कांग्रेसलाई जिताउन देउवाको आह्वान

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

धनगढी, १७ असार

चुनाव हुनु भन्दा पहिले आचार संहिता नलागे सम्म मेरो पार्टीलाई जिताउनु भनेर भन्नु अस्वाभाविक होइन तर निर्वाचनको मतदान सम्पन्न भएपश्चात्
मेरो पार्टीलाई जिताउनु भन्नु गैरकानूनी देखिन्छ ।

प्रदेश नम्बर ७ को एक मात्रै कैलालीको धनगढी उपमहानगरपालिकामा जसरी पनि कांग्रेसलाई जिताउन प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिनु भएको छ ।

उहाँको निर्देशन कार्यकर्तालाई नभई मतगणना स्थलमा बसेका गणक, निर्वाचन कार्यालयका कर्मचारी र मतगणना स्थलमा बस्ने कांग्रेस प्रतिनिधिलाई छ भन्ने बुझिएको छ ।

दुई दिनमा बल्ल वडा नम्बर १ को मतगणना सकिएको छ । ३ हजार ६ सय २६ मत खसेको वडा नम्बर १ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष मुडवरी प्यानल सहित विजयी हुनुभयो । जुन देउवा पक्षका लागि खुशीको कुरा हो । २ र १९ नम्बर वडाको मत गणना चलिरहँदा प्रधानमन्त्री देउवाकै पार्टीका मेयर उम्मेदवार नृपबहादुर वड अघि हुनुहुन्छ । वडले २ हजार ८१ मत ल्याउनु भएको छ भने उपमेयरमा कांग्रेसकै सुशीला मिश्र भट्टले २ हजार ३ सय २७ मत ल्याउनु भएको छ । दोश्रो स्थानमा रहेका मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले १ हजार ७ सय ५१ मत ल्याउनु भएको छ । मतगणनाको शुरुवातमा अग्रता लिए पनि हमाल अहिले दोश्रोमा हुनुहुन्छ ।

यस्तै एमालेका दुर्गा प्रसाद जोशीले मेयरमा १ हजार ४ सय ९८ मत ल्याउनु भएको छ भने उपमेयरमा रुक्मणी देवकोटाले १ हजार ९ सय ३६ मत ल्याउनु भएको छ ।

मेयरमा माओवादी केन्द्रका रामसमज रानाले ७ सय ३४ मत मात्रै ल्याउनु भएको छ भने उपमेयरमा शान्ति अधिकारी क्षेत्रीले १ हजार १ हजार २४ मत ल्याउनु भएको छ ।

झण्डै ५ हजार बढी मत गणना भइसक्दा कांग्रेस अग्रस्थानमा छ भने स्वतन्त्रले कांग्रेसलाई पछ्याइरहेको छ । कम्युनिष्ट घटक माओवादी केन्द्र र एमाले भने पछाडी परेका छन् ।

धनगढीको रंगशाला नजिकै रहेको क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रको सभाहलमा चलिरहेको मतगणना स्थलमा सबै दलका कम्तीमा एक एक जना प्रतिनिधि बस्ने पाउने प्रावधान छ ।

यो प्रावधान अनुसार धनगढी उपमहानगरपालिकाको मतगणना स्थलमा पनि सबै दलका एक एक जना प्रतिनिधि भए पनि कांग्रेसका ३–४ जना प्रतिनिधि सहभागी छन् । उनीहरुलाई मतगणना स्थलको तोकिएको ठाउँमा मात्रै नभई मन लागेको ठाउँमा बस्न र गणना भएको मत कम्प्युटरमा आफै इन्ट्री गर्ने छुट छ । उनीहरु विना रोकटोक मन लागेको ठाउँमा आवतजावत गर्छन् ।

तर अन्य दल (स्वतन्त्र, एमाले र माओवादी) का प्रतिनिधिलाई भने चुइक्क हल्लिन समेत नदिएको मतगणना स्थलमा रहेका एक प्रतिनिधिले नाम उल्लेख नगर्ने सर्तमा बताउनुभयो । कांग्रेस प्रतिनिधि जस्तै यताउता आवतजावत गर्न खोजे प्रहरीलाई बोलाएर चेतावनी दिने गरिएको छ । ‘कांग्रेसका मान्छेहरु जता गए पनि कसैले केही भन्दैन’ उहाँले भन्नुभयो ‘तर स्वतन्त्र, एमाले र माओवादीका मान्छेहरु बसेको ठाउँबाट हल्लिन खोज्यो भने बाहिरबाट प्रहरी बोलाइन्छ ।

मतगणना सुरु भएदेखि नै मतगणनास्थलमा यस्तै विभेद देखिएको छ ।’ मुख्य निर्वाचन अधिकृतको कार्यालयको आदेशमा नै आफूहरुले कडाई गरेको तर कुनै पनि पार्टीकालाई छुट नदिएको मतगणना स्थलमा खटिएका एक कर्मचारीले बताउनु भयो ।

शुक्रबार राति मतगणना चलिरहँदा कांग्रेसका वडको अग्रता कायमै थियो भने कांग्रेसलाई स्वतन्त्र उम्मेदवार हमालले पछ्याइरहनु भएको थियो । एमाले र माओवादीका उम्मेदवार अलि पछि नै थिए ।
तर गनिएको मत कम्प्युटरमा चढाउँदा कांग्रेसको मत बढे पनि स्वतन्त्र, एमाले र माओवादीको बढ्नुपर्ने जति मत बढेन । मत किन बढेन भन्दै कम मत आउने दलका प्रतिनिधिले हल्ला गरे । विरोधपछि फेरि रुजु गर्दा गनिएका मत र कम्प्युटरमा चढाइएका मतमा अन्तर भेटियो ।

त्यो अन्तर एमालेको ४ सय र स्वतन्त्रको १ सय १९ मतको फरक रह्यो । गणनामा आएको मत कम्प्युटरमा चढाउँदा तलमाथि भएपछि कांग्रेस बाहेकका दलका प्रतिनिधीले विरोध गरे भने मतगणना बहिष्कार सम्मको चेतावनी समेत दिए । तर कम्प्युटरमा मत चढाउने व्यक्तिले गल्ती स्वीकार गरेपछि कुरा मिले पनि बाँकी मत शनिबार बिहान मात्रै गणना गर्ने भन्दै मतगणना स्थगित गरिएको थियो ।

कांग्रेस बाहेकका दलले गणना भएका मत कम्प्युटरमा चढाउने व्यक्ति मुख्य निर्वाचन अधिकृत धनसिंह महराका छोरा रहेको आरोप लगाएका छन् । यस्तै मतगणना गर्ने एक व्यक्ति मुख्य निर्वाचन अधिकृतका बहिनी ज्वाइँ रहेका पनि उनीहरुको आरोप छ ।

प्रधानमन्त्री देउवाकै निर्देशनमा मत परिणाममा चलखेल गर्न महराले आफन्तलाई मतगणनाको काममा लगाएको आरोप पनि एमाले तथा स्वतन्त्र उम्मेदवारका प्रतिनिधिले लगाएका छन् भनी विभिन्न समाचार माध्यमहरुबाट प्रकाशमा आएको भएपनि यस्तो हुन सक्तैन । विरोधीहरु अनेक कुरा गर्न सक्छन् । कागले कान लग्यो भन्दैमा कान नछामीकन कागको पछि जानु हुदैन । यो केवल होहल्ला गराउने खेल हरुवा पार्टीको हुन सक्छ । यस तर्फ समस्त मतदाता उम्मेदवारहरुले समेत विचार पु¥याइ शान्ति पूर्वक मतगणनाको कार्यमा सहयोग पु¥याउनु पर्छ । यी मतहरु देशका सम्पत्ति हुन् र यी मतबाट नै देश कहाँ जाने हो प्रष्ट हुन्छ र देशको प्रजातान्त्रिक व्यवस्था बलियो हुन जान्छ । हर कसै व्यक्तिले पनि नकारात्मक कुरा भन्दा सकारात्मक कुरा ग¥यो भने सबैको हित हुन्छ । देउवाले त्यति भन्दैमा धाधली गरिने गुन्जायस हुदैन । यी सब बाहियात कुरा तर्फ सबैको विचार पुगोस् भन्ने जनभावना रहेको छ ।

स्थानिय निर्वाचनमा जोकोही आएपनि सबै पार्टी प्रमुखहरुले विल्कुल आफ्नै समर्थक आएको भनी सोच्नु पर्छ किनभने यो स्थानिय तहले स्थानिय सरकार मात्र चलाउने हो राष्ट्रको केन्द्र चलाउने होइन । केन्द्र त केन्द्रिय नेता कै हातमा हुन्छ । केन्द्रले बदमासी ग¥यो भने प्रान्तिय सरकारले समात्नु पर्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *