संविधान संशोधनमा राप्रपा सकारात्मक

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
काठमाण्डौं, २४ असार

?????????????????????????????????????????????????????????

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान सम्पन्न तीन दलीय बैठकमा मधेशवादी दल राजपाको माग सम्बोधन गर्ने विषयमा सकारात्मक छलफल भएको छ ।
संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव माथि सहमति जुटाउने प्रयास स्वरुप प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा डाक्नुभएको नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरुको बैठकमा राप्रपा संशोधनमा सकारामत्क भएको बताइएको छ ।बैठकमा संविधान संशोधन प्रस्तावलाई अघि बढाएर तेस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न गर्ने बारे नेताहरुबीच छलफल भएको थियो ।

छलफलमा कांग्रेस र माओवादीले संविधान संशोधनमा राप्रपाको धारणाबारे चासो राखेका थिए भने राप्रपाका नेताहरुले संविधान संशोधन प्रस्तावमा आफूहरु सकारात्मक रहेको जानकारी दिएका थिए ।

शुक्रबार बसेको कांग्रेस, माओवादी केन्द्र र राजपाका नेताहरुको बैठकमा संविधान संशोधन प्रस्तावलाई निर्णयार्थ पेश गर्ने समझदारी भएपछि सो बैठक आब्हान गरिएको हो ।

बैठकमा प्रधानमन्त्री देउवा, पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राप्रपा अध्यक्ष कमल थापा र राप्रपा नेता पशुपति शमसेर राणा सहभागी हुनुहुन्थ्यो भनी विभिन्न मिडिया मार्फत् प्रकाशमा आएपनि सर्वप्रथम संशोधन गर्नुपर्ने दफाहरुको प्रस्तावित संशोधन जनता सामु प्रत्यक्ष आउनु प¥यो र नेपाल अधिराज्यभरीका जनतालाई जानकारी हुनुप¥यो । अब सभासदले मात्र आफु खुसी जे मन लाग्यो त्यो गर्न मिल्दैन । त्यसकारण संशोधनमा राखेका दफाहरु हामी निमुखा नेपालीहरुको इच्छा विपरित पनि हुन सक्छ ।

जनताले हात काटेर दियो भन्दैमा जे मन लाग्यो त्यो गर्न मिल्दैन । संशोधन गर्ने भए राजसंस्था राख्ने बारेमा पनि गर्नुप¥यो र पहाडका जनताका लागि जनसंख्याको आधारमा होइन कि क्षेत्रको आधारमा त्यहाँको विकासको लागि जनप्रतिनिधिको संख्यामा बृद्धि गर्नुप¥यो । साधन सम्पन्न बनाई तराई क्षेत्रबाट पहाडी इलाकामा बसाई सराई गर्न लालायित हुने स्थितिको सिर्जना गर्नु सरकारको कर्तव्य हुन आउँछ । पहाड तर्फ तराईमा किन बसाई सर्छन भन्ने कुरा विशेष ध्यान दिनु प¥यो । पहाडलाई हेला गर्नु भएन जहाँ अतुलनिय सम्पत्ति लुकेको छ । मधेशलाई मात्र आफ्नो ठान्ने, पहाडलाई विरानो ठान्ने प्रवृत्ति र पक्षपात तुरुन्त तोड्नुप¥यो । जुन जिल्लाका जनताको घरमा पुग्न एक दिन समेत लाग्दैन त्यहाँ जनप्रतिनिधि बढाउनु उपयुक्त हुदैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *