धनगढी उपमहानगरमा कांग्रेस विजयी

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

धनगढी, २४ असार

कैलालीको धनगढी उपमहानगर पालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका नृपबहादुर वड १४ हजार ३२४ मतसहित मेयरमा विजयी हुनुभएको हो ।

स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई २ हजार ७ सय ९७ मतले पछि पार्दै वड मेयरमा विजयी हुनु भएको हो । हमालले ११ हजार ५ सय २७ मत ल्याउनुभएको हो ।

यस्तै उपमेयरमा पनि कांग्रेसकी सुशीला मिश्र भट्ट १७ हजार ४०८ मत सहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेकी रुकमणी देवकोटाले १२ हजार ७ सय ७३ मत ल्याउनु भएको छ ।

धनगढी उपमहानगरमा कांग्रेसले जित हासिल गरेपनि कांग्रेस नेता रमेश लेखकको गढ मानिने भीमदत्त नगरमा भने कांग्रेस पराजित भएको छ । भीमदत्त नगरमा एमाले नेता सुरेन्द्र विष्ट मेयरमा निर्वाचित भएका हुन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *