नर्भिक अस्पतालबाट राजा ज्ञानेन्द्र डिस्चार्ज

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

काठमाण्डौं । हाम्रा नेताहरु सानो भन्दा सानो विरामी पर्दा विश्वका ठूला ठूला अस्पताल धाउने गर्छन् तर राजा आफु विरामी भई नर्भिक अस्पताल जादा कहाँ उपचार गर्नु हुन्छ बाहिर कि यतै भन्दा म बाहिर जान्न, यहाँ नै उपचार गर्छु भनी सहर्ष स्वीकार
गरेका थिए । आफ्नै देशमा मुटुको उपचार हुने भएकाले राजा अत्यन्त हर्षित भएका छन् ।

स्व.राजा श्री ५ महेन्द्र मुटु कै व्यथाले स्वर्गबास हुनु भएका थिए भने स्व.राजा श्री ५ वीरेन्द्र मुटुको उपचार गर्ने साधन स्रोत नेपालमा नहुदा इङ्गलैण्डमा उपचार गराएका थिए । आज राजा प्रजा सबै खुसी छन् । नेपालमा ठूला ठूला डाक्टर अस्पतालहरुको निर्माण भइसकेको छ ।

मुटुको समस्याका कारण थापाथलीको नर्भिक अस्पतालमा बुधबार भर्ना भएका राजा ज्ञानेन्द्र शाह शुक्रबार अपराह्न डिस्चार्ज भएका छन् । उनलाई लिन रानी कोमल र युवराज पारस शाह पनि पुगेका थिए । बाबु र छोरा बीचको सम्बन्ध राम्रो नभएको हल्ला चलिरहेका बेला युवराज पारस शाह अस्पताल परिसर पुगेका थिए ।

राजा अस्पतालबाट बाहिर निस्कने बित्तिकै पुष्पगुच्छा सहित अस्पतालका कर्मचारीले विदाइ गरेका थिए । उनलाई स्वागत गर्न अस्पताल परिसरमा ठूलै भिड लागेको थियो । राजा समर्थकहरुले राजतन्त्रबारे नारा पनि लगाएका थिए ।

यसैबीच राजाका सहयोगी फणिराज पाठकले विज्ञप्ति जारी गर्दै अस्पतालका मुटुरोग विशेषज्ञ डाक्टर यादव भट्ट र पारिवारिक चिकित्सक डाक्टर किशोर जङ्ग राणाको सल्लाहअनुसार मौसूफको स्वास्थ्यमा सन्तोषजनक सुधार देखिएको हुँदा डिस्चार्ज गरिएको बताएका थिए ।

उनको कोरोनरी एन्जियोग्राम गर्दा मुटुको एउटा नसामा अवरुद्ध देखिएको हुँदा सफलतापूर्वक एन्जियोप्लाष्टी गरिएको र उपचारको क्रममा संलग्न नर्भिक इन्टरनेशनल हस्पिटलका चिकित्सक, कर्मचारी, व्यवस्थापन एवम् सरोकारवाला सबैप्रति आभार व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

जानकारी भए अनुसार राजा अस्पताल भर्ना भएका बेला ठूलो संख्यामा पत्रकार, बुद्धिजीवि, समाजसेवी लगायतका विभिन्न व्यक्ति भेट्ने आशाले अस्पताल पुगेका थिए । भेट्न नपाएपनि आगन्तुक पुस्तिकामा सहीछाप गरी राजाको स्वास्थयको बारेमा जानकारी लिदै फर्केका समाचारहरु प्राप्त भएका थिए । राजाले राजपाठ छोडेपछि पहिलेको भन्दा जनता झन् राजाका नजिक हुन् खोज्दैछन् र आत्मियता जोड्दै छन् भन्ने कुरा उनका भ्रमणहरुमा उपस्थित हुने जनसमुह अंकित गर्दछ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *