के हो मानसखण्ड संहिता ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

–अाचार्य घनश्याम लेखक

लेखक आध्यात्मिक प्रवक्ता हुनुका साथै मानस चिन्तक समेत हुन् ।

भगवानको श्वास प्रश्वासको नाम वेद हो । वेद नै नारायण एवं नारायण नै वेद हुन् । वेदले भनेको कुरा धर्म हो । वेदमा जे लेखिएको छ त्यो धर्म हो । धर्म मानवलाई मानव बनाउने साधन हो । वेदले धर्मको मार्ग निर्धारण गर्दछ ।
विश्वको प्रथम ज्ञानको साहित्य ऋग्वेद हो । यसैबाट ऋग्वेद, यजुर्वेद सामवेद र अथर्ववेद गरी चार भाग एवं अनेकौ शाखाहरु भए । ती सबैको उद्देश्य धर्मको
रक्षा गर्नु हो । यहाँ निर प्रश्न उठ्न सक्छ कि धर्म भनेको के हो ? धर्म भनेको सनातन नियम हो । सनातन भनेको हिन्दु धर्म हो । बाँकीका रिलिजन हुन् । जिउने कलाको नाम सनातन हिन्दु हो ।
हिन्दु धर्म संग अनन्त ज्ञानराशी छ । शास्त्रको मामलामा कमजोर भएपनि शास्त्रको मामिलामा विश्वको एक मात्र सबल र सक्षम धर्म हो । यसका जरा वेद, उपनिषद्, इतिहास पुराण हुदै लोकायतमा पुग्दछन् । हिन्दु धर्मको ज्ञानको बाछिटा विश्वभरी
परेका छन् ।
वेदव्यास द्वारा सनातन शास्त्रहरु को सम्पादन, विस्तारण गरिएको हो । त्यसैले उनलाई वेदव्यास भनिन्छ । वेदव्यास हिमालयको देवदास वन अर्थात् दार्चुलाको गुफामा रहेको शास्त्रको अनुशील गरे आज पनि सो क्षेत्रलाई व्यास क्षेत्र भनिन्छ ।
वेदव्यासले सर्वप्रथम बेदनाको विभाजन गरे । त्यसपछि १८ पुराण, एक लाख श्लोक संख्या भएको महाभारत ग्रन्थको रचना गरे । वेदव्यास द्वारा रचित पुराणहरु मध्ये सबैभन्दा ठूलो स्कन्द पुराण हो । यसमा एक लाख श्लोक छन् । हाल प्रकाशित स्कन्द पुराण ८४ हजार मात्र श्लोक छन् । स्कन्द पुराण खण्डात्मक र संहितात्मक गरी दुई प्रकारको छ । संहितात्मकमा ५० खण्ड रहेका छन् ।
यही संहितात्मक भाग अन्तर्गत सुत संहिता अन्तर्गत नै हाल प्रचलनमा
रहेको ‘मानसखण्ड संहिता’ पनि हो ।
यो मानसखण्ड संहिता ऐतिहासिक पुराण अन्तर्गत पर्दछ । मानसरोवरलाई आधार बनाएर रचिएको हुनाले यसलाई मानसखण्ड संहिता भनिएको हो । यस भित्र मानस
सरोबार मुल भएका काली, कर्णाली, कौशिकी, सरयू, सेती, बुद्धगंगा, गौरीगंगा, चौलानी, गोदावरी, कैलासनदी, भद्रा आदिको पर्याप्त वर्णन पाइन्छ ।
नन्दा पर्वत देखि कर्णालीको मध्यमा रहेको काकहिमाल सम्मको
भु–भागलाई मानसखण्ड भनिएको छ । मानसखण्ड क्षेत्रको नाम पनि हो । साथै
पुराणको पनि नाम हो ।
गौरा महेश्वरको सम्पूर्ण कथा
छ । गौराको उत्पत्ति एवं शास्त्रीय प्रमाणमा आधारित गौरा व्रतको सङ्केत हो । गौराको उत्पत्ति महाकाली तटमा भएको हो । मानसखण्ड संहिता अनुसार गौराको उत्पत्ति कैलास र मानसरोवरको मध्य रहेको
गौरीबाट भएको उल्लेख छ । यस प्रसंगलाई अझ पुष्टि गर्ने आधार मार्कण्डेय पुराणको दुर्गासप्तशती रहेको छ ।
पार्वतीले तपस्या गर्दा उनको
शरीर कालो भयो । कालिका रुपी भई त्यो रुपलाई लिएर मन्दाकिनीको जलमा स्नान ग¥यो । फलस्वरुप त्यो जल कालो भयो । त्यसपछि भगवतीले आफ्नो दिव्य स्वरुप धारण ग¥यो । त्यही स्वरुपलाई गौरा भनिन्छ । गौराको उत्पत्ति स्थल मानसखण्ड प्रदेश हो ।
मानसखण्ड संहिताका अनुसार यस क्षेत्रमा १०८ शक्तिपीठ रहेका छन् चालिस हजार तीर्थ छन् । यहाँको जल साक्षात मानसरसको जल हो । त्यसैले यस संहिताले यहाँका एक एक पहाड, क्षेत्र, स्थान, शिलाको सुन्दर वर्णन गरेको छ ।
पश्चिम नेपाल सम्बन्धी अध्ययन अनुसन्धान गर्ने व्यक्तिले अवश्य एकचोटी पढ्नै पर्ने कृति हो । यो वर्तमान ७ नं. प्रदेश अर्थात् मानस प्रदेशको आधारशीला हो ।
(लेखक आध्यात्मिक प्रवक्ता हुनुका साथै मानस चिन्तक समेत हुन् ।)

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *