सफल सामुदायिक प्रयास

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बझाङ । मानिसहरुले बुझ्न मात्र बाँकी छ वन जंगल देशका विकास निर्माणहरु सडक, विद्युत, सिचाई आदि सबैमा मेरो हक छ मेरो शेयर छ भन्ने भावना उत्पन्न हुनु जरुरी छ । अनि मात्र साझा सम्पत्तिको संरक्षण हुन्छ । त्यसको एउटा उदाहरण छ सामुदायिक वनमा सहभागीहरुले गाउँको उन्नति सामुदायिक वनको विकास, जनताका समस्याको समाधानका उपायहरु आफैले सोचेका छन् ।

सामुदायिक बनबाट जम्मा गरेको रकमले समुदायका केही ब्यक्तीहरुले बाख्रा पालन गर्ने सोच बनाएका छन् ।

केदारस्युँ गाँउपालीका ४ सैसुका केही ब्यक्तीहरुले बाख्रा पालन गरी रहेको स्थानीयले बताएका छन् । विगत केही बर्ष अघि बन जंगल फडानी गर्ने गरेका यहाँका स्थानीयहरु अहीले केदार स्युँ गाउपालीका ४ मा रहेको भु गाँउ पिपलधार सामुदयिक बन बाट फाईदा लिई रहेको सामुदयिक बनका अध्यक्ष कुमेन्द्र बहादुर मल्लले बताउनु भयो ।

समीतीको बैठेक बसेर सामुदायिक बन जोगाउन अहिले पनी पहल भई रहेको उहाको भनाई छ ।

४र५ बर्ष अघि देखी यहाँका स्थानीय बासिन्दा जती बेला मन लाग्यो त्यती बेला घाँस दाउरा र जंगल समेत जथाभावि फडानी गर्थे स्थानीय ज्ञाना देवि भण्डारीले भन्नु भयो । अहीले दाउरा घाँस काट्न गए पनि समीती बाट एक भारीको एक सय रुपैयाको रसिद काट्नु पर्छ । यो रकम गाँउमा दुख विरामी परेका ब्यक्तीहरुलाई ऋणका रुपमा लगानी गरेका छौ । समीतीमा अहीले झण्डै दुई लाख भन्दा बढी आम्दानी भएको छ ।

यही रकम बाट यहाँका झण्डै १० जना भन्दा बढीले बाख्रा समेत खरीद गरेको स्थानीय कलसा भण्डारीले बताउनु भयो । समीती बाट नै ऋण निकालेर दुई बाख्रा आफुले पनी खरीद गरेको र गाँउका अन्य ब्यक्तीहरुले पनी बाख्रा खरिद गरी पालेको उहाँको भनाई छ ।

तत्कालीन बाँझ गाविसका सबै स्थानीयहरुले जंगल फडानी र छाडा पशु चौपाया छोड्ने गरेका थिए । समीतीको बैठेक बसी सामुदायीक बनको सिमाना पुर्वमा सिउचुला, पश्चिममा खोलमारा धार, उत्तरमा काईराली खोला र दक्षिणमा सैस्यु गाँउ सम्म बन्द गरे पछि सामुदायिक बन हराभरा हुन थालेको छ । समीतीको निर्णय विपरीत कनै ब्यक्तीले गएको खण्डमा तथा दाउरा घाँस पशुचौपाय छोडेको खण्डमा ५० रुपैया देखी दुइ सय सम्म जरीवाना तोकीएको माल देवि मल्लले बताउनु भयो ।

झण्डै ८० परिवार बसोबास गर्ने यस गाँउका सबै स्थानीयहरु अहीले सामुदायिक बन संरक्षण गर्न लागी परेका छन् । यस जंगलमा अहीले बन कुखुरा, कालीज, मृग, चाखुरा सुगा, लगायतका चरा चुरुङ्गी फेला पर्दछन् भने सल्ला, सानन, धान्ने, भट्टु लगायतका बोट विरुवाहरु रहेका छन् ।
दुई बर्ष पहीले अपरिचीत ब्यक्तीले सामुदायिक बनमा आगो लगाएका कारण स–साना बोट विरुवाहरु मरेका कारण समस्या सृजना भएको स्थानीयहरुले बताएका छन् ।

वृक्षा रोपणका लागी अब आफुहरु लाग्ने र जिल्ला बन कार्यालयले पनी सहयोग गर्नु पर्ने स्थानीयले बताएका छन् । यता जिल्ला बन कार्यालयले पनी जंगल संरक्षण गर्नका लागी र हराभरा बन बनाउनका लागी जिल्ला बन कार्यालयमा भएको बाट विरुवाहरु उपलब्ध गराउने रेन्जर हेम कुमार पाठक बताउनु भयो ।

यी सुखद कुराहरुले गर्दा भाबी दिनहरुमा नेपाल उज्जवलमयी रहने देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *