प्रदेश नं. ७ को चुनाबी परिणाम

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

महेन्द्रनगर, १७ असार

प्रदेश नं. १, ५ र ७ मा सरकारले यही असार १४ गते दोश्रो चरणमा स्थानिय निकायको निर्वाचन सम्पन्न गरेको छ । पहिलो चरणको निर्वाचन जस्तै दोश्रो चरणमा पनि पनि एमाले अगाडी नै रहेको छ भने उसलाई कांग्रेसले पछ्याइ रहेको छ । प्रदेश नं. ७ का अधिकांश स्थानहरुमा एमाले अगाडी छ भने कांग्रेस समेत विजयी भइरहेको छ । त्यस्तै माओवादी केन्द्र पनि आफ्नो पकड जमाइ नै रहेको छ ।

कञ्चनपुरको चुनाबी नतिजा
कञ्चनपुर जिल्लामा हाल सम्ममा बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, पुनर्वास र बेल्डाँडी गाउँपालिकामा एमाले अग्र स्थानमा रहेको छ भने महाकाली तथा भीमदत्त नगरमा काँग्रेसले अग्रता लिएको छ त्यस्तै लालझाँडी र बेलौरी नगरपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ ।

भिमदत्त नगरपालिका वडा नं. १ र १९ मा नेपाली काँग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका वडा अध्यक्ष पदका उम्मेदवार आसिफ कुवँर (भुन्टु) ले ५९३ मत लिएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका बाबुराम शर्माले ४६६ मत ल्याएका थिए । १२७ मतको अग्रतामा कुवँरले विजय प्राप्त गरेका छन् । त्यस्तै वडा नं. १९ मा वडा अध्यक्षमा दामोदर महरा विजयी भएका हुन् ।

त्यस्तै, बेलौरी नगरपालिका वडा नं. ३ बाट नेपाली कांग्रेसका नेत्रराज गिरी विजयी भएको खबर प्राप्त भएको छ । लालझाडी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादी केन्द्र विजयी भएको छ । गाउँपालिका अध्यक्षमा माओवादीका उम्मेदवार मदनसेन बडायर र उपाध्यक्षमा सल्यादेवी महरा विजयी हुनुभएको हो । यस संगै वडा नं. ३, ४ र ६ मा समेत वडा अध्यक्षमा माओवादी केन्द्रले जित हासिल गरेको छ । त्यस्तै वडा नं. १, २ र ५ मा कांग्रेस विजयी भएको छ ।

नेकपा माओवादी केन्द्रले शुक्लाफाँटा नगरपालिकामा भने हाल सम्म अग्रता लिएको पाइन्छ तर मतगणना भने जारी नै छ । हाल सम्म सम्पन्न मत गणना अनुसार वडा नं. १ मा एमालेका हरिस विष्ट, २ मा माओवादी केन्द्रका शिवराज पनेरु, ३ मा माओवादी केन्द्रका नरेन्द्र
चौधरी र ७ मा माओवादी केन्द्रकै जगत सिह निर्वाचित भएका छन् । वडा नं. ८ मा समेत माओवादी केन्द्रले जित हासिल गरेको छ भने वडा नं. ९ मा नेपाली कांग्रेसका रमेश ऐर वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

त्यस्तै वेदकोट नगरपालिकामा हाल सम्म एमालेले अग्रता लिएको पाइन्छ । वेदकोट नगरमा वडा नं. २ बाट अनेरास्ववियुका जिल्ला अध्यक्ष समेत रहेका नरेश सिंह वडा अध्यक्षमा विजयी भएका छन् ।

त्यस्तै, महाकाली नगरपालिका वडा नं. ९ मा एमालेका गिरि बहादुर थापा वडा अध्यक्षमा विजयी भएका छन् भने नगर प्रमुखमा एमाले कै अग्रता छ ।

बैतडीको चुनाबी नतिजा
बैतडीमा दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । दशरथचन्दमा नेपाली काँग्रेसका नरेन्द्र सिंह थापा विजयी हुनुभएको हो त्यस्तै, उपप्रमुखमा काँग्रेसकै मीना चन्द विजयी हुनुभएको छ ।

त्यस्तै सुर्नया गाउँपालिका अध्यक्षमा काँग्रेसका वीरबहादुर विष्ट विजयी हुनुभएको छ । उपाध्यक्षमा एमालेकी लीला विष्ट विजयी हुनुभएको छ ।

पञ्चेश्वर गाँउपालिकामा नेकपा एमालेका गोरख बहादुर चन्द विजयी भएका छन् । गाँउपालिकाको उपाध्यक्षमा पनि नेकपा एमालेकै विना भट्ट विजयी भएका छन् । उक्त गाँउपालिकाको ३ वडाहरुमा नेकपा एमाले, २ मा नेपाली काग्रेस र १ मा राप्रपा विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । विजयी चन्द शिक्षक पेसाबाट राजिनामा दिएर गाँउपालिकाको अध्यक्ष बनेका हुन ।

शिवनाथ गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका कर्ण सिंह साउद गाउँपालिका अध्यक्षमा निर्वा्चित भएका छन् । उपाध्यक्षमा एमालेकी कुश्मा चन्द विजयी भएकी छन् ।

बैतडीमा अहिलेसम्म ६१ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ जसमा नेकपा एमाले २८ स्थानमा विजयी भएको छ । त्यस्तै, नेपाली काग्रेस २५ स्थानमा र माओवादी केन्द्र ७ स्थानमा विजयी भएको खबर प्राप्त भएको छ । राप्रपा ३ स्थानमा तथा स्वतन्त्र १ स्थानमा विजयी भएको समाचार प्राप्त भएको छ । यस्तै ४ वटा स्थानीय तह मध्ये ३ स्थानीय तहमा नेपाली काग्रेस विजयी, १ स्थानीय तहमा नेकपा एमाले विजयी, स्थानीय तहको उपमेयर अथवा उपाध्यक्षको हकमा नेकपा एमाले ३ स्थानमा विजयी नेपाली काग्रेस १ स्थानमा विजयी भएको छ ।

बझाङको चुनाबी नतिजा
बझाङमा कुल १२ स्थानिय तह रहेका छन् । दुर्गाथलि, थलारा, मष्टा, वित्थडचिर, तलकोट गाउँपालिकामा नेकपा एमालेले विजयी भएको छ भने काडा गाउपालिका र बुङगल नगरपालिका मा नेपालि काँग्रेस विजयि भएको छ । दुर्गाथलि गाउँपालिकाको प्रमुख पदमा नेकपा एमालेका प्रयागराज जोशी र उप प्रमुखमा पावर्ती देवी जप्रेल विजयी भएका छन् ।

मष्टा गाउपालिकाको प्रमुखमा नेकपा एमालेका कर्ण बहादुर कठायत र उप प्रमुखमा भगवति बोहरा विजयि भएका छन् । काडा गाँउपालिकामा प्रमुखमा नेपालि काँग्रेसका राजेन्द्र धामी र उप प्रमुखमा कल्पना बोहरा विजयि हुनु भएको छ ।

थलारा गाउपालिकाको प्रमुख पदमा नेकपा एमालेका भुवनेश्वर उपाध्याय र उप प्रमुखमा गंगु देवि खडायत विजयि हुनु भएको छ भने थलरा गाउँपालिका वार्ड नं. १ माओवादी केन्द्रका धर्मराज भट्ट वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

तलकोट गाउ पालिकाको प्रमुखमा पनि नेकपा एमालेकै लाल बहादुर विष्ट र उप प्रमुखमा धन लक्ष्मी खत्रि विजयि हुनु भएको छ ।

वित्थड चिर गाउपालिकाको प्रमुखमा पनि एमालेकै प्रेम बोहरा र उप प्रमुखमा जानकी बोहरा विजयि हुनु भएको छ । बुङगल नगरपालिकामा प्रमुख तथा उप प्रमुखमा नेपालि काँग्रेसका धन ब. विष्ट र मिना जाग्री विजयि हुनु भएको छ ।

त्यस्तै, जयपृथ्वी नगरपालिकाको वडा नं. १ र ३ को नतिजा आईसकेको छ । वडा नं. १ मा नेकपा एमालेका वडा अध्यक्षमा गगन बहादुर सिंह बिजयी हुनुभएको छ भने वडा नं. ३ मा नेकपा एमालेका वडाअध्यक्ष उम्मेद्वार कलक ओली बिजयी हुनु भएको छ । २ वटा नगरपालिका र १० वटा गाउँपालिका रहेको बझाङ जिल्लामा सबैभन्दा पहिले काँडा गाउँपालिकाको मतगणना सकिएको हो । बझाङ जिल्लामा ९७ हजार ६ सय ११ मतदाता रहेका छन् ।

बाजुराको चुनाबी नतिजा

बाजुरामा एक नगरपालिका र पाँच गाउँपालिकाको मत परिणाम सार्वजनिक भइसकेका छन् । एक नगरपालिका र दुई गाउँपालिकामा नेपाली काँग्रेसले तथा तीन गाउँपालिकामा नेकपा एमालेले जितेको छ ।

मत परिणाम अनुसार उत्तरी भेगको स्वामीकार्तिक गाउँपालिकामा एमाले समूह विजयी भएको छ । स्वामीकार्तिक गाउँपालिकामा एमालेका चिरञ्जीवी शाही विजयी हुनुभएको छ । यसैगरी गाउँपालिका उपाध्यक्षमा एमालेकी मीमा बुढा विजयी हुनुभएको छ ।

बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा नेपाली कांग्रेसका रामबहादुर कार्की विजयी भएका छन् । यसैगरी, वडा नं २ मा नेकपा (एमाले)का वडाध्यक्षका उम्मेदवार डम्वर महत विजयी हुनुभएको छ । वडा नं ३ मा नेकपा (एमाले)को सिङ्गो टोली विजयी भएको छ । वडाध्यक्षका उम्मेदवार वीरबहादुर रावल विजयी हुनुभएको छ । वडा नं ४ मा पनि नेकपा एमालेको सिङ्गो प्यानल विजयी भएको हो । एमालेका वडाध्यक्ष सुरेन्द्र नाथ विजयी भएका हुन् । वडा नं ५ मा नेपाली कांग्रेसको सिङ्गो टोली विजयी भएको छ । नेपाली कांग्रेसका बलबहादुर थापा विजयी भएका छन् । वडा नं ६ मा नेपाली काँग्रेस विजयी भएको छ । नेकाका वडाध्यक्षका उम्मेदवार कलादेवी बडुवाल विजयी भएकी छन् । त्यस्तै वडा नं. ७ मा नेकपा (एमाले)का वडाध्यक्षका उम्मेदवार धर्मराज उपाध्याय विजयी भएका हुन् भने वडा नं ८ मा नेपाली कांग्रेसको सिङ्गो प्यानल विजयी भएको छ । वडाध्यक्षका उम्मेदवार प्रकाश रावल विजयी हुनुभएको हो ।

हिमाली गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका गोबिन्द बहादुर मल्ल निर्वा्चित भएका छन् । उपाध्यक्षमा पनि काँग्रेसकै चन्द्रादेवी बुढा निर्वा्चित भएकी छन् ।

त्यस्तै, गौमूल गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । गौमूलको अध्यक्षमा हरि रोकाया २ हजार २ सय ४० मत ल्याई विजयी हुनुभएको छ । यसैगरी उपाध्यक्षमा एमालेकी सीता थापा विजयी हुनु भएको छ । गौमुल गाउँपालिकामा नेकपा (एमाले) वडा नं १, ५ र ६ मा विजयी भएको बताइएको छ ।

बाजुरा पाण्डव गुफा गाउँपालिका मा नेकपा (एमाले) विजयी भएको छ । गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार एमालेका जिल्ला कमिटी अध्यक्ष कालीबहादुर शाही विजयी भएको निर्वाचन अधिकृत प्रकाश राज पौडेलले बताउनुभएको छ । गाउँपालिका उपाध्यक्षका एमालेकै ऐना गिरी विजयी भएकी छन् ।

त्रिवेणी नगरपालिका–१ मा नेपाली कांग्रेसको सिङ्गो टोली विजयी भएको छ । वडाध्यक्षमा खम्म दमाईंले विजयी भएका छन् । यसैगरी, वडा नं ९ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । नेपाली कांग्रेसको वडाध्यक्षमा वीरबहादुर विष्ट विजयी भएका छन् ।

बूढीनन्दा नगरपालिका–१ मा नेपाली कांग्रेसका नृप खत्री विजयी भएका छन् । त्यस्तै, पाण्डवगुफा गाउँपालिका–५ मा नेकपा (माओवादी केन्द्र)का वडाध्यक्ष प्रकाश शाही विजयी भएका छन् भने वडा नं ६ मा नेकपा (एमाले)का वडाध्यक्षमा कलकबहादुर विष्ट विजयी भएका छन् ।

त्यस्तै, छेडेदह गाउँपालिका वडा नं १ मा नेकपा (एमाले)का वडाध्यक्ष वीरबहादुर रावल विजयी हुनुभएको छ । यसै गरी, वडा नं २ मा नेपाली कांग्रेसका वडाध्यक्ष मीनबहादुर शाही विजयी भएका छन् । वडा नं ३ मा नेकपा एमालेका वडाध्यक्ष दीपकबहादुर रावत विजयी भएका छन् । वडा नं ४ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा नेपाली कांग्रेसका हर्कबहादुर रावत विजयी हुनु भएको छ ।

अछामको चुनाबी नतिजा

अछामको कमलबजार नगरपालिकामा नेपाली काग्रेसले विजयी हासिल गरेको छ । नेपाली काग्रेसको मेयर पदमा उम्मेद्धार ओम प्रकाश बिष्ट विजयी भएका हुन् । उपमेयरमा पनी नेपाली काग्रेस नै विजयी हुनु भएको हो । नेपाली काग्रेसका भुुमिसरा बजगाई ढकाल विजयी हुनु भएको हो । कमलबजारका १० वडा मध्ये ७ मा नेपाली काग्रेस र ३ वडामा एमाले विजयी भएको छ । वडा नम्बर १, २, ३, ६, ७, ८ र १० मा काग्रेस विजयी भयो भने ४, ५ र ९ मा एमाले वीजयी भएको खबर प्राप्त भएको छ ।

अछामको पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर ६ बारलामा नेकपा माओवादी र नेपाली कांग्रेसका दुबै वडा अध्यक्षका उम्मेदवारको बराबर मत आएपछि गोलाप्रथाबाट चुनिएको छ । गोलाप्रथाबाट नेपाली कांग्रेसका उम्मेदवार तारा खनालले जित हात पारेका छन् । नेपाली काँग्रेसका तारा खनाल र नेकपा माओवादी केन्द्रका महारुप जैशीको समान ५१७ मत आए पछि गोलाप्रथाबाट कांग्रेसका उम्मेदवारले जितेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

नेपाली काग्रेस र नेकपा माओवादि केन्द्रको गठबन्धनलाई तोडदै मंगलसेन नगरपालिका वडा नम्बर १४ मा एमालको प्यानल सहीत विजयि भएको छ । नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेद्धार तेज बहादुर भण्डारी विजयि भएका छन् । बाँकी सबै वडा सदस्य पनी एमालेको प्यानलकै सदस्य विजयि भएका छन् । सुरु देखि मेयर र उपेमयरमा अग्रता लिएको एमालेले अहीले पनी जारी रोखेको छ ।

त्यस अघि अछामको ढकारी गाउपालिकाको वडा नम्बर ७ र ८ काग्रेस र ५ मा एमाले विजयी भएको छ भने ६ मा काग्रेस अगाडी देखिएका छ । हिजो काग्रेस अगाडी रहेको ढकारी गाउपालिकामा यतिबेला एमालले गाउपालिका अध्यक्ष उपाध्यक्षमा अग्रता लिएको छ ।

मेल्लेख गाउपालिका वडा नम्बर ८ मा काग्रेसले जितेको छ भने रामारोशन गाउपालिका वडा नम्बर १ मा माओवादि केन्द्र विजयी भएको छ ।

दार्चुलाको चुनाबी नतिजा

दार्चुलाको नौगाढ गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार प्रेमसिंह धामी विजयी भएका हुन । त्यस्तै उपाध्यक्ष पदमा पनि नेकपा एमालेका गौरी ठगुन्ना विजयी भइन् ।

दार्चुलाको मार्मा गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । गाउँपालीका अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका जमनसिह धामी विजयी भएका छन् भने उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकै बागमति ठगुन्ना विजयी भएका छन् ।

मार्मा गाउँपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रका बीरेन्द्रसिह बोहरा, वडा नम्बर २ मा केन्द्रकै अमरसिह विष्ट, वडा नम्बर ३ मा नेकपा एमालेका पुष्करसिह विष्ट, वडा नम्बर ४ मा माओवादी केन्द्रका उदयसिह महरा, वडा नम्बर ५ मा एमालेका सुरेन्द्रसिह महता, र वडा नम्बर ६ मा नेपाली काग्रेसका महादेव डडाल विजयी भएका छन् ।

२ नगरपालीका र ७ गाउँपालीका रहेको दार्चुला जिल्लाको कान्छो नगरपालीका शैल्यसिखर नगरपालिकामा नेपाली कांग्रेश मेयर र उपमेयरमा बिजयी भएको छ । काग्रेशको तर्फबाट मेयरपदका उम्मेदबार अमर सिह धामी बिजयी भएका हुन । यस्तै उपमेयरमा नेपाली काग्रेशका राजमती पाल बिजयी भएकी छिन् ।

मालीकार्जुन गाउँपालीकामा अध्यक्ष पदमा नेपाली काग्रेशका उम्मेदबार नरेन्द्र सिह धामी बिजयी भएका छन भने उपप्रमुखमा नेकपा एमालेका उम्मेदबार पुस्पा अवस्थी (मेनका) बिजयी भएकी छिन । यस्तै मालीकार्जुन गाउँपालीकाका वडाहरुमा समेत मिश्रित परिणाम आएको छ । गाउँपालीकाको वडा नम्बर १, ३, ५ र ६ मा नेपाली काग्रेश, वडा नम्बर २, ४ र ७ मा नेकपा एमाले तथा वडा नम्बर ८ मा नेकपा माओबादी केन्द्रका उम्मेदबार वडा अध्यक्षमा बिजयी भएका छन ।

अपी हिमाल गाउँपालीका अध्यक्षमा नेकपा एमाले जिल्ला कमिटि सदस्य एब. युवा नेता धर्मानन्द मन्याल र उपाध्यक्षमा उर्मीला बोहरा बिजयी हुनुभएको छ । अपीहिमालको वडा नम्बर १ मा काग्रेश, वडा नम्बर २, ३ र ६ मा नेकपा एमाले, वडा नम्बर ५ मा काग्रेश एमाले संयुक्त उम्मेदबार र वडा नम्बर ४ मा नेकपा माओबादी केन्द्रका उम्मेदबार बिजयी भएका छन् ।

हाल सम्म प्राप्त जानकारी अनुसार दार्चुला जिल्लामा नेकपा एमाले र नेपाली काग्रेश ३–३ स्थानिय तह र नेकपा माओबादी केन्द्र १ स्थानिय तहमा बिजयी भएका छन् । जिल्लाको दुहु र ब्यास गाउँपालीकाको मतगणना भइरहेको छ ।

डोटीको चुनाबी नतिजा

डोटीको बडिकेदार गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सहित अधिकांशमा नेपाली काँग्रेसले कब्जा जमाएको छ । अध्यक्षमा काँग्रेसका कृष्णबहादुर चन्दले विजय हासिल गर्नुभएको छ । त्यस्तै उपाध्यक्षमा पनि काँग्रेसकै इन्द्रादेवी भाट बोहरा विजयी भएकी छिन् । अन्तिम नतिजामा काँग्रेसले गाउँपालिकाका पाँच वडामध्ये तीन वडामा समूह नै जितेको छ, जसमा १ मा डम्बर बोहरा, ४ मा वीरेन्द्र कोटकेनी र ५ मा बुद्धिसागर बिनाडीको विजय भएको छ । यस्तै एमाललेका रामबहादुर नाम्जालीको समूहले वडा नं २ र लीलाधर सापकोटाको समूहले वडा नं ३ मा कब्जा जमाएको छ ।

त्यस्तै केआइसिंह गाउँपालिकामा काँग्रेसका लोकेन्द्रबहादुर शाहीको समूहले जित निकालेको थियो भने बोगटान गाउँपालिकामा माओवादी केन्द्रका कमलबहादुर गडसिलाले अध्यक्ष र एमालेका भगवती बमले उपाध्यक्ष मा जित निकालेका छन् । नौ स्थानीय तह
रहेको डोटीमा तीन तहको अन्तिम परिणाम आउँदा ६ तहमा मतगणना जारी छ जसअनुसार काँग्रेस चार तहमा र एमाले दुई तहमा अगाडि छन् ।

डोटीको सायल गाउँपालिकामा एमाले विजयी भएको छ । अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेले जित हासिल गरेको हो । अध्यक्षमा तेजबहादुर डुम्रे विजयी भए भने उपाध्यक्ष पदमा पनि एमालेकै उम्मेद्वार विष्णुदेवी सिंह विजयी भइन् । ६ वटा वडाहरु मध्ये ५ वटा वडा अध्यक्ष सहित प्यानल नै एमाले निर्वा्चित भएको छ । सायल गाउँ पालिकाको साथै पूर्वीचौकी गाउपालिका पनि एमालेले जितेको छ ।

डडेल्धुराको चुनाबी नतिजा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा नेकपा एमाले विजयी सुरुवात गरेको छ । अमरगढी नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार विश्वेश्वरप्रसाद ओझा (विपिन) विजयी भएका छन् भने उपप्रमुखमा पनि एमालेकै संगीता भण्डारी विजयी भइन् । एमाले उम्मेदवार विश्वेवरप्रसाद ओझाले ३ हजार ७ सय ६८ मत ल्याएर विजयी भएका हुन् । उपप्रमुखमा एमालेकी संगिता भण्डारीले ३ हजार ५ सय १७ मत प्राप्त गरी विजय भएकी छन् । अमरगढी नगरपालिकामा ऐतिहासिक जित हासिल गरेपछि एमालेले विजय उत्सव मनाएको छ ।

त्यस्तै जिल्लाका अन्य नगरपालिका र गाउँपालिकाहरुको मतगणना जारी छ । परशुराम नगरपालिका वडा नं. ८ मा एमालेका केशव बोहरा वडा अध्यक्षमा विजयी भएका हुन् । पत्रकार महासंघको डडेल्धुरा शाखाका पूर्व अध्यक्ष समेत रहेका बोहरा वडा अध्यक्षमा विजयी हुनु भएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *