सम्प्रदायीको राजनीति

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

जनताको चित्त बुझाउन अनेक कुरा आउन सक्छन् तर सम्प्रदायको राजनीतिले अवश्य देश डुब्छ शंका छैन विश्व इतिहासमा देखिएका कुरा हुन् । नेपालमा मृत्युतुल्य शान्ति नभएर यहाँ यथार्थ शान्ति थियो नेपाल शान्त थियो । बाह्य हस्तक्षेप समेत निम्त्याएर नेपाललाई अवश्य अशान्त, एकतामा अनेकतामा रुपान्तरण गरेको छ ।

देशको धर्म, संस्कृति मौलिकता बेचेर आएको पैसाले देशको विकास गर्नु भन्दा आफ्नै हात पाखुरी स्वदेशमा बजाई खान बस्न पाउनु पर्छ । सम्प्रदायको राजनीतिले नै भुटानमा रहेको एक समुदायलाई भारतको मद्दतले शरणार्थी बनाई नेपाल पठायो । १ लाख २० हजार भुटानी शरणार्थीले भुटानलाई अप्ठ्यारो नगरी भारतलाई गरेको होला, बरु त्यस्तै हस्तक्षेप र कुनै सम्प्रदायलाई शरणार्थी बन्न नपर्ला भन्न सकिने आधार केही छैन ।

आज सिक्किमको अवस्था हेर्दै जाउ त्यहा के भई रहेको छ त्यस देशको सानो भएपनि राजालाई हटाउन झिनो आन्दोलन पछि भारतले आफ्नो बाहुल्यता कायम गरी आफैमा मिलाएको भएपनि अचेल त्यहाँका जनता सित गएर बुझौं के भन्छन् ? नेपालको अधिकार पुग्ने क्षेत्र भारतमा कसरी विलय भयो भन्ने गरेका छन् । तपाई गएर सोध्नुहोस् आज नेपालमा नाकाबन्दी लगाएझै आफ्नै सिक्किम प्रान्तमा भारतले नाकाबन्दीको अभ्यास किन गरिरहेको छ ? त्यस्तै नेपालमा पुराना ऐतिहासिक दस्ताबेज मेटाउने काम आफुखसी भई रहेका होइनन् ।

राष्ट्र निर्माताका साथै उनका सन्तानको इतिहास मेटाउने काम उनकै निर्देशनमा भईरहेको छ । प्रमाणको लागि भन्दा भारतको सामु समकक्षीमा बाँच्न खोज्ने स्वाभिमानी राजा महेन्द्रको शालिक नामबाट नामाकरण गरिएको महेन्द्रनगरबाट उनको निशान हटाई अन्त्त गर्ने उद्देश्य बोकी राजा महेन्द्रको शालिक तोड्न लगाएको होइन र यहाँका शालिक तोड्ने इतिहास मेटाउनेहरु खेताला होइनन् भन्ने आधार को संग के छ ? घर–घर, गाउँ–गाउँ फुटाई राज गराउन खोज्ने अदृश्य शक्तिका हलियाहरु कहिले सम्म यो देशमा जीवित रहने हुन् भन्न सकिन्न ।

देशका होनहार युवालाई कमिसन खाएर विदेशीका नोकर बनाउन सरकार स्वयंले विभिन्न देशका एजेन्टको रुपमा विभागहरु खोली जनता माथि विश्वासघात गरी रहेको यथार्थ घेरै दिन सम्म लुक्दैन । यस देशका बुद्धिजीवि, वकिल, प्रध्यानाध्यापक, शिक्षक, डाक्टर तथा उच्च पदस्त कर्मचारीहरुलाई अवश्य पाप लाग्नेछ तर धिक्कार छ नेपालको योजनाकार तथा योजना आयोग र त्यसका प्रमुखलाई जुन योजना बनाई रहेका छन् ती राष्ट्रघाती हुन् ।

देशमा सम्प्रदायको आगो सल्काई जनताका शासक होइन कि शोषक बनिरहेका छन् । देशलाई प्रजातन्त्र, जनतन्त्र, शहीद र महान शहीदको नाममा शोषण गरी रहेका छन् दोहन गरी रहेका छन् । यस्ता कार्यहरुले पनि सम्प्रदायिक दंगाको विउ रोपिन
सक्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *