धनगढीमा शैक्षिक मेला

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

धनगढी । विजनेश प्लस टेलिभिजनको आयोजना तथा माउन्टेन टेलिभिजन र भक्ति दर्शनको सह आयोजनामा नेपाल एजुकेशन फेयर तथा शैक्षिक निति बहस कार्यक्रमको तयारी पुरा भएको छ ।

शुक्रबार धनगढीमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रमका संयोजक तथा पद्मा मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत डम्बर शाहुले धनगढीको ओमप्यालेसमा असार ३१ र साउन १ गते हुने नेपाल एजुकेशन फेयर तथा शैक्षिक निति बहस कार्यक्रमको तयारी पुरा भएको बताए ।
साथै उनले पछिल्लो समयमा विभिन्न संघ संस्थाले वैदेशिक शिक्षा वा स्वेदेशी शिक्षाका बारेमा जानकारी दिने उद्देश्यले राजधानीमा बिभिन्न नाममा शैक्षिक मेला गर्दै आएको भएपनि हरेक ठाउँमा नभईरहेको अवस्थामा शिक्षाको हरेक जानकारी दिने उदेश्यले कार्यक्रमको आयोजना गरेको बताए ।

पद्मा मिडिया गु्रपका सुदुरपश्चिम क्षेत्रिय प्रसारण केन्द्रका प्रमुख श्रवण देउवाले अधिकांश शैक्षिक मेलाहरु राजधानी केन्द्रित भइरहेको र मुलुक संघीयतामा गइसकेको यो अवस्थामा हरेक प्रदेशमा त्यसको कार्यान्वयनको पाटो समेत मजबुत बनाउनु पर्छ भन्ने मेलाको मान्यता रहेको बताए । साथै उनले सबैलाई मेलाको अवलोकन गर्न आग्रह गरे ।

शैक्षिक मेला २३ र २४ गते विराटनगरको होटल एसियाटिकमा र असारको २७ र २८ गते विरगंजको जैन धर्मशालामा भव्यताका साथ सम्पन्न भइसकेको छ । शैक्षिक मेला क्रमशः नेपालगंज र धनगढीमा संचालन हुने तयारी अनुरुप असार ३१ र साउन १ गते धनगढीको ओम प्यालेस र साउन ४ र ५ गते नेपालगंजको सिद्धार्थ कट्टेजमा मेला सम्पन्न गरिने छ ।

शैक्षिक मेलामा बिभिन्न बिश्वबिद्यालय र कलेजका गरि जम्मा ३० भन्दा बढी स्टलहरु रहनेछन् भने करिब ५ हजार भन्दा बढी बिद्यार्थी तथा अभिभाबकहरुले प्रत्यक्ष अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । शैक्षिक मेला संगसंगै उच्चस्तरीय शिक्षा निति बहस कार्यक्रम पनि हुनेछ, जसमा नेपाल सरकार, शिक्षा मन्त्रालय, शिक्षा बिभागका प्रतिनिधी, बिज्ञ, शिक्षा क्षेत्रका निति निर्माताहरु बिचमा उच्चस्तरिय शैक्षिक निति कार्यक्रम बारे ब्यापक रुपमा बहस हुने आयोजकले जनाएको छ । बहसलाइ माउन्टेन टेलिभिजन र बिजनेस प्लस टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछन् । मेला तोकिएको दिन विहान ९ः३० बजेदेखि साँझ ६ बजेसम्म चल्ने छ ।

मेलाको पुर्व सन्ध्यामा धनगढीको पार्कमोड देखि चौराह हुदै ओमप्यालेस सम्म प्रभात फेरिको आयोजना गरिएको थियो । प्रभात फेरीमा धनगढी उपमहानगरपालिकाका मेयर नृप ओड, प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल र जिल्ला शिक्षा अधिकारी मान सिंह बिष्टको सहभागिता रहेको थियो भन्ने समाचारहरु विभिन्न मीडियाहरुबाट प्रकाशमा आएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *