गाई गोरु माथिको अत्याचार सामाजिक विक्रिति








सरकार मौन किन ?
महेन्द्रनगर । नेपालले आयात गरेको धर्म संस्कृति, राजनीतिक विकृति उदेग लाग्दो छ । आज गाउँघरहरुको सामाजिक सद्भाव एकतामा ह्रास तथा हिन्दु धर्मको खिलाप हुने गरी तथा अमानविय तरिकाले पशु भन्दा तल्लो श्रेणीमा पुगेका भन्नमा आपत्ति नहुने हाम्रा गाउँ गाउँबाट गाईहरुको दोहन गरी दुध दिने बेला सम्म एनकेन पाल्ने र त्यसपछि वेवारिसे तरिकाले बजार सडकमा छोडी दिने काम गरी रहेका छन् । यस बारेमा ऐन कानून नभए बनाएर वा सरकार तथा नगरपालिका जिल्ला विकास समिति समेतले निर्णय पुस्तिकाहरुमा लेखेर भएपनि तुरुन्त निर्णय गरी गाई गोरु छाडा गर्ने उपर त्यही कानूनी कारवाही गर्नुपर्ने देखिन्छ ।
ती गाईहरु बजारमा बस्ने व्यापारीहरुले गाउँबाट दुध खान ल्याई त्यसपछि छोड्ने गरेका हुन् वा हरेक गाउँबाट दोहनपछि सडक र बजारमा छोड्ने गरेका हुन् यस बारे सरकार नगरपालिकाहरुले गहन अध्ययन गर्नैपर्ने देखिन्छ ।
हामीले अध्ययन गरे अनुसार भीमदत्त नगरपालिकाको उत्तरी तर्फका वडाहरुमा गाई गोरु पहिले जंगल तर्फ चराउँथे भने वर्तमानमा वन उपभोक्ता समितिहरुले वन संरक्षण तर्फ जोर गरेकाले त्यहा छोड्न नदिने, ब्रह्मदेव जिमुवा तिल्केनीका गाई गोरुहरु महाकाली तर्फ पठाउने गर्दथे । महाकाली ब्रह्मदेव जहाँ पशु पठाइने गरिन्थे त्यहा भारतले जलासय बनाई सकेपछि चारैतिरका बाटा बन्द भए ।
राणाकालको जसरी अचेलको सरकारले न गौचर राख्यो न पानी घाट, न मसान घाट सबै बेची खाइसके, कहाँ लगाउने अनि कोही सुन्छन् कि भनी बजार राजमार्गमा छोड्ने गरेका हुन् भन्ने आवाजहरु भीमदत्त न.पा. १०, ९, ८, ७ का केही व्यक्तिहरुबाट सुन्नमा आएको छ नाम नबताउने सर्तमा । खोलानाला गौचर, पानी, मसानघाट अमिन लगाएर स्वार्थ पूर्ति गर्न जनताले दर्ता गरी सके के गर्ने ।
गाईबाट पर्याप्त सुविधा लिन खोज्नेहरु अन्तमा चुनाव चिन्ह समेत गाईलाई राखी गाई कै खिल्ली उडाई रहेका छन् । कुरा गर्दा हामीलाई सरकारमा पु¥याई देउ अनि हामी व्यवस्थापन गछौं भन्छन् । के गाईहरुले ती पार्टीहरुलाई सत्तामा पु¥याउलान् ? हिन्दु धर्मको नारा दिने मात्र होइनन् कि देशमा शान्ति सुव्यवस्था कायम गर्नेहरु आज के गर्दैछन् । आज इमानदारिता हिन्दुहरुमा देखिएको छैन । मानिसमा मानवता छैन तर पशुहरुमा पशुत्व छ तर स्वयं संरक्षण हुन सक्ने बानी बेइमानी मानवले विगारेको छ ।
महाकाली–मेची सम्मका विद्यालय, पसल, उद्योगहरुका नाम बजारका नाम हेर्दा हरेक देवीदेवता तथा हाम्रा पूर्वज राजा महाराजाहरुको नामबाट
राखेका पाइन्छन् तर ती नामधारीहरुले उल्टो काम गरेका छन् । के यही हो मानव धर्म ? अरुको नाम बेचेर खाने ? बस यातायात सेवाहरुमा पनि देवी देवताका नामबाट नै घाटा नाफा जे भए पनि लिएका छन् ।
हेर्नुहोस् उहाँहरुको इमान धर्म हिन्दु राष्ट्र माथि संबैधानिक आघात हुदा पनि पशु सरह सबै चुप लागे भन्नु हुन्छ पंडित जयानन्द । यदि सरकार र नगरपालिका गाउँपालिकाहरुले देशको धर्म संस्कृति बचाउने हो या विदेशी धर्म संस्कृति रितिरिवाज राजनीति आयात मात्र गर्ने हो यस बारे ठोस निर्णय लिई सार्वजनिक हुनु पर्ने सामाजिक माग देखिन्छ ।







