नेपाली सेना द्वारा विद्यार्थीलाई तालीम

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बाजुरा, २३ असार

बाजुरामा नेपाली सेनाले जिल्लाका ७२ जना विद्यार्थीलाई एक सय दिनको स्वयम्सेवक तालीम बुधबार देखि सुरु भएको छ ।

समरजित गुल्मले जिल्ला का मालिका उच्च मावि, कन्भर्स एकेडमी र बडिमालिका बोडिङ स्कुलका गरी ७२ जना छात्र छात्रालाई स्वयम्सेवक तालीम शुरु गरेको समरजित गुल्मका सेनानी दिवाकर रायमाझीले बताउनुभयो ।

नेतृत्व विकास, राष्ट्रियता, ट्राफिक सचेतना, चेलिबेटी बेचबिखन नियन्त्रण, महिला ताथ बालअधिकार र संरक्षणका बारेमा तालीम दिने सेनाले जनाएको छ ।

विद्यालयमा अध्ययनरत कक्षा ८, ९ र १० कक्षाका विद्यार्थी लाई ७९ दिन संस्थागत तालीम र २१ वार्षिक सामूहिक क्याम्प गरी एक सय दिन तालीम दिने बताइएको छ ।

शारीरिक तालीम, ड्रिल, सैनिक कला, हाइकिङ, एरोविक्स, हतियार तालीम तथा फायरिङ साहसिक तालीम दिइने भएको छ । त्यस्तै व्यक्तित्व विकास र सांस्कृतिक आदान प्रदान समेत ७९ दिन सम्म दिने भएको छ ।

राष्ट्रिय सेवा दलले युवा जनशक्तिको महत्व र आवश्यकता लाई मनन गर्न र युवा वर्गलाई सङ्गठित गर्न साथै राष्ट्र विकासको अभियानमा युवा वर्गको सहभागिता गराउने उद्देश्यले तालीम सञ्चालन गरिएको सेनानी रायमाझीले जानकारी दिएको खबर विभिन्न सञ्चार माध्यमहरुबाट प्रकाशमा आएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *