन चाहान्छ । हाम्रा पूर्व नेताहरु जो त्यस समयका अगुवा थिए राजा त्रिभुवनलाई जवाहरलाल नेहरुको बोलावटमा उनको कोल्टामा पु¥याई नेपाल भारतको प्रथम मैत्री सन्धी सन् १९५० मा सहीछाप गराई भारतले हाल सम्म जतनले राखेको छ ।

त्यसमा लेखिएका प्रायः सबै दफाहरु भारतले आफ्नो देशमा लागु गरिसक्यो । भारतीय नागरिक सरह नेपाली नागरिकले पनि सरकारी नोकरी पाउने, घर जग्गा खरीद विक्री गर्न पाउने जस्ता धेरै बुँदाहरु भारतले मानि आएको अवस्थामा राजा महेन्द्रले राष्ट्रको अहित हुने कुनै पनि दफा मान्न तयार भएनन् । सरकारी नोकरीको हकमा नेपालमा जनशक्ति नभएको स्थान र पद ओ.सी., ईन्जीनियर, प्राविधिक जस्ता पदहरु केही अवधिको लागि बाहेक अरु कुनै पनि निकाय सेना, प्रहरी प्रशासनमा लिन सकेन तर भारतले आज सम्म दिएकै छ । त्यही कुटनीतिक चालबाजीले हरेक पटक भारत भित्रभित्रै आक्रोशित थियो खास गरी नेहरुजीका सन्तति र चेला चपेटाहरु अझै पनि नेपाल प्रतिको परराष्ट्र नीतिको धारणा उस्ताको उस्तै छ ।

हाम्रा नेताहरुको नीति हरेक कुरामा दोधारे नीति छ दुई जिब्रे बोली छ । भारत कै निर्देशनमा राजसंस्था अर्थात् राजा महेन्द्र जो सन् १९५० को सन्धिको खिलापमा रहेका भएपनि सार्वजनिक बक्तव्यबाजी नगरीकन कार्यशैलीले देखाएको थियो । नेपालको राणाशासन, शासकलाई अपदस्त गरेझैं राजा महेन्द्रलाई अपदस्त गर्न नसकेर नेपाली नेताहरु द्वारा सशस्त्र क्रान्तिको नाममा हतियार दिई मराउने कोशिस गरेको तितो सत्य छदैछ ।

जनकपुरमा राजा चढेको जीपमा बम प्रहार गरियो । राजा वीरेन्द्रलाई विराटनगरमा मार्ने प्रयास ग¥यो तर बम केही समय पहिले पट्कियो । स्वागतमा रहेका पञ्चकन्याहरु मध्येको मृत्यु भयो । नेताहरुले २००७ सालको परिवर्तनलाई समाल्न चाहेनन् कि सकेनन् । त्यस्तै २०१७ सालपछि बडामुस्किलले ३० वर्ष चल्यो त्यो व्यवस्थामा २०४६ सालमा धमिरा लाग्यो । यदि नेपाली नेताहरुको इमान धर्म थियो भने त्यो परिवर्तनमा सुधार गर्दै आधुनिक नेपाल बन्न सक्दथ्यो तर त्यो परिवर्तन पनि स्वतन्त्र र स्वदेशी मुलको थिएन । त्यसकारणले पनि त्यो टिक्न सकेन ।

२०६२÷०६३ को परिवर्तनका सौदा पनि दिल्ली कै अभिभावकत्वमा १२ बुँदे सम्झौता कै नाममा भएको थियो । त्यो परिवर्तन उसका योजनाकारहरुले कुन उद्देश्यका साथ डिजाइन गरेका हुन् उनका योजनाकार बाहेक नेपाली नेताहरुलाई थाहा छैन यदि थाहा भएको भए आज देशको अवस्था अर्कै हुने थियो ।

स्वतन्त्रपूर्वक स्वाभिमानका साथ रहेको नेपाल अप्रत्यक्ष रुपबाट परतन्त्रमा धकेलियो । त्यस्तै शान्त नेपाल अशान्तमा रुपान्तरण गर्ने हाम्रा नेताहरुले सामाजिक सद्भावमा खलल पु¥याउने संबैधानिक व्यवस्था गरेको छ । एक बोलीमा सबै जातजाति, भाषा, लिङ्ग, समान हुन् भनेका छन् भने अर्काे तर्फ जनजाति दलित भनेर लाइसेन्स दिने काम गरेका छन् । हरेक जाति जाति बीच गम्भीर भेदभाव सिर्जना गरेको छ ।

यी सबै कुराको अध्ययन गर्दा नेताहरु किन दुई जिब्रै बने त्यस बारेमा विद्वानहरुले गहन अध्ययन गर्ने बेला आएको छ । नेताहरु खानदान र चेलाचपेटाहरुको निर्देशनमा नेपाल एकिकरण गर्ने पृथ्वी नारायण शाह र उनका सन्तान राजा वीरेन्द्र राजा महेन्द्र तथा भाषा एकिकरणका प्रथम आदिकवि भानुभक्तका शालिकहरु तोड्ने काम समाप्त भइ सकेपनि नेपाली जनताको चाहनाले देशमा कुनै पनि काम गर्न नसकिने अवस्था आएको छ ।

बडा बडा विद्वानहरु जो सित आफ्नै दर्शन छैन उनीहरुले संघियता लागेका छन् । मौलिक दर्शन नभएपनि आफैमा इमानदारिता रह्यो भने जे पनि राम्रै हुन्छ तर ग्यारेन्टीका साथ नेताहरु परिचालित रहेकाले देशको बारेमा खास यकिन भन्न अप्ठ्यारो छ । दुई जिब्रे त्यसमा पनि हलाहल विष भरिएका नेताहरुको विश्वास गर्ने आधार नभए पनि बाध्यात्मकवस जे भन्यो त्यही गरेका छौं तर परन्तु सम्म रहला भने भन्न सकिदैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *