संसदको म्याद थप्ने सपना नदेख्न ओलीको चेतावनी

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

विराटनगर, २४ असार

सत्य कुरा जनताका भावनाहरु जनता नेतालाई प्रष्ट थाहा भई हाल्छ । आज जे भएपनि अगाडी पछाडिको विर्सेर जनताका भावनाहरु हाम्रा नेताहरुले याद गरी रहेका छन् । आशा छ जनताका भावनाको कदर हुनेछ । जतिबेला जे मन लाग्यो त्यो गर्ने बानी बाध्यात्मक हिसाबले छोड्नै पर्ने हुन्छ । संसदको म्याद नथप्न भनेर विभिन्न नेताहरुले सरकारलाई धम्की र सुझाव दिइरहेका छन् । त्यसैगरी जनताले पनि म्याद थप्नु हुदैन तुरुन्त नयाँ सभासदहरु देउ भनी रहेका छन् । त्यसैले जनता र नेताका भावना मिल्न गएको देखिन्छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चालु व्यबस्थापिका संसदको आयु थप गर्ने
कुरा कल्पना समेत गर्न नसकिने स्पष्ट पारेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले यस्ता कुरामा नअल्झि आगामी माघ ७ गते भित्र वाँकी सवै निर्वाचन सम्पन्न गर्नेतर्फ दलहरु लाग्नुपर्ने बताएका हुन् ।

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले मुलुकको हित विपरित आएको संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा एमालेलाई मान्य नहुने बताए ।

प्रतिपक्षसँग कुनै सल्लाह समेत नगरी सत्तापक्षले जवरजस्ती ल्याएको संशोधन प्रस्ताव एमालेलाई स्वीकार्य नहुने बताए । उनले संविधान संशोधन प्रस्ताव फिर्ता लिएर दलहरु बीच छलफल गरेर मात्र सहमतिमा प्रस्ताव ल्याउनुपर्ने बताए भन्ने खबर विभिन्न मिडिया मार्फत जानकारीमा आएको छ । संसदको म्याद थप नगरी नयाँ जनादेशमा जानुपर्ने धारणा विभिन्न बुद्धिजीवि तथा राजनीतिज्ञहरुको समेत रहेको पाइन्छ र यो जायज पनि हो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *