राजतन्त्र बारे जनमत संग्रह गर्न चुनौती

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
काठमाण्डौं, २३ असार

कुल मिलाएर हेर्दा वर्तमान वैज्ञानिक युगका नेपाली नेताहरु जंगबहादुर राणाको भन्दा हजारौं गुणा दिमाग नभएका लाग्छन् किनभने जंगबहादुरले आफु शासन गर्नको लागि जनताको हत्या र राजाको नगरी स्वयं आफ्नै बुद्धि विवेकबाट राजसंस्थालाई कब्जा ग¥यो तर वर्तमानका नेताहरुले जनताको भावना विपरित हत्या हिंसाबाट राजसंस्थालाई कब्जा गर्न खोजेको छ जो गर्नु उचित छैन । यति छोटो अवधिमा नेताहरुलाई दरबारको श्राप लागे जस्तो देखिन्छ । जे भएपनि सकारात्मक हिसाबले सबै जनता तथा राजालाई समेत मिलाएर लैजानु यस देशको हितमा हुनेछ । यदि राजाको आवश्यकता छैन भने त्यस बारेमा हिम्मत गरेर जनमत संग्रह गर्नु जनताको माग रहेको छ ।

नेपाल ल क्यापसमा एलएलबीमा अध्यनरत कीर्तिपुरकी संविधा वाग्लेले संविधान कार्यान्वयनका लागि स्थानीय, प्रान्तीय र केन्द्रीय संसद्को निर्वाचन नभई नेपालमा राजतन्त्र चाहिने वा नचाहिने बारे जनमत संग्रह गर्न चुनौती दिनुभएको छ । ‘राजतन्त्र बारे जनमत संग्रह भए कुल मतदाताको दुई तिहाइ मत राजाको पक्षमा जान्छ । यस्तो जनमत सिर्जना हुनुका पछाडि मुलुकको आर्थिक, प्राकृतिक स्रोत–साधनमा राजनीतिक दलका अनगिन्ती राजा र उनका भाइभारदारका रूपमा देखिएका कार्यकर्ताबीच भागबन्डा हुनु नै हो ।’

महान् राजनीतिक दार्श्निक रुसोको डेमोक्रेसीको सिद्धान्त ‘फर दि पिपुल, बाई दि पिपुल र टु दि पिपुल’ को सट्टा नेपालका प्रमुख दलले ‘फर दि नेता, टु दि कार्यकर्ता र टु दि पार्टी’ गरेकै कारण आज गणतन्त्र प्रति आमजनतामा वितृष्णा फैलिएको उदाहरण उहाँले दिनुभयो । रत्नराज्य लक्ष्मी क्याम्पसमा अंग्रेजी विषयमा स्नातकोत्तरमा अध्यनरत कीर्तिपुरकै सुमन आचार्यले पनि राजतन्त्र चाहिन्छ कि चाहिँदैन भन्दै जनमत संग्रह गर्न दललाई चुनौती दिनुभयो ।

उहाँले भन्नुभयो, ‘मुलुकको आर्थिक, सामाजिक, शैक्षिक, रोजगारी, सर्व साधारणको दैनिकी लगायत क्षेत्रमा गणतन्त्रका ठेकेदारहरूले गरेको लुट नै आजको असन्तुष्टि हो । महेन्द्रले जग बसालेको आर्थिक पूर्वाधार समेत प्रजातन्त्र र गणतन्त्रका नाममा सिध्याउने कार्य प्रमुख दलबाटै भएको छ । त्यसैले मुलुकको इतिहास र भूगोल बचाउन पनि राजतन्त्र अपरिहार्य छ ।’

गोरखनाथ मृगस्थली पुस्तकालय मा कार्यरत बालानाथले मुलुक अत्यन्त जटिल र गम्भीर अवस्थाबाट गुज्रिरहेकाले यो देशको संस्कार, संस्कृति र सभ्यता जोगाउन पनि राजतन्त्र आपरिहार्य रहेकोमा जोड दिनुभयो ।

देवता विनाको मन्दिर जस्तै राजा विनाको देशको अस्तित्व नरहने जिकिर गर्दै उहाँले भन्नुभयो, ‘राष्ट्र अस्थिरता र अशान्तबाट गुज्रँदै गएको तर्फ आम नागरिक सचेत र सजग हुनु जरुरी छ ।’ हिन्दु र हिन्दुत्व नेपालको पहिचान रहेकोमा उहाँले जोड दिनुभयो । सिन्धुपाल्चोकका ६३ वर्षीय केशर खड्काले महाभूकम्पबाट पिल्सिएका सिन्धुपाल्चोक लगायत जिल्लाका पीडितको जप ‘राजा आऊ छाना देऊ’ भन्ने रहेको बताउनुभयो । तत्कालीन राजसभाका सदस्य गुल्मीका ८४ वर्षीय वैकुण्ठ बहादुर चन्दले गणतन्त्र नचल्ने भन्दै राजा चाहिनेमा जोड दिनुभयो । स्थानीय चुनाव भए पनि मुलुकमा शान्ति र स्थायित्व हुन नसक्ने दाबी गर्दै उहाँले भन्नुभयो, ‘जनताको कर लुट्दै चुनावमा जाने सत्ता र प्रतिपक्षी दलले २१ औं शताब्दीका युवाको मागलाई सम्बोधन गर्न सक्दैनन् ।’

यदि नेताहरु जनतालाई भगवान नै ठान्छन् भने जनताको आर्शिवाद लिनुप¥यो जनताका मत संकलन गर्नुप¥यो यदि शुद्ध आतमा छ भने किन डराउने ? गोलाबारुदबाट जनतालाई कब्जा गर्नु दीर्घकालिन हुदैन अल्पकालिन मात्र हो दीर्घजीवि बन्ने भए जनताको मत लिनु जरुरी देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *