नेपाल, भारत र चीन एक अर्काका पुरक

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

पृथ्वी नारायण शाहले नेपालको निर्माा गरेपछि विस्तार रोकियो र नेपाल बचाउने रणनीति उपदेशमा पृथ्वी नारायण शाह तल्लिन भए । उत्तर र दक्षिण तर्फ ठूला २ देशको बीचमा रहेको नेपाल दुई ढुङ्गा बीचको तरुल जस्तो भयो भन्ने महान उद्गारहरुलाई आज मुखले दुई देश बीचको पुल भन्ने गरेपनि व्यवहारमा तरुल बाहेक केही बन्न सकेको देखिदैन ।

जति असमझदारी नेपाली नेपाली बीच रही आएको छ त्यो दुरी बढ्दै जाने हो भने देशले अरु नोक्सान व्यहोर्दै जानेछ । भारत र चीनको युद्ध समाप्तीको लागि गरेका प्रयास र पूर्वी पाकिस्तानलाई स्वतन्त्र गर्दा चीनको डर थियो, नेपालले त्यस विषयमा बुद्धिमानी भुमिका खेल्यो । चीन भारत दुबै देश सित सामन्जयस्यता कायम राखी बंगलादेशको जन्म बारे चीन केही बोलेन । नेपाललाई भारत कि प्रधानमन्त्रीले धन्यवाद दिएको थियो । राजा महेन्द्रको परराष्ट्र नीति असंलग्न नीति थियो । नेपालको विरुद्धमा विश्वका कुनै पनि देश जान चाहदैनथे । त्यसैले पनि नेपालको शान्ति क्षेत्र प्रस्तावमा १ सय १६ राष्ट्रले समर्थन गरेका हुन् ।

आज दोश्रो पटक भारत चीनको मनमुटाव सीमा बारे विवादका कुरा उठेका छन् । नेपालले सर्तक भएर दुबै देशलाई साम्य पार्ने कुटनीतिक प्रयास गर्नु उपयुक्त देखिन्छ । यदि भारत चीनको विचमा युद्ध भयो भने ती दुई राष्ट्रको भन्दा बढी नोक्सान नेपाललाई हुनेछ । हाम्रो देश सानो छ तर हाम्रो स्वाभिमान ठूलो छ इमान धर्म सम्झी दुबै देशको हित हुने काम गरे मात्र सार्थकता
रहनेछ अन्यथा हामीले पनि दुःख भोग्नुपर्ने छ । साच्चै चीन–भारतलाई मित्रतामा जोड्ने मौका हामीमा आएको छ । यो क्षेत्रलाई शान्त राख्नु पर्ने काममा नेपालको अहम भुमिकाको खा“चो देखिन्छ । नेपालका सबै नेताहरुको जरुरी बैठक बोलाई तुरुन्त छलफल गरी यी दुई देश बीचको सम्बन्ध कसरी सुध्रिन्छ गहन अध्ययन मनन गर्नुपर्ने देख्दछौं ।

विश्वमा हातहतियारले मात्र विजय हासिल गर्न सकिदैन बुद्धि र कुटनीतिका साम्ने परमाणु बम समेत निष्क्रिय भएर जान्छ । यदि नेपालले इमानदारीपूर्वक आफ्ना मित्र राष्ट्रहरुलाई दिशा निर्देश ग¥यो र उनले मान्यो भने ठूला ठुला युद्धहरु रोकिन सक्छन् । गौतम बुद्धले शान्ति सन्देश फैलाउ“दा राजा महाराजाहरुले लडाईको मैदान छोडेर गौतम बुद्धका उपदेशको पालना गरेका थिए । प्रमाणको लागि सम्राट अशोकका स्तम्भबाट समेतप्रष्ट देखिन्छ ।

बुद्ध जस्ताको जन्म नभएको भएपनि राजा महेन्द्र जस्ताको जन्म भएकै हुनुपर्दछ । हाम्रा नेताहरुलाई हामी कमजोर ठान्दैनौं । त्यसैले परस्परमा हौसला बोकी शान्ति प्रक्रियामा नेपालले नेतृत्व गर्नेछ भन्ने दुबै देशको आशा रहेको हुन सक्छ । आफ्नै आ“खामा पसेको कसिङ्गर आफ्नै हातले निकाल्न सकिदैन अर्काे मनुष्यको आवश्कता पर्छ । छिेमकी राष्ट्र जतिसुकै ठुला भएपनि आपत विपतमा नेपाललई सम्झने गर्दछन् । त्यसकारण नेपालले पनि आफ्नो धर्म निभाउनु पर्छ । दुबै देशको सम्बन्ध नचिसियोस् भन्ने कामनाका साथ हामी पनि हार्दिक अनुरोध गर्न चाहन्छौं ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *