भ्रष्टाचारीको चंगुलमा देश नेपाल

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

-कृष्ण बहादुर चन्द

भ्रष्टाचारको अर्थ र परिभाषा
भ्रष्टाचारलाई बुझ्न जति सरल छ परिभाषित गर्नु त्यति नै जटिल छ जसको सन्तोषजनक परिभाषा गर्न संभव छैन । यो नैतिक मुल्य र मान्यता संग सम्बन्धित छ जसलाई कानूनले अपराधिकरण गरेको छ । निजि फाइदाका लागि भ्रष्टाचारजन्य कार्य गर्नलाई भ्रष्टाचारी भनि परिभाषित गर्न सकिन्छ ।
सुशासन (Good Governance) कायम गर्ने कुरामा सबैभन्दा ठूलो समस्याको रुपमा भ्रष्टाचार रहेको छ । भ्रष्टाचार आधुनिक राज्य प्रणालीमा मात्र नभएर प्राचिन समाजमा पनि विद्यमान रहेको आधारहरु भेटिन्छन् । यसो नभएको भए श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाहको दिव्य उपदेशमा घूस दिने र घूस खानेको प्रसंग आउने थिएन । भ्रष्टाचारले समाजको विकास, स्थायित्व र सुरक्षामा गम्भीर समस्या र चुनौती उत्पन्न गरेको यथार्थता प्रष्ट छ ।

नेपालमा भ्रष्टाचार नियन्त्रण सम्बन्धी कानूनी व्यवस्था
पृथ्वी नारायण शाहले ‘निया निसाफ बिगान्र्या भन्याका घूस दिन्या र खान्या हून्’ यो दिव्य उपदेशमा कानूनी भन्दा पनि सांकेतिक र नियन्त्रण सम्बन्धी कुरा उल्लेख थियो भने श्री राजेन्द्र राजाको १८५५ को लालमोहरमा घुस रिसवत नखानु भनिएको छ । १९१० को श्री ५ सुरेन्द्रको ऐन (मुलुकी ऐन) मा हाकिमका नाउमा कराउनेको महलमा भ्रष्टाचारको उजुरी सुन्ने क्षेत्राधिकार सम्बन्धी व्याख्या थियो ।

भ्रष्टाचार निवारण ऐन २००९, विशेष अदालत ऐन २०१३, भ्रष्टाचार निवारण ऐन २०१७ ले संशोधन गरी नेपालको संविधान २०१९ मा भएको २०३२ सालको दोश्रो संशोधनले संविधान भाग १० ग थप गरी अख्तियार दुरुपयोग निवारण आयोगको व्यवस्था ग¥यो । नेपाल अधिराज्यको संविधान २०४७ ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको व्यवस्था गरी प्रजातान्त्रिक मुल्य र मान्यता अनुरुपको भ्रष्टाचार विरुद्धको शक्तिशाली निकायको गठन ग¥यो ।

ऐनको व्यवस्थालाई प्रभावकारी बनाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली २०४८ लाई खारेज गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली २०५९ जारी गरियो । कानूनी व्यवस्थालाई समसामयिक बनाउन विशेष अदालत ऐन समेत २०५९ जारी गरियो ।

यसरी नेपालको अन्तरिम संविधान २०६३ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दण्डात्मक, निरोधात्मक र प्रबद्र्धनात्मक तीनै किसिमका अधिकारहरु सुम्पिएको आवस्था हालको प्रचलित संविधानले पनि सोही अनुसारको जिम्मेवारी दिइएको छ ।

संविधानमा नेपालका जनता सार्वभौम अर्थात् सार्वभौम सत्ता सम्पन्न नेपाली जनता छन् भनेको देशमा सुशासन, देश जनताको हित, लोककल्याण, विकास निर्माण, प्रत्येक क्षेत्रमा शासन पद्धति, इमानदारिता, भ्रष्टाचार नभएको शान्ति, अमनचयन, दैविय पीडा, दुःखबाट मुक्त नेपाली जनताले आभास वा पक्कै पनि अनुभुति गरेका छन् त । यदि छैनन् भने भ्रष्टाचार मुक्त समाजको निर्माण गरौं ।

हिन्दु दर्शन अनुसार मानिएका १६ संस्कारबाट संस्कारित व्यक्ति यसका तत्वलाई अनुसरण गरेर तदनुरुपको सावधानी गर्दछ भने उसले उत्तम स्थान ग्रहण गर्दछ । यसैले व्यक्ति परलोक जादा आफ्नो साथ धर्म (राम्रो काम), पाप (नराम्रो काम), भ्रष्टाचार (नराम्रो काम) गरेको छ भने त्यहि मात्र पछि लाग्ने हुदा शास्त्रले उद्घोष गरेको छः धर्मचर, स्वाध्यान्ताप्रमद, सत्यंबद मातृदेवो भवः, पितृदेबो भवः, अतिथिदेवो भवः ।

पश्चिमी दर्शनमा पनि (Good Governance) सुशासन शब्दको प्रयोग राम्रै संग भएको देखिन्छ । पूर्विय दर्शनमा सुशासनको प्रयोग रामायण, महाभारत, शुक्रनीति लगायत दर्शनमा पाइन्छ । प्रसिद्ध दार्शनिक कौटिल्यले पनि यसको महत्व विशेष रुपमा दिएको छ ।

भ्रष्टाचार निवारण नहुनुका केही कारणहरु
ऐन नियमले गर्न मिल्ने काम नगरिदिनु, नगर्नु; राजनैतिक दलहरु बीचमा भ्रष्टाचार नियन्त्रणको पक्षमा एक मत, नीति बन्न नसक्नु; बढी चडकभडक तथा स्वदेशमा नभइ विदेशका महंगा विद्यालयमा पढ्न पठाउनु; भ्रष्टाचारमुखी प्रतिस्पर्धा भइ रहनु; देखासिखी गर्ने प्रवृत्ति, व्यक्तिको मानसिकता भ्रष्टाचारमय हुनु; राजनीतिबाट नै भ्रष्टाचारी लाई बढावा दिइनु; ल्न्इ, क्ष्ल्न्इ लाई विदेशबाट आउने रकमको आय श्रोतको खर्च यथार्थता र पारदर्शी नहुनु; आर्थिक भागबण्डामा आधारित नियुक्ति, सरुवा, बढुवा गरिनु, दण्डहीनता बढ्नु; अनुगमन वास्तविकतामा आधारित नहुनु इत्यादि ।
भ्रष्टाचारले गर्दा नागरिकको मौलिक हक (Fundamental Rights), मानव अधिकार (Human Rights), मताधिकार (Voting Rights) को अत्याधिक मात्रामा हनन भएको छ । यसका साथै देशको राष्ट्रियता कला, साहित्य संस्कृति र धर्ममा समेत जरा गाढी सकेको अवस्था छ । भ्रष्टाचार वर्तमानमा कहालि लाग्दो अवस्थामा मौलाउँदै गएको र यसको नियन्त्रण र न्यूनिकरण त्यति सजिलो त छैन तथापि यसका विरुद्ध ‘सामाजिक जागरण अभियान’ चाल्न जरुरी छ ।

लेखक समाजसेवी एव‌म् पूर्व–कृषि अधिकृत समेत हुन् ।
हाल उनी पाटन न.पा. ६ बैतडीमा बसाेबास गर्छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *