दैजी बेल्डाँडी सडकमा ट्याक्टर दुर्घटना

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

जगदिश प्रसाद अवस्थी । बेल्डाँडी

महेन्द्र राजमार्गबाट कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने कच्ची सडक दैजीबाट छुटिएको छ जसको अवस्था अत्यन्तै नाजुक रहेको छ । बेलाबखतमा हुने गरेका विभिन्न दुर्घटनाहरुबाट अकाल मै सर्वसाधारणहरुले ज्यान गुमाउने गरेका छन् ।
दैजी बेल्डाँडी सडक खण्डमा शनिबार भएको ट्याक्टर दुर्घटनामा एक बालकको अकालमै ज्यान गएको छ ।
दक्षिणी क्षेत्र जोड्ने दैजी–बेल्डाँडी कच्ची सडकमा शनिबार टेक्टर दुर्घटना हुँदा १२ वर्षीय दिपेश खडकाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरिक्षक प्रकास बहादुर चन्दले बेल्डाँडी देखि महेन्द्रनगर तर्फ आईरहेको से.१त. १३ नम्बरको टेक्टर दैजी–बेल्डाँडी विच जंगलको सडकमा दुर्घटना हुँदा टेक्टरमा सवार बालक खडकाको ज्यान गएको बताए ।
प्रहरी प्रवक्ता चन्दका अनुसार वर्षाका कारण सडक हिलाम्मे र चिप्लो भएको र टेक्टर सडकबाट अनियन्त्रित भएर नहरमा पल्टिएको हो । नहरमा पल्टिएपछि बालकको च्यापिएर घटना स्थलमै मृत्यु भएको छ । चालक दिपेश सुनार र टेक्टर प्रहरी नियन्त्रणमा छन् । शनिबार विदाको दिन भएकाले बालक चालकसंगै बेल्डाँडी घुम्न गएका थिए । बेल्डाँडी समान पु¥याउन गएर महेन्द्रनगर फर्किने बेला टेक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
विभिन्न सरकारका बजेटहरुमा यस सडकका लागि बजेट छुट्याइएको हुन्छ तर सडकको स्तरोन्नति भने भएको हुदैन । हालैमा मात्र सडकको सुधार भएको देखाउन मात्रै सडकमा ग्रावेल हाल्ने काम भएको थियो । सडक कच्ची भएको तथा खाल्डाखुल्डी भएको कारण वर्षायाममा हिलाम्मे सडकमा आवत जावत गर्नु आफ्नो जिवन संग खतरा मोलेरै गर्नुपर्दछ ।
हुलाकी राजमार्ग अन्तरगत पर्ने उक्त सडक कालोपत्रेका लागि सम्झौता भएपनि निर्माण कम्पनीले ढिलाई सडक कालोपत्रे गर्नमा ढिलाई गरेको स्थानियहरुको गुनासो छ । वर्षायाम मात्र मात्र होइन हिउँदमा समेत धुलाम्मे सडक यात्रा गर्न उपयुक्त हुदैन । सरकारले आफुहरुलाई सौतेली व्यवहार गरेको स्थानियहरुले गुनासो गर्ने गरेका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *