महाकाली राजमार्ग आंशिक सूचारु

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दार्चुला । शुक्रबार राती परेको पानीले सडक माथिवाट बिभिन्न स्थानमा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको थियो । बैतडीको सतवाझ देखि गोकुलेश्वर सडकखण्ड अन्र्तगत पर्ने डिलाशैनी–६ बांगाबगरमा शनिबार बिहान ५ बजे पहिरो जादा यातायात अबरुद्ध भएको थियो ।

बैतडीको सतबाँझ गोकुलेश्वर सडकखण्ड अन्तरगत पर्ने बांगाबगर क्षेत्रमा खसेको पहिरोका कारण अबरुद्ध भएको उक्त महाकाली लोकमार्ग ७ घण्टा पश्चात एकतर्फी रुपमा सुचारु भएको हो ।

दार्चुलाको काँकडा, पनेबाँच, भर्ताेला र बैतडीको बांगाबगर क्षेत्रमा खसेको पहिरो पन्छ्याएपछि सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी हेरम्ब शर्माले जानकारी दिनुभयो । जेसीवीले पहिरो पन्छ्याएपछि लामो तथा छोटो दुरीका सवारी साधनहरु चल्न थालेका हुन् ।

बांगाबगरमा माथिवाट आएको पहिरोका कारण सडक अबरुद्ध हुदा यातायात पुर्ण रुपमा बन्द भएको थियो । अबरुद्ध सडक खुलाउन जेसिवी लगाईएको थियो । यातायातका साधन पुर्ण रुपमा बन्द हुदा बैतडीबाट बाहिरीने र भित्रीने लामो तथा छोटादुरीका यातायातका साधन रोकिएका थिए । सडक अवरुद्ध हुँदा काठमाडौं, महेन्द्रनगर, धनगढी, डडेल्धुरा, दार्चुला, बैतडी सदरमुकामका लागि छुटेका तथा जिल्ला भित्रिन लागेका यात्रु अलपत्र परेका थिए ।

वि.सं. २०६० सालमा आएको पहिरोको व्यवस्थापन तथा सडक मर्मत राम्रो संग नहुदा बर्षातको समयमा प्रत्येक बर्ष उक्त ठाउँमा बेलाबेलामा सडक अवरुद्ध हुने गरेको छ । वि.सं. २०६० साल असारमा आएको पहिरोले त्यो बेला बांगाबगरमा ६ घर पूर्ण रुपमा नष्ट गरेको थियो भने १ सय ५० रोपनी जमीनलाई बगरमा परिणत गरेको थियो । प्रत्येक बर्ष आउने पहिरोले बांगाबगर बासीलाई चिन्तित बनाउने गरेको छ ।

यस्तै महाकाली लोकमार्ग अन्तरगत पर्ने दार्चुलाको गोकुलेश्वर देखी सदरमुकाम खलंगासम्म पनेबाज, दत्तु, धाप, किम्तडि लगायतका बिभिन्न स्थानमा पहिरो खस्दा सडक पुरै अबरुद्ध बनेको छ । पहाडी राजमार्गहरुमा हेर्दा पहाड राम्रै देखिने जस्तै बांगाबगरको माथिको पखान खस्ला भन्ने कल्पना नै थिएन जंगलले भरिभराउ थियो । एक्कासी पहाड भित्र पानी परेर पहिलो पटक पहाड खसेको थियो । त्यसपछि हरेक वर्ष त्यहाँ पहिरो खस्दै गएको देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *