नाष्टको शाखा स्थापना

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

महेन्द्रनगर । प्रदेश नं. ७ मा महत्वपूर्ण ‘विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)’ को पहिलो शाखा कञ्चनपुरको महेन्द्रनगरमा स्थापना भएको छ ।

३४ वर्ष पूर्व काठमाण्डौंमा स्थापना गरिएपनि देशका अरु भागहरुमा कही पनि शाखा रहेको थिएन । देश संघियतामा गएलगत्तै प्रदेश नं. ७ बाट शाखा खोल्न सुरु गरेको छ ।

विज्ञान तथा प्रविधिका क्षेत्रमा आज सम्म भएका प्रगतिको बारेमा यस क्षेत्रलाई पनि जानकारी दिदै नयाँ शाखाहरुको विस्तार गरिएको नाष्टका वैज्ञानिक डा. जितु उपाध्यायले जानकारी दिएका थिए ।

‘परम्परागत प्रविधिको संरक्षण र आधुनिकिकरण गर्ने हाम्रो मुलभुत उद्देश्य हो’ उपकुलपति डा. जीवराज पोखरेलले भने । विज्ञान तर्फ रुची राख्ने यस क्षेत्रका विद्यार्थी शिक्षकहरुलाई हामीले सहयोग गर्नेछौं । यहाँको जडिबुटीको पत्ता लगाई संरक्षण संवद्र्धन तथा प्रशोधन गर्ने कुरा समेत त्यही वैज्ञानिक सभाबाट आएको थियो ।

सो समारोहमा विज्ञान क्याम्पसका प्राध्यापकहरु, सु.प. विश्व विद्यालयका प्राध्यापकहरु, विद्यार्थी, युवा, जेष्ठ नागरिक, विभिन्न पत्रकाहर समेतको व्यापक सहभागिता रहेको थियो । सो सहभागिता मध्येका सहभागीहरुले वर्तमानको समयमा बढी चर्चामा रहेकोयार्सागुम्बामा बढी केन्द्रित रहेका देखिन्थे । यार्सागुम्बा बाट नेपाली जनताले केकति फाइदा लिन सक्छन् यार्सा नेपाल कै हिमालयबाट संकलन गरेर ल्याउँछन् अथवा भारतका हिमालहरुबाट ? किनभने भारत तर्फ प्रतिबन्धित छ संकलन गर्न दिइदैन । त्यस अर्थमा नेपाल तर्फ रहेका यार्साहरु लोप हुने संघारमा पुगेका छन् भन्ने जिज्ञासाहरु राखेका थिए ।

पर्याप्त लगानी गरेर विज्ञान र प्रविधीको विकास संगै रोजगारीको समस्या समाधान गर्नुपर्नेमा समेत सहभागिले जोड दिएका थिए । सुदुरको पहाडी क्षेत्रमा जटिबुटी, जलविद्युतको खोज आवश्यक रहेकोमा समेत सहभागिले जोडदिएका थिए । विज्ञानका विद्यार्थी रमेश पन्तले विज्ञान क्षेत्रमा लगानी कार्यक्रम अभाव रहेको भन्दै खोज अनुसन्धानका लागि कार्यक्रम संचालनमा जोड दिए ।

सिद्धनाथ विज्ञान क्याम्पसका प्रमुख प्रा.डा पूर्ण बहादुर चन्दले आर्थिक अभावका कारण खोज अनुसन्धानका विषय ओझेलमा परेको बताए । हरेक क्याम्पसमा विज्ञान शिक्षा आवश्यक रहेको समेत उनले औल्याउनुभयो । यस्तै सिद्धनाथ विज्ञान क्याम्पसका उप प्राध्यापक बलराम अवस्थीले यहाँ प्रचुर मात्रामा सम्भावना भएको बताए । जैविक विविधता, पर्यापर्यटन, बासस्थान प्रणाली, कृषि, जटिबुटीको सदुपयोगमा जोड दिए ।

परम्परागत ज्ञान सीपलाई व्यवस्थापन गर्दै विज्ञान र प्रविधीको विकास आवश्यक रहेको बताए । नास्टका बरिष्ठ वैज्ञानिक डा. रविन्द्र ढकालले यस क्षेत्रकको सम्भावनालाई मध्यनजर गर्दै शाखा कार्यालय महेन्द्रनगरमा विस्तार भएको बताए । यहाँका सम्भावना अघि बढाउनुपर्नेमा उनले समेत जोड दिए ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *