एसएसबीले गुप्तचर खटाउने

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

महेन्द्रनगर । नेपाल र भारत सँगको खुल्ला सीमा सुरक्षामा खटिएको भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले यसको गुप्तचर संयन्त्र स्थापनाका लागि स्वीकृति पाएको छ ।

भारत विरोधि शक्तिहरुका गतिविधि निगरानी गर्न भन्दै पहिलो पटक स्थापना गर्न लागिएको संयन्त्रमा ६ सय ५० फिल्ड तथा स्टाफ एजेन्टहरु रहनेछन् । एक वरिष्ठ अधिकारीका अनुसार सीमा सुरक्षा तथा आन्तरिक सुरक्षाका लागि विशेष खालको लडाकु गुप्तचर संयन्त्र बनाउन र भर्ति गर्न संसदीय समितिले पेश गरेको प्रस्तावलाई भारतीय गृह मन्त्रालयले स्वीकृति दिएको हो ।

एसएसबीले यसबाट आफ्नो सञ्चालन प्रभावकारीतामा ठूलो टेवा पुग्ने भारतीय गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरेको छ । एसएसबीले १ हजार ७ सय ५१ किलोमिटर लामो नेपाल–भारत बोर्डर र ६ सय ९९ किलोमिटर लामो भारत–भुटान बोर्डरमा गस्ति गर्दै आएको छ ।

अब यी दुई क्षेत्रहरुमा तथा झारखण्ड र बिहारमा नक्सलविरोधि अपरेसनहरुमा भर्ति गरिएका इकाइहरुमा आफ्ना गुप्तचर एजेन्टहरुलाई तालिम दिएर खटाउनेछ । दुवै सीमाक्षेत्रमा मानिसहरुको आवातजावतमा रोक लगाइने छैन । विशेषतः नेपालको हकमा दुवैतर्फको जनसंख्याबीच बलियो क्षेत्रीय, सांस्कृतिक र आर्थिक सम्वन्ध रहेकाले सीमा सुरक्षा प्रभावकारी बनाउनु चुनौतिपूर्ण रहेका समाचारहरु विभिन्न समाचार माध्यमहरुबाट प्रकाशमा आएका छन् । यस बारेमा दुबै देशलाई फाइदा नै हुने देखिन्छ । अब नेपालले झन् सजक हुनुपर्ने समेत रहेको छ । जुन ठाउँमा हाम्रा कमजोर र अशिक्षित जनता छन् त्यहाँको सीमा जोगाउन निकै कठिन हुनेछ । यसबरोमा नेपाल सरकारले सशस्त्र सीमा सुरक्षा बललाई साधन सम्पन्न बनाउनुपर्ने देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *