नयाँ नेपालमा बादशाहको पनि नयाँ लुगा








-थानेश्वर प्रसाद भट्ट
आज भन्दा ५४ वर्ष पहिले कक्षा ९ मा अंग्रेजी प्रोजको एउटा शिर्षक थियो । “बादशाहको नयाँ लुगा” त्जभ भ्mउभचयचुक लभध अयितज आजको नयाँ नेपालको परिवर्तित सन्दर्भमा दुरुस्त मिलेको अनुभुति हुदा त्यसैलाई केन्द्रमा राखेर केही विश्लेषण गर्न खोजिएको हो । त्यस कहानीमा के थियो संक्षिप्त झलक दिन सान्दर्भिक होला भन्ने लाग्छ र यसबाट शिर्षकको गंभिरता बुझ्न पनि सहज हुनु पर्दछ ।
उहिले एकादेशमा एउटा बादशाहलाई नयाँ लुगा लगाउने निकै शौख थियो । यसका लागि व्यापक प्रचार प्रसार गरिन्थ्यो । देश विदेशका कुशल दर्जि आफ्नो क्षमता प्रदर्शन गरी रहन्थे । यस्तो प्रचार २ जना ठगहरुको कानमा पनि प¥यो । आफ्नो खुबी प्रदर्शन गर्न दरबार पसे । बादशाहलाई अलौकिक लुगा तयार पनि ६ महिना भित्र तयार गर्ने त्यसका लागि मागे जतिका आवश्यक सामाग्री पाउनु पर्ने, कामको समयमा उनलाई व्यवधान गर्न नपाइने लगायतका शर्त राखियो ।
अरु कसैले त्यसरी तयार पारिएको लुगा बनाउन सके मुत्युदण्ड सहने सम्मका आत्मविश्वासले भरिपूर्ण कुराबाट बादशाहले आफ्ना दरबारियाहरुलाई २ जनाले मागेको सामाग्री तुरुन्त दिने उनको काम गर्ने स्थानमा कसैबाट पनि प्रवेश गर्न नपाउने व्यवस्था गरियो । दोश्रो दिन देखि एकान्त स्थानमा २ जना प्रवेश गरी सुन हीरा जवाहरातको माग गर्दै रहे । केही सिलाई गरे जस्तो आवाज पनि निकाल्ने गर्दथे । प्रशस्त धन एकत्रित गरी सकेपछि सम्राटलाई आफ्ना योग्यतम् दरबारीहरुलाई निरिक्षण निमित्त पठाई दिन विन्ति गरे । साथै ती लुगाहरु बुद्धिमानले मात्र हेर्न सक्ने बुद्धि विवेक नहुनेलाई दृश्य नहुने पनि विन्ति चढाए ।
दोश्रो दिन दरबारिया त्यहाँ गए जहाँ केही पनि थिएन तर ठगहरुले हात कै इशाराले देखाई कोट, शेरवानी ताज आदि नामकरण गर्दै आफै वाहवाही गर्न लागे । केही नभएका ठाउँमा देखिने कुरा पनि थिएन तर मुर्ख कहलिन नपरोस् भनि वाहवाही गर्दै दरबार फर्कि बादशाहलाई पनि प्रशंसा गरे । अब लुगा तयार भए भनि बादशाहलाई नागो पारी नयाँ लुगा लगाए जस्तो गरी ठूलो जमातमा जुलुश सहित बादशाहको सवारी चलाइयो । बादशाह नांगै भएपनि कसैले पनि त्यो भन्ने सामथ्र्य गरेनन् । भिडको बीचबाट एउटा अवोध बच्चाले बादशाह त नांगै छन् भनेपछि सबैले साँचो रहेछ भनि छोपछाप पार्न तर्फ लागे । त्यति हुदा २ जना ठगहरु धन सम्पत्ति लगि फरार भईसकेका थिए ।
नयाँ नेपालमा कोही भोको मर्दैन कसैले पनि औषधी उपचार नपाई मर्न नपरोस् आत्म सम्मान, आवास, शिक्षा, भयमुक्त समाज, रोजगारी लगायत नयाँ संविधानले ग्यारेण्टी गरेको छ त्यो मुल कानूनको पालन नभए सर्वाेच्च अदालतमा मुद्दा गर्न पाउने समेतका पक्का व्यवस्था छन् । त्यो भएको पनि छ । बजेट जसरी पनि सिद्धाउन साल तमामीका बखत विदेश भ्रमण, भत्ता, १५÷१६
करोडका गाडी, त्यसको विरोध गर्दा इमानदार सचिव निर्वाचन आचार संहिता विपरित सरुवा अनि एक जना सहसचिवको ३३ अर्ब बिगो प्रारम्भिक रुपमा विशेष अदालतमा मुद्दा त्यसलाई गैर कानूनी भन्ने नयाँ बादशाहहरु पंचायतलाई मात पार्ने तक्मा वितरण भत्ता, गाडी, करोडौंका आर्थिक सहायता, कसैले प्रतिरोध गर्न खोज्यो कि प्रतिगामी, ६०१ जनाको काम के थियो ? कस्तो भुमिका हो र किन यसको जवाफ अवोध बालकले मात्र दिन सक्छ ।
अन्याय पूर्वक न्यायाधीशहरुलाई नियुक्ति बर्खाती गर्ने, रामप्रसाद कल्याण, सुशिला कार्कीहरु महिमा मण्डित हुने त्यसमा जायज प्रश्न उठाए अपराध हुने संचार माध्यमहरुले नाम नै किटेर यी तमाम विवरण छापामा आइ सके कै हुन् । खरबौंका भ्रष्टाचार अझै धेरै छन् । जागिर सधैका लागि रहने छैन । नाम र पुरुषार्थ अमर हुनेछन् । त्यसैले अख्तियारका महामानवहरु हो ! आँट गरेर इतिहास बनाऊ, ब्वाँसा भ्रष्टहरुलाई आम सर्वसाधारण समक्ष बेनकाब गरी दिए ईश्वर झै पूजा हुनेछ । भ्रष्ट भनि कारवाहीका लागि सिफारिस गरिएकाहरु नै भाग्य विधाता बन्ने प्रष्ट भई रहदा पनि कुनै हलचल हुदैन ।
निजामती कर्मचारी, शिषक, वित्तिय कर्मचारी, डाक्टर, वकील तमाम क्षेत्र वा सर्वत्रमा दलिय भागबण्डा र हुदाहुदा न्यायालयमा समेत त्यसको छाया पर्न थालेपछि कति दिन नयाँ नेपालले धान्न सक्ला ? बादशाहहरुका नयाँ लुगा बने झै देखाएका झुठा सपनाहरुको पोल कुन बालकले खोली देला, सार्वभौम भनेका विना दलका आम सर्वसाधारण दोश्रो दर्जाका नागरिक कति सम्म बाँच्न पाउने होला यही दुःस्वप्नले बारम्बार पीडा दिने क्रम रोकिएला कि ?







