सिनोरुपी सत्ता समातेर मात्र देश बन्दैन देशभक्ति, इमान धर्म चाहिन्छ !

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

-बलदेव अवस्थी

लेखक भानु स्वर्ण पदक प्राप्त व्यक्ति हुन् ।

पृथ्वी नारायण शाह विस्तारवादी थिए भन्छन् आज विखण्डनवादीहरु । यो देश मेरो सिनो होइन लुछी लुछी खान, देश स्वार्थले चल्दैन स्वाभिमान चाहिन्छ । देशमा जोसुकै नेपालीको राजनीतिक दर्शनले चल्नु अति उत्तम हो न कि कसैका प्रचारक भएर देशमा शासन गर्नुपर्छ ।

विश्वका कुनैपनि राजनीतिक दर्शनले भनेको छैन यो दर्शन सबै भन्दा उत्तम हो भनी, गणितिय हिसाबले देखाउने हिम्मत कसैसित छैन । राणाहरुले अंग्रेजहरुलाई सघाएकोले पं. जवाहर लाल नेहरु पक्ष राणाका कट्टर विरोधी थिए । अंग्रेजहरु कै सहयोगी ठानेका पं. जवाहरलाल नेहरुले नेपालको बारेमा तानाबुना बुने जसले गर्दा नेपालले आज सम्म उम्कन सकेको छैन । १९४२ मा भारतमा निमक आन्दोलन कै माध्यमबाट महात्मा गान्धीले भारत छोडो आन्दोलन कै थालनी ग¥यो । १९३९–१९४५ सम्म दोस्रो विश्वयुद्धमा बेलायत फसेको थियो । त्यही बेला नेपाली कांग्रेसका नेता वि.पि.कोइराला पनि दिल्लीमा वि.पि. पनि गिरफ्तार भई हजारीबाग जेलमा डा. राजेन्द्र प्रसाद, जयप्रकाश नारायण कै साथमा रहेको कुरा वि.पि.का डाइरी चिठिपत्रबाट पनि खुल्न आएको छ । पृथ्वीनारायण शाहले देशको विस्तार गर्दा अंग्रेज र घर भित्रकै शक्ति मिलेर ठूलो कष्टका साथ देशको अस्तित्व जोगाएको थियो जुन आज देशको अस्तित्व डगमगाई रहेको छ । पंडित नेहरुले वि.पि. मार्फत् भारतमा रहेका युवाहरुलाई एकत्रित गराई नेपालीलाई नेपालको विरुद्धमा उभिन संगठित गरायो र नेपालको सरकार राणा शासन माथि हमला गर्न सुरु ग¥यो । राणा सरकारले अंग्रेजलाई रिझाएर आफु पनि टिकि रह्यो, देशलाई पनि टिकाई रहेको थियो । अंग्रेजहरुको सुगौली पछिको कार्यकालमा नेपाललाई कुनै अप्ठ्यारो परेन । अंग्रेज सित समानताको आधारमा सहमति सम्झौता सहयोगहरु आदान प्रदान हुने गर्दथे ।

अंग्रेजहरुको कार्यकालमा नेपालको संबैधानिक स्वतन्त्रतामा कहिले आँच आउन दिएन । त्यस्तै सिक्किम, बर्मा, भारत, श्रीलंका झैं ब्रिटिस झण्डामुनी कहिले पनि परेन । प्रजातन्त्र र स्वतन्त्रता कसलाई चाहिदैन । मानव जातिलाई त छोडौं पशुपन्छी सबैले स्वतन्त्र चाहन्छन् । बन्धन कस्तो हुन्छ भन्ने आभास हाम्रो धेरै नेपालीले द्वन्दकालमा अनुभव गरी सकेका छन् । यि जे–जति कठिनाई जनताले भोगेपनि अन्तमा जादुको छडी राजनीतिक कुनै पनि परिवर्तन हुदैन । यो परिवर्तन नेपालको हितमा भन्दा पनि बाह्य शक्तिको हितमा अवश्य रहेको छ जुन हित कार्य हेर्दा नेपालका लागि छ नाफा सीमा पारी जादैछ विकृति हामी सित भित्रिदैछ । परिवर्तनको नाममा हामी छाडा भएका छौं स्वार्थमा डुबेका छौं, परम्परा तोडिदैछ । भारतमा विकास हुदैछ यहाँ ठीक उल्टो ।

स्वामी रामदेवले गाईको दुध, गोबरलाई औषधीको रुपमा प्रयोग गर्दै गाई पालनमा प्रेरणा दिएको छ भने हामीहरु त्यसको विपरितमा गयौं । नेपाली दम्पत्तिमा फुट हाली सम्बन्ध विच्छेद गराउने मनस्थितिमा पुगेकाहरुलाई मुद्दा लड्न लडाउन गैरसरकारी संस्थाहरु (आइएनजिओ) मानव अधिकारवादीको नामले सामाजिक खलबली मच्चाई दिएको छ । जुन मानव अधिकारवादीहरुलाई भुटानले लखेट्यो ती वादीहरु नेपालमा उपद्र गरी रहेका त छैनन् ? तैपनि आफैले मानव अधिकारको संरक्षण गरिरहेको देश माथि खनिएका छन् । जुन मानव अधिकारवादीहरुले नेपालमा द्वन्द चर्काउन माओवादी संगठनको जन्म गराई माओवादीको नामबाट हजारौं हजार मारिए बेपत्ता पारिए केवल सिनो रुपी सत्ता हत्याउनको लागि मात्र । जनतालाई जे जति दियौ भन्छन् नेता, मानव अधिकारवादी र माओवादी त्यो सबै सामुछ, विदेशी विकृति भित्रियो राम्रो कुरा भित्रिएन ।

सिनोरुपी सत्ताको लागि आज सम्म भएका हरेक परिवर्तन घृणित देख्दछु किनभने ती परिवर्तनहरु इमान धर्मले आएका भए टिकाउ हुन्थे त्यस्तो नभई सिनो रुपी सत्ताको लागि निहत्ता जनतालाई मारेकोले देश रोएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *