नवनिर्वाचित जनप्रतिनिधिले गरे मदिरा निषेधको निर्णय








बझाङ्ग । नेपालका विभिन्न ठाउँहरुमा पटक पटक मदिरा निषेधित क्षेत्र महिलाहरुको सक्रियतामा भइ रहेका थिए र त्इसपछि पनि माओवादी द्वन्दका कारण माओवादीहरु द्वारा नै तास, मदिरा नियन्त्रण र निषेध गरिएको थियो ।
त्यसैगरी जयपृथ्वी नगरपालिका १ कैलास का जनप्रतिनिधिहरुले पहिलो बैठकमा नै मदिरा निषेध गर्ने निर्णय गरेको छ । मदिराका कारण गाउँमा झै–झगडा हुने, मदिरा सेवन गरी सभा–समारोहमा होहल्ला गर्ने र विभिन्न किसिमका घटनाहरुमा बृद्वि भइरहेको भन्दै जनप्रतिनिधिले पहिलो बैठकमा नै मदिरा निषेध गर्ने निर्णय गरेको हो ।
शुक्रबार कैलासका जनप्रतिनिधिहरुले मदिरा निषेध गर्ने निर्णयको बोदार्थ जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा पठाएको छ । मदिराका कारण गाउँलेहरुमा झै–झगडा हुने र समाजमा विकृति छाउने जस्ता विभिन्न अपराधिक घटनाहरुमा बृद्वि हुन थालेपछि मदिरा निषेध गर्ने निर्णय गरेको जयपृथ्वी नगरपालिका १ कैलासका अध्यक्ष गगन बहादुर सिंहले बताए ।
जनताले मलाई जसरी मतदान गरी विजयी गरायो त्यसरी नै कैलासलाई जिल्लाकै नमुना वडा बनाउने उनको भनाइ छ ।
बझाङ जिल्लामा महिला हिंसा, बलात्कार, चोरी डकैती, हत्या जस्ता अधिकांश घटनाहरु पनि मदिरा कै कारण घट्ने गरेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । जनप्रतिनिधिले यसरी पहिलो बैठकमा नै मदिरा निषेध गर्ने निर्णय गरी सभ्य समाज बनाउन पहल गरेको कैलासका कमल विकले बताए । जनप्रतिनिधिले गरेको निर्णय सकारात्मक भएको भन्दै गाउँका सबैले यसमा साथ दिनुपर्ने उनको भनाइ छ ।







