भेटवार्ता

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

एउटा व्यक्ति २०२८ साल देखि महेन्द्रनगरमा अखबार हातमा लिदै प्रत्येक कार्यालय पसलमा पु¥याउथे र आज पनि कहिलेकाही बजारमा देखा पर्छन् । उनी हुन् बैतडीको कटौजपानी कालागाउँ बस्ने पदमसिंह विष्टका छोरा रामबहादुर विष्ट । खानीमा काम गर्न म्यानमार बर्मा गई त्यहाँको सरकारले विस्तापित गरेकोले राजा महेन्द्रको ऐलानमा नेपाल आई महेन्द्रनगर पंचायतको गोबरियामा आई बसिरहेका रामबहादुर विष्ट सित दिशानिर्देश कञ्चन साप्ताहिकका प्रेस प्रतिनिधि बलदेव अवस्थीको भेटवार्ताका केही अंशहरु ।

भेटवार्ता

महेन्द्रनगर गाेबरिया बस्ने राम बहादुर विष्ट

तपाई बर्माबाट आउँदाको महेन्द्रनगर सम्झन सक्नु हुन्छ ?
किन नसम्झनु, नेपालीहरुलाई के कस्तो असजिलो परेको छ भनी राजा स्वयं बर्मा गएका थिए । आफ्नो देश फर्कनेको लागि म व्यवस्था गर्नेछु भनी नेपालीहरु माझ भनेका एक÷दुई शब्द याद छ । महेन्द्रनगर आउँदा दोधरा चाँदनी र पुनर्वासबाट मानिस बस्दै आएका छन् तर तपाईहरु जहाँ बस्ने मन लाग्छ त्यहाँ बस भनेर हामीलाई भनेका थिए । हामी कोही गोवरियामा बस्यौं, ऐठपुर उल्टाखाम तर्फ जहाँ बसेपनि घडेरी बजारमा जसलाई फ्रिलाईन भन्छन् त्यहाँ दिएको थियो हामीलाई पनि दिएको थियो । हामी तीन दाजुभाईले घडेरी बेची सक्यौ जग्गा भने ४ विगाहामा अझै डेढ विगाहा बाँकी रहेकै छ ।

बर्माबाट आउँदा तपाईले के कति सम्पत्ति लिएर आउनु भएको थियो ?
हामी सित भएको सम्पत्ति केही पनि ल्याउन दिएन । खाने पकाउने भाडा वर्तन, रासन बाटो खर्च बाहेक केही ल्याउन दिएन र आफ्नो श्रीसम्पत्ति त्यहाँका आफन्त मित्र साथीलाई दिएर यहा नाङ्गै हात आएका हौं ।

तपाईहरुलाई बर्मा राम्रो लाग्छ कि नेपाल ?
नेपाल मेरा इजा बुबाकी जननी हो मेरी आमा हो । बर्मा (म्यानमार) मा बहुराष्ट्रिय कम्पनी हुदा उनीहरुले रोजगारी दिएको हो । बर्मामा हामी हेपिएका थियौं त्यहाँ उनी मालिक थिए यहाँ हामी आफै मालिक बनेका छौं ।

तपाई मिडिया लाईनमा किन लाग्नु भयो र यसबाट के कमाउनु भयो ?
मिडियाको साथमा रही सेवा गर्ने मौका पाए । मैले सबै मित्र कमाए । राजा महेन्द्रले जग्गा दिएको थियो त्यही जग्गा कमाउँदै बेच्दै जीवन चलिरहेको छ । त्यसपछि हामी लाई रोजगारी कसैले पनि दिएन ।

महाकाली अञ्चल कै जेष्ठ सम्पादक रामबहादुर चन्द सित कसरी चिनजान र विश्वास भयो ?
२०२९ सालमा महेन्द्रनगरमा छापाखाना थिएन । महाकाली सन्देश पाक्षिक पत्रिका भारतको पिलिभितबाट छपाई गरी ल्याउनु पथ्र्याे । संयोगबस म संग चिनजान भई पत्रिका वितरण गरी दिने कार्यमा म रहे । सबै सरकारी कार्यालय, बजारमा अखबार पु¥याई दिन्थे र दिएको पैसा उठाई ल्याउथे । २०२९ सालको अन्त्य वा २०३० सालको सुरुमा खुट्टाले चलाउने सानो प्रेस ल्याए, म चलाउथे । २०३१÷३२ मा त्यो प्रेस विक्री गरी पछि ठूलो प्रेस ल्याए । अखबार छाप्ने देखि विक्री वितरण सम्मका सबै काम गर्ने ।

कागज कहाँबाट आउथ्यो ?
प्रेसलाई सुविधाको कागज नेपाल ट्रेडिङ्ग लिमिटेडबाट उपलब्ध हुन्थ्यो ।

खासगरी प्रवासी नेपाली (बर्माबाट आएका) को लागि महेन्द्रनगरमा बसोबास गर्न राजा महेन्द्रले ऐलान गरेको भन्छन्, हो ?
मैले पनि सुनेको छु तर त्यस्तो होइन । भोकमरी हुने सबै पहाडी ईलाका, भारतमा कुल्ली काम गर्ने हल्द्वानीका गोठहरुमा काम गर्ने समेत सबै नेपालीले बस्न पाएका छन् । त्यो उनकै देन हो ।

त्यसैले हो त महेन्द्रनगरमा रहेका राजा महेन्द्रको शालिक तोेडेको ?
उदण्डबादी प्रवासी नेपालीहरुले तोडेको मलाई पनि थाहा छैन तोडेको थाहा पाएको हु । केही वर्ष पूर्व एउटा चस्मा तोडेको थियो । २०६२÷६३ को आन्दोलनको बहनामा चोरेर राती शािलक तोडेका हुन् । दिउँसो तोड्ने हिम्मत कसैको थिएन । देशको इतिहास मेटाउने काम मुर्खले गर्छ, राम्रो मानिसले गर्दैन ।

महेन्द्रनगरको नाम मेटाई भिमदत्त राख्नु के राम्रो हो ?
कुनै हालमा पनि राम्रो होइन यो काम त केवल राष्ट्रको शत्रुले गर्छ ।

तपाई आफ्नो घरपरिवार तथा महेन्द्रनगरबासीलाई के भन्न चाहनुहुन्छ ?
आफ्ना पूर्खाहरुको इज्जत शान सौकत जोगाई अगाडी बढ्नु पूर्खाको घृणा गरे आफ्नो घृणा हुन्छ । जे हिजो थियो त्यो आज छैन जे आज छ त्यो भोली रहदैन तर हाम्रो वंशज रही रहन्छ । विश्वभरी बेलायतले विजय ग¥यो तर हाम्रा पूर्खाहरुले अंग्रेजहरुको हातमा नेपालको चाबी दिएन । जो आज दिने प्रयास भई रहेको छ त्यो फिर्ता लिनुपर्छ । टनकपुर सन्धीले जुन सुगौली सन्धी जीवित राख्ने काम ग¥यो त्यसको पनि वीर नेपालीले सामना गर्नुपर्छ । देशका गोप्य कुराहरु विदेशी दुतावासहरु सित पु¥याउनु हुदैन । नेपाललाई सिक्किमिकरण हुन दिनुहुन्न । राजालाई नराम्रा भनेर नेपालीको उद्धार हुदैन । मेरा बुबा चोर चन्डाल जारपुत्र हुन भनी ढोल पिटाउदै गएजस्तो नगर्नुस् । नेपालका राजा महेन्द्रले हाम्रो स्वाभिमान बढाएको भन्दथे । मेरा बुबाले पनि २०२२ सालमा म यहाँ आए कलिलै थिए । २०२८ मा राजा विति हाले । सबैले उनका कुरा राम्रै गर्दथे । नेपाल सानो भएपनि स्वर्ग बराबर विशाल छ भने तपाई कल्पना गर्नुस् राजा कस्ता थिए होलान् । जनताले यो भुल्नु हुदैन भन्छु म ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *