नगर कार्यपालिकाको निर्वाचन सम्पन्न

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बैतडी ।

बैतडीको पाटन नगरपालिकामा नगर कार्यपालिकाको निर्वाचन सम्पन्न भएको छ । पाटन नगरपालिकामा शुक्रबार भएको आठ सदस्यीय कार्यपालिकाको निर्वाचनमा नेकपा एमालेको समूह विजयी भएको छ ।

यो संगै बैतडीका १० वटै स्थानीय तहको गाउँ र नगर कार्यपालिका निर्वाचन सम्पन्न भएको छ । पाटन नगरपालिकामा एमालेले २९ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनले २३ मत प्राप्त गरेको नगर निर्वाचन अधिकृत सिद्धराज जोशीले जानकारी दिनुभयो । पाँच महिला सदस्यमा बसन्ती ठगुन्ना, सुनिता भट्ट, सुनिता वोड बिक, पदमा बिष्ट र बिमला सार्की निर्वा्चित भएका छन् । यसैगरी दलित वा अल्पसङ्ख्यकमा बल्देब बिक, लाली राम बिक, मनि राम बिक निर्वा्चित भएका छन् ।

नगर कार्यपालिकामा प्रमुख, उपप्रमुख र वडाध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ । महिला पाँच र दलित वा अल्पसङ्ख्यक तीनमा नगरमा निर्वा्चित सदस्यमध्येबाट उम्मेदवार हुने र मत दिने व्यवस्था गरिएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *