‘पद र प्रतिष्ठा होइन मेरो चाहना देशभक्ति’ ः राजा ज्ञानेन्द्र

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

काठमाण्डौं, २४ असार

जब नेपाल मा निर्दलिय व्यवस्था थियो त्यति बेलाका पंचहरुको आहवानमा राजाको जन्मोत्सव, प्रजातन्त्र दिवस, संविधान दिवस जस्ता विभिन्न राष्ट्रिय पर्वहरु मनाउन विभिन्न गाउँ गाउँ बाट जन सहभागिता, विद्यालय बाट विद्यार्थीहरुको खुब ठूलो भिड हुन्थ्यो । त्यो भिड श्रद्धापूर्वक नै थियो भन्न कसरी सकिन्छ भने हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्ने जस्ता नाराहरु घन्की रहेको बेला छिमेकी मित्र राष्ट्र भारतका नेताहरुलाई समेत झस्काइरहेको महसुस गरिन्थ्यो र जति सम्मान नेपालीहरुले राजालाई दिएका थिए भारतले त्यो भन्दा बढी सम्मान दिएको पाइने गथ्र्याे ।

पूर्वराजा ज्ञानेन्द्र शाहले शुक्रबार ७१ औँ जन्मदिन मनाउनु भएको छ । निर्मल निवासमा विशेष कार्यक्रम गरेर ज्ञानेन्द्रले जन्मदिन मनाउनु भएको हो । उहाँको जन्मदिनको अवसरमा राजावादी संघसंस्था र सर्वसाधारणले निर्मल निवासमा पुगेर शुभकामना दिएका हुन् ।

जन्मदिनको अवसरमा शुभकामना मन्तव्य सार्वजनिक गर्दै पूर्वराजाले आफ्नो चाहना देशभक्ति मात्र भएको उल्लेख गर्नुभएको छ । ‘पद, प्रतिष्ठा र प्रशंसा भन्दा पनि मैले राख्ने निरन्तरतको चाहना देशभक्ति नै हो’, शुभकामना विज्ञप्तिमा भनिएको छ ।

‘आरोह, अवरोहको जीवनक्रममा मैले सात दशक पार गरेको छु, यो असारको २३ औँ दिनदेखि म ७१ वर्षको उमेरमा टेकेको छु, यो जन्मदिनको उपलक्ष्यमा मलाई शुभेच्छा प्रकट गर्ने, शुभकामना दिने र मप्रति आस्था, भरोसा भाव राख्ने नेपाली दिदी बहिनी तथा दाजुभाइ सबैलाई म हार्दिक आभार व्यक्त गर्दछु,’ ज्ञानेन्द्रले शुभकामना मन्तव्यमा भन्नुभएको छ, ‘हाम्रा पूर्खाले जोडेको र जोगाएको यो देश सदा संरक्षित होस, सदा समृद्धिको बाटोमा अघि बढोस् मेरो मूल चाहना र कामना यही नै हो ।’

शुभकामना देश जोगाउने भावना राष्ट्रका जिम्मेवार जनप्रतिनिधिमा हुनुपर्नेमा जोड दिनुभएको छ । सँगै उहाँले राष्ट्रिय एकता कायम गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिँदै देश संकटमा पर्दा सबैले एकता प्रदर्शन गर्नुपर्ने उल्लेख गर्नु भएको छ ।

‘देश जोगियोस्, जोडियोस् र विग्रह विखण्डनतर्फ नलागी सुदृढ राष्ट्रिय एकतातर्फ अग्रसर रहोस् यही नै मेरो मनोकांक्षा हो, यस्तो भावना आम नेपालीमा र खास गरी राष्ट्रका जिम्मेवार जन प्रतिनिधिमा रहोस् यही नै मेरो आग्रह हो’, ज्ञानेन्द्रको मन्तव्यमा भनिएको छ, ‘राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय एकता कायम गर्न हामी सबै एक जुट हुनु परेको छ, हरेक पल्ट देश संकटमा पर्दा देशवासीले देखाउने गरेको अभूतपूर्व एकताका लागि हामी सबै सधैँ नै तयार रहनु पर्दछ ।’

पूर्वराजा ज्ञानेन्द्रले पूर्वीय दर्शनले विश्वलाई आकर्षित गरिरहेको समयमा नेपालको विकास हुन नसक्दा कस्तुरी
हराएको मृग झै देश शून्यतामा हराएको टिप्पणी समेत गर्नु भएको छ । उहाँले देशमा अवसरहरु सिर्जना हुन नसक्दा निराशा बोकेर युवा शक्ति विदेशिनु परेको भन्दै यो समस्या समाधानको उपाय खोज्नुपर्ने उल्लेख गर्नु भएको छ ।

‘पूर्वीय दर्शनले विश्वलाई आकर्षित गरिरहेकै बेलामा हामी भने कस्तुरी हराएको मृग झै शून्यतामा हराई रहेका छौँ, हामी क्रियाशिल ऊर्जा बोकेर बिउँतन अब ढिला गर्नु हुँदैन’, उहाँको शुभकामना मन्तव्यमा थप भनिएको छ, ‘निराशा बोकेर विदेशिएको ऊर्जाशील युवा शक्तिलाई स्वदेशमै गरी खाने बाटो बनाइदिन उपाय खोज्न पनि हामी नै जागरुक हुनु पर्दछ ।’

उहाँले शुभकामनाको अन्तिममा नेपालीको हितमा काम नगरे नेपाल नै नरहने उल्लेख गर्नु भएको छ । ‘नेपाली हमी रहौँला कहाँ नेपालै नरहे’, भन्ने सारभूत शूत्रको स्मरण गर्न पनि सबै नेपालीलाई हार्दिक आग्रह गर्दछु’, पूर्वराजाले शुभकामना सन्देशको अन्तिममा भन्नु भएको छ ।

पूर्वराजा शाहले निर्मल निवासमा पत्रकारसँग कुरा गर्दै देशमा विखण्डन नहोस् भनी चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले राष्ट्रिय एकताको खाँचो औल्याउँदै सबै नागरिकलाई एकतावद्ध हुन अपील समेत गर्नु भएको छ ।

निर्मल निवासमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वराजा शाहले राष्ट्रिय एकतामा जोड दिदै भन्नुभयो, ‘यति बेला देश जटिल अवस्थाबाट गुज्रिरहेको छ । म सबै नागरिकहरुलाई एक भएर राष्ट्रिय एकताका पक्षमा उभिन आग्रह गर्दछु ।’ उहाँले राजनीतिक दलहरुलाई समेत जिम्मेवार भएर राष्ट्रिय एकतालाई केन्द्रमा राख्न आग्रह गर्नु भएको छ ।

यदि हामीले आफ्ना घरको कसैलाई सम्मान गर्छाै भने बाहिरबाट पनि त्यो व्यक्ति सम्मानित हुन्छ र घर बलियो हुन्छ । यदि आफै नकारात्मक सोच राख्छौं भने बाह्य शक्तिले झन् बल प्रदान गरी हौसला बढाउँदै आफुले कमजोर तुल्याउन खोज्छ र घरले विनासको बाटो समात्न खोज्छ । त्यस्तै हो राष्ट्रको हकमा पनि । राष्ट्रमा जो कोही भएपनि जसले देशको लागि चौकीदारी गर्न खोजछ उसलाई नेपालीहरुले सम्मान दिनु देशको संरक्षण गर्नु नै हो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *