घोषणा गर्दैमा आतंकवादी शहिद बन्न सक्तैन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

शहीद देश र जनताको लागि हित कार्यमा जसले ज्यान गुमायो त्यो शहीद हो । नेपाल आमाका शहीद वीर बलभद्र कुँवर, भक्ति थापा, अमरसिंह थापा जस्ता योद्धाहरु भएका हुन् ।

त्यस्तै उनका सहयोगी ज्ञात अज्ञात सहयोगी शहीद हुन् । नेपाल आमाका रक्षक प्रहरी, सेना माथि आक्रमण गर्दा मर्नेहरु शहीद होइनन्, त्यस्ता हिंस्रकहरुलाई शहीदको पगरी भिराउन मिल्दैन । ती आन्दोलन,
आतंककारीहरु केवल एक व्यक्ति संस्थालाई हटाई अर्काे व्यक्तिलाई सत्तामा पु¥याउनको लागि मात्र मृत्युवरण गरेका हुन् । टीकापुर घटनाका दोषीलाई शक्त कारवाही गर्नुको बदला पुरस्कृत, आर्थिक सहयोग गरी हत्याराहरुलाई शहीद घोषणा गराउनु भनेको नेपाली जनता माथिको हमला हो ।

जसरी न्यायिक शहीद माननिय न्यायाधीश रण बहादुर बम शहीद बने । उनले मुद्दालाई सत्य निर्णय गरे वाफत शहीद भएका हुन्, त्यस्तै कोही धर्मको लागि शहीद हुन्छन् । आज हिन्दु धर्म माथि आघात पारी रहेको बेला उनीहरुको संबैधानिक तथा रितिरिवाज बमोजिम संरक्षण गर्दा तल माथि हुन सक्ने भएकाले हिन्दु धर्म माथि नियोजित गरेको षडयन्त्रको पर्दाफास चाडै हुनैपर्छ ।

आज सम्म नेपालमा उक्त महान व्यक्ति तथा घोषित वैधानिक चार जना भन्दा अरु कोही पनि शहीद भएकाहरु छैन भन्नमा दोष नलाग्ला । एउटा ठूलो डप्फा शहीद घोषणा भएको जुन छ उनीहरुलाई आफु सत्तामा जान प्रयोग गरेका हुन् देशको लागि शहीद भएको हामी प्रमाणित गर्न सक्तैनौं । नेहरुको फन्दामा परि ठुला दुःखले पृथ्वी नारायण शाहले आर्जेको भुमि सित सौदा गर्ने नेपाली मृत तथा जीवित नेताहरुलाई धिक्कार दिनैपर्छ ।

घरफुटै गवार लुटै भएको छ यो देशमा । प्रजातन्त्रको नाममा राणा सरकार तथा जनतालाई लडाई दिने त्यसपछि पनि प्रजातन्त्र, जनतन्त्र, लोकतन्त्रको नाममा जनतालाई मराउने भगाउने जस्ता घिन लाग्दा काम अझै भई
रहेकै छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *