नेपालको भुमि सहित राणा शासनलाई सति चलान








नेपाल माथि ठूलो षड्यन्त्र १९४३–१९५० सम्मको थियो । त्यसपछिका कयौं षड्यन्त्र मध्ये अन्तिम षड्यन्त्र सुरु भईरहेको एक दशक पुगेको
छ । यदि नेपाली नेताहरुलाई होस आउँछ भने कुटनीतिक तरिकाबाट नेपालले गुमाएको भु–भाग गुम्ने राज्यहरु कै संघर्षबाट फर्कन सक्थ्यो । अबको हकमा नेपालको सामाजिक परिवेश माथि पनि प्रमुख विदेशीहरुको प्रेम पूर्वक साझा आक्रमण भइरहेकोले नेपालले बाँच्न पाउने कुरा डमरुवाली बघेनीले बाख्राको बच्चालाई माफ दिए जस्तै हुनेछन् ।
२००७ साल सुख थिएन दुखद थियो भन्ने प्रमाण त्यसपछिका आन्दोलनहरुबाट पुस्ट्याई हुन्छ । १९५० अर्थात् २००७ सालको नेपाल भारतको मैत्री सन्धी देशको लागि मैत्री थियो वा थिएन नेताहरुले मनन गर्ने कुरा हो । २००७ सालको प्रजातन्त्रले नेपालले अनिवार्य प्राप्त भुमि गुमायो भने २०६२÷६३ ले बचेको धुकधुके राजसंस्थालाई गुमायो, अझै बाँकी छ र अन्तिम चरणमा पुगेको वैदेशिक षड्यन्त्रले के गुमाउने हो, पुरै देश गुमाउने षडयन्त्रको जालोमा परेको नेपालले के के गुमाउँछ हेर्न बाँकी छ । यदि प्रान्तहरु सजक भएन र आर्थिक प्रलोभनको जालोमा प्रान्त फस्यो भने निश्चय नै नेपाल फस्यो भनेर बुझ्नु ।
आज नेपालको धर्म संस्कृति, सामाजिक, रितिरिवाज नेपाली–नेपाली बीचको भाईचारा सामाजिक सद्भाव खल्बल्याउन विदेशीहरुको ठूलो लगानी
रहेको छ । हाम्रा नेताहरु देशलाई आत्मनिर्भर बनाउन नसकी रहेकाले उनकै हण्डी देशलाई खुवाई रहेका छन् । यो अर्काे दुखद र घृणित कार्य हो । नेपालको विकासमा नेपाली जनता सकि नसकि लाग्ने छन् । प्रदेश नं. ७ का जनताको मात्र कुरा गर्ने हो भने पनि प्रदेश नंं. ७ का नेताहरुबाट पूर्व पश्चिम रेलवे कै लाइनको कुरा आउँछ र ब्रह्मदेवबाट या दोधरा चाँदनीबाट सुरु गर्ने इच्छा प्रकट गरी योजना बन्छ भने यहाँका सम्पूर्ण कर्मचारी किस्ताबन्दी मै भएपनि एक महिनाको तलब पेन्सन दिन तथा कृषकहरु आफुले उब्जाएको अन्नको २० प्रतिशत दिन तयार छन् तर त्यस्तो उत्पादन मूलक काम नराखी महेन्द्रनगर नगरपालिकाको नाम बदलेर भीमदत्त राख्यो भने पाठकवृन्द भन्नुहोस् त्यसबाट यस क्षेत्रलाई के फाइदा भयो ? नयाँ कुरा केवल एक थोक भएको छ घरपालुवा गाईहरुलाई दोहन पछि घरबाट निकाली राजमार्ग र बजारमा छोडेका छन् । के यही हो यहाँको धर्म संस्कृति पशु प्रतिको न्याय ? सुदूरपश्चिम प्रदेश नं. ७ को प्रतिष्ठाको चिनारी यही हो ?
यहाँका सबै नगरपालिकालाई सुझाव
यसभन्दा पूर्व पनि यही पत्रिका मार्फत् हामीले नगरपालिकाहरुलाई सुझाव दिएका थियौ कि यहाँ पशु गणना अर्थात् खास गरी गाईगोरु गणना अनिवार्य हुनुपर्छ । खरीद विक्री, दाईजो, उपहार, दान दिए लिएको समेत लगत राखी गाई गोरु माथि भएको अन्याय हटाउन सकिन्छ । प्रत्येक गाई गोरु बाच्छा बाच्छीमा लगत नम्बर राखी सक्नुपर्ने
देखिन्छ ।







