दार्जिलिङलाई सन्त्रस्त पारिदैछ किन ?








मिडियाको लागि संसार एउटै छाता भित्रको ओत लाग्ने मनुष्य हो । दुःख लाग्ने कुरा के छ भने नेपाली भाषा कै कारण भारतका नेपाली भाषी भारतिय नागरिकहरुले दुःख पाई रहेका छन् र बंगालको प्रान्तिय सरकारले भुटानमा नेपाली भाषीलाई भुटानबाट हटाउन भारतले गरेको योगदान आज बंगाल सरकारको पनि नजिर बनिरहेको छ ।
एक प्रजातान्त्रिक मुलुकमा यस्तो भेदभाव गर्नु विश्व जगतले लाज मान्नु पर्दछ । दार्जिलिङ माथि कसको षड्यन्त्र भई रहेको छ त्यसको अनुसन्धानात्मक त्यहा“का नेताहरुले सहभागी हुनैपर्ने देखिन्छ । नेपालको भाषा तथा विशाल नेपालको प्रसंग जोडिएकोले नेपालीहरुलाई दार्जिलिङ दुख्नु स्वभाविक देखिन्छ । नेपालीलाई एउटा ठूलो त्रास के छ भने नेपालमा २०४७ सालमा प्रजातन्त्रको पुर्नबहाली भएर पनि त्यो प्रजातन्त्र गुमी सक्यो संगै प्रजातन्त्रको लागि लडाई लड्ने नेपाली भाषी भुटानीलाई देश निकाला गरी भुटानबाट धपाई सकेपछि नेपालमा शरणार्थीको रुपमा बदलिए ।
अन्तमा शरणार्थीहरुलाई स्थानान्तरण गर्ने नाउमा तेस्रो मुलुक सित फोहोरी सौदाबाजी किन भयो भने शक्तिशाली राष्ट्र अर्थात् संयुक्त राष्ट्र संघको भिटो नामको ताकत समेत संचय गरेका देशले गरिब नागरिकलाई उनीहरुको घरमा नफर्काउनु भनेको एक बालकले रोटी मागि रहेको बेला रोटीको सट्टा हकुल्टाले मुखमा हान्नु भनेको जघन्य अपराध हो कि होइन ?
दार्जिलिङको बारेमा बाँकी केही गर्न सकिन्न । नेपाली भाषीहरुले बंगाली भाषामा बलजफ्ती पढ्नु पर्ने बाध्यता सिर्जना गर्नु भनेको मानव अधिकार मात्र नभई धर्म संस्कृति माथि आघात पु¥याई होच्याउनु सिवाय केही हुन सक्तैन । नेपालका नेताहरुलाई बोल्ने ठाउ“ नै नराखी अन्याय पूर्ण बलजफ्ती भाषा अपहरण गर्न खोजेकोमा विश्वभरीका नेपाली भाषीहरुको साथ अवश्य रहनै पर्छ ।
नेपाली मुलका भनेर त्यहा“का बालबालिका, महिलाहरुको बिचल्ली गराई रहेको र आज सम्म भुटानले आफ्ना नागरिकहरुलाई देश फर्काउन चाहेको छैन । यदि यस्तै अवस्था रहने हो भने दार्जिलिङका जनताहरुले ठूलो संघर्ष गर्नुपर्ने छ । त्यति मात्र होइन विश्व भरीका नेपाली सैनिकहरु जस्तै जि.आर जस्ता विश्व प्रख्यात योद्धाहरुले प्रत्यक्ष समाउने अवस्था नआउला भन्न सकिदैन । त्यसकारण विश्व जगतमा उचाल्ने र बसाल्ने, हतियारसप्लाई गर्ने, गोला बारुद निर्माण गर्ने र विध्वंसात्मक कार्य फैलाउनेहरु धेरै हुन सक्छन् । नेपालको आन्दोलनमा खास नेपालका मित्र राष्ट्रहरुले नै प्रत्यक्ष रुपमा हतियार तथा खरखजाना सप्लाई ग¥यो । त्यतिबेला नेपाली नेताहरु टुलुटुलु हेरी रहेका थिए ।
अन्तमा जे आन्दोलनकारीले भन्यो नेताहरुलाई अपहरणको शैलीमा दिल्ली लगेर १२ बुँदे नामको सम्झौता भारतको अभिभावकत्वमा गरियो । नेपाल सहनशील देश थियो । यहँ“का राजाले राजपाठ छोडेर जनचाहना अनुसार शासन गर भनेर नेताहरुको जिम्मा लगाइ दियो तर दार्जिलिङको स्थिति भयावह हुनेछ । त्यसले गर्दा पुरा भारतमा मात्र नभएर नेपाल, तिब्बत, पाकिस्तान, अफगानिस्तान समेतका देशहरुले पनि त्यसको सामना गर्नु नपर्ला भन्न सकिदैन । त्यसकारण सबैले सजक भएर बस्नु पर्ला नै ।







