जनयुद्धका नकारात्मक र सकारात्मक पक्ष

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

–पृत बहादुर विष्ट

लेखक अधिवक्ता तथा पाटन बैतडीमा पूर्व क्याम्पस प्रमुख समेत हुन् ।

माओवादी युद्धका समयमा सर्वसाधारण जनता विरुद्ध भएका काम कारवाहीमा गास, बासका लागि विदेशिनु परेको, असुरक्षा, शिक्षामा नकारात्मक सोचाई, युवा वर्गलाई जबरजस्ती आफ्नो सेनामा भर्ना गर्नु, धार्मिक सद्भाव खलबलिने किसिमका कार्य र परन्त सम्म नमेटिने किसिमका कामकारवाहीबाट जनयुद्ध प्रति नकारात्मक सोचाई भइ समाजमा विचलन आएको भन्ने एकथरी विश्लेषण भएपनि नेपाली समाजमा परिवर्तन गर्ने खालका केही महत्वपूर्ण सकारात्मक विषयहरु छन् । जस्तै दलित थिचो मिचोमा परेका वर्ग, महिला, जनजाति, सिमान्त वर्गहरुका लागि भने केहि नभएको नगरेको भन्न चाहि मिल्दैन ।

तत्काल आर्थिक अवस्थाको मुल्याङ्कन गर्दा दस वर्ष जनयुद्धमा भएका काम कारवाहीबाट विकासका पूर्वाधारहरु भताभुङ्ग भएका, सार्वजनिक भौतिक विषयवस्तु, स्कुल, पुल, बंैक, सेना, व्यारेक, प्रहरी पोष्ट लगायत अन्य विकास मुलक परियोजनाहरु माओवादी हमलाले क्षम विक्षत गरेका,े आर्थिक अवस्था उकास्नमा बाधा व्यवधान खडा भएको भन्ने विश्लेषण भएको र जसले गर्दा विदेशी पूँजी भित्रिन नसकेको, राज्यको ढुकुटी सुरक्षा सैन्य बलमा खर्च भएका कारण आर्थिक गति शुन्य रहेको भन्ने जनयुद्धका नकारात्मक पक्ष भएपनि यसको दोष राजाको एकलौटी शासन, संस्थागत भ्रष्टाचार, सिमान्त वर्गको राजनीतिमा उदयको कारण पनि हो । यसका साथै बहुदलिय शासन प्रणाली अन्र्तगत अस्थिर राजनीतिले पनि नेपाली जनताको आयश्रोतमा धक्का लागेको कुरा नकार्न सकिन्न ।

माओवादी युद्धले सर्वसाधारणको चेतना बृद्धि गरेको मनोवैज्ञानिक पक्ष पनि छ । छिमेकी भारत संगको १२ बुँदे समझदारीलाई विदेशी राष्ट्रको हस्तक्षेपको दृष्टिकोणबाट मात्रै हेर्नुहुदैन । यसले हिंसात्मक अभियानको समापनमा खेलेको भुमिका सकारात्मक पक्ष हो । इतिहासलाई पल्टाउने हो भने नेपालमा आएका गत विगत र वर्तमान परिवर्तनहरुमा भारतको भुमिका देखिन्छ जसमा नेपालको मात्रै एकलौटी अहित भएको भन्न मिल्दैन । २००७ को परिवर्तनमा संविधानसभाको चुनाव दलिय व्यवस्था वर्तमान लोकतन्त्रको आधारशिला हो । कार्यान्वयन पक्ष असफल रहेको विषय भित्री बाहिरी दुबै पक्षको जिम्मेवारी भित्र पर्दछ । माओवादी युद्धले राजनीतिमा महिला, दलित, मदेसी, जनजाति, थारुलाई सघाउ नपु¥याएको भए हालको परिवर्तनले उनीहरुलाई छुने थिएन । हुनत माओवादीले तत्काल उठाएका कतिपय मुद्दाहरु सिथिल भएका र कार्यान्वयन बाकी रहेको देखिन्छ तर बेला मौकामा नउठ्लान भन्न मिल्दैन किनकि यी मुद्दाहरु राजनीतिमा र चुनाव सित मात्र सम्बन्धित छैनन् भावना सित जोडिएका छन् ।

राजनीतिमा भाषा, संस्कृति, क्षेत्र, धर्म र जातजातिको ठूलो भुमिका रहन्छ र यो समयानुसार आइरहन्छ । जस्तै वर्तमान समयमा संचालित गोर्खाल्याण्डको संघर्षले पहिचान संग सम्बन्ध राख्दछ । यो संघर्ष कहिले बलियो कहिले कमजोर तल माथि परि रहन्छ । पश्चिम बंगालको मुख्य मन्त्रीको निर्णयले यो समस्या विउँझाएको छ जसमा बंगाली भाषालाई मात्र राज्यको पठनपाठनको एक मात्र भाषा बनाइनु नेपाली भाषावादीको भावनामा चोट पु¥याउनु हो । तेलंगाना राज्यले राज्य प्रातिका लागि ६० वर्ष लगाई नयाँ राज्य प्राप्ति गरेको ताजा उदाहरण छ । भारतीय जनता दलले पनि गोर्खाल्याण्डको प्रतिबद्धता जनाएको छ ।

निष्कर्षमा भन्नुपर्दा राष्ट्र निर्माण भन्नु जनताको भावनात्मक एकता हो । अतः आजको आवश्यकता भनेको समावेशी लोकतन्त्र, गणतन्त्र विकास गर्नु र आर्थिक सामाजिक विषमताको अन्त्य गरी सबै नेपालीलाई सुत्रबद्ध गर्नु नै हो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *