प्राथमिक उपचार खोज तथा उद्धार तालिम सम्पन्न

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

महेन्द्रनगर । कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकामा २ दिने प्राथमिक उपचार, खोज तथा उद्धार र पूर्व सुचना प्रणाली सम्वन्धि तालिम शुक्रवार सम्पन्न भएको छ ।

जिल्लाका बिभिन्न नगरपालिका तथा गाउँपालिकाका बिपद ब्यवस्थापन संग जोडिएका युवाहरुलाई बिपद बाट जोगाउन उक्त तालिम दिईएको निडस् नेपालले जनाएको छ ।

निडस् नेपालको अनुकुलन परियोजनाका जलबायु परिर्वतन तथा बिपद ब्यवस्थापन अधिकृत भरत दवाडीले बर्खायाममा हुन सक्ने बाढी र डुवान लाई मध्य नजर गरेर तालिम आयोजना गरेको बताए ।

बिहिवार देखि दैजी स्थीत होटल हाईवे ग्रिनको सभाहलमा संचालन भएको तालिममा कृष्णपुर नगरपालिका, शुक्लाफाँटा नगरपालिका, बेदकोट नगरपालिका र बेल्डाँडी गाउँपालिकाका बिपद ब्यवस्थापन संग आवद्ध भएका बिभिन्न क्षेत्रमा आवद्ध भएका ३० जना भन्दा बढी प्रशिक्षार्थीहरु लाई अभिमुखिकरण गराईएको प्रशिक्षक सोम राज जोशीले जानकारी गराउनु भयो ।

सो तालिममा बिपद आउनु पुर्व के गर्ने, बिपद आईसके पछि के गर्ने र यस्तो अवस्थामा मानवीय क्षति न्युनिकरण गर्ने भन्ने बारेमा तालिम लिएको प्रशिक्षार्थीहरुले बताए ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *