‘चैनपुर ताक्लाकोट सडक निर्माण गर्न पहल गर्छु’

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बझाङ्ग । जब नयाँ नयाँ व्यक्तित्व सरकारको नजिक जान्छ अनी विकास निर्माणका जोस जागरणका आवाजहरु उठ्दै जान्छन् । त्यस्तै यसपटकको स्थानिय निकायको निर्वाचनबाट देशभर हौसला छाएको छ । विकास निर्माणमा अगाडी बढ्न खोजेका छन् । यो एउटा सुखद पक्ष हो ।

पूर्व पर्यटन मन्त्री तथा नेकपा एमालेका केन्द्रिय सचिव प्रदिप ज्ञवालीले सुदूरपश्चिमको विकासको मेरुदण्ड मानिने चैनपुर ताक्लाकोट सडक छिटो छरितो निर्माण गर्न पहल गर्ने बताएका छन ।

शुक्रबार प्रेस चौतारी नेपाल बझाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले कछुवा गतीमा निर्माण हुन थालेको चैनपुर ताक्लाकोट सडक छिटो छरितो निर्माण गर्न पहल गर्ने बताएका हुन् । दोस्रो चरणको निर्वाचनमा नेकपा एमालेले बझाङका १२ स्थानिय तह मध्ये ८ स्थानिय तह विजयी गरेपछि नेता ज्ञवाली जिल्लाका नेता तथा कार्यकर्तालाई बधाइ दिन बझाङ आएका थिए ।

पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले समय अनुकुल संविधान संसोधन हुन सक्ने तर बिदेशीहरुलाई नागरिकता दिने, पहाड मधेसलाई टुक्र्याउने जस्ता राष्ट्रको हित विपरित संविधान संशोधनमा एमालेको समर्थन नहुने बताए ।

एमालेको निति राम्रो भएको, आन्तरिक एकता र बलियो संगठन भएकाले २०५४ साल देखि नेकपा एमालेले देशभरी राम्रो जनमत लिएको उनको भनाइ छ । असोज २ गते हुन थालेको तेस्रो चरणको निर्वाचनमा पनि नेकपा एमाले पहिलो स्थानमा विजयी हुने नेता ज्ञवालीले दाबी गरे ।

नेपाली काँग्रेस र माओवादी केन्द्रले २ सय ४० वटा निर्वाचन क्षेत्र राखेर राष्ट्रको स्रोत साधन दुरुपयोग गर्न खोजेको र स्थानिय निकायमा देशभर नेकपा एमालेले विजयी गरेको हुँदा स्थानिय निकायलाई कमजोर पार्ने खालको निति बनाउन थालेको उनले आरोप लगाए ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *