परराष्ट्र मन्त्री आज भारत जाँदै

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

महेन्द्रनगर, १७ असार

प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा कार्यक्रम मिलाउन तथा सार्क सम्मेलनको बारे समेत छलफल गर्ने पुरानै रितिअनुसार यस पटक पनि उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा आइतबार भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । नयाँ सरकार गठनपछि महराको यो पहिलो विदेश भ्रमण हो ।

परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी भ्रमणको औपचारिक घोषणा गरेको हो । ‘भारतीय विदेशमन्त्री सुष्मा स्वराजको निमन्त्रणामा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्ण बहादुर महरा तीनदिने औपचारिक भ्रमणका लागि भारत जाने तय भएको छ,’ परराष्ट्र मन्त्रालय द्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

महरासँग परराष्ट्र सचिव शंकरदास बैरागी, वरिष्ठ सहसचिव भरतराज पौड्याल, भारत हेर्ने महाशाखा प्रमुख सहसचिव भृगु ढुंगाना र महराका प्रमुख स्वकीय सचिव युवराज चौलागाईं पनि भारत जाने भएका छन् । दिल्लीबाट प्रतिनिधि मण्डलमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, उपनियोग प्रमुख भरत रेग्मी र राजनीतिक काउन्सिलर हरि ओडारी पनि थपिनेछन् ।

महराको भारत भ्रमणको पहिलो एजेन्डा प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणको तयारी गर्न हुनेछ । देउवाले ३१ साउनमा भारत भ्रमण गर्ने बारे नेपाल र भारतबीच कूटनीतिक च्यानलमा कुराकानी भइरहेको छ । त्यसका लागि नेपाल र भारतबीच सहकार्यका क्षेत्रमा देखिएका नीतिगत समस्या समाधानका लागि महराले पहल गर्नेछन् ।

उपप्रधानमन्त्री महराले दक्ष्मिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १९औँ शिखर सम्मेलन चाँडै हुनुपर्ने बताएका छन् । सार्क महासचिव अम्जद हुसेन बी सियालसँग महराले सार्क प्रक्रियाका लागि नेपालको प्रतिबद्धता समेत व्यक्त गरे । ‘सार्क मन्त्रिपरिषद् अध्यक्ष समेत रहेका उपप्रधान मन्त्री महराले सार्क प्रक्रियामा नेपालको प्रतिबद्धता व्यक्त गर्दैै १९औँ शिखर सम्मेलन चाँडै हुनुपर्नेमा जोड दिनुभएको छ,’ सार्क सचिवालय द्वारा जारी विज्ञप्तिमा उल्लेख
छ ।

महराले सार्क शिखर सम्मेलनका लागि उपयुक्त वातावरण बनाउन नेपालले पहल गर्नेमा जोड दिएका छन् । यसका लागि सदस्य राष्ट्रबीच निरन्तर रूपमा द्विपक्षीय एवं बहुपक्षीय छलफल गरेर अगाडि बढ्ने पनि महराले जवाफ दिएको उनका प्रेस संयोजक हरि लामिछानेले जानकारी दिए ।

सार्क महासचिव सियालले सार्क बडापत्र अनुसार यसको लक्ष्य प्राप्तिका लागि क्रियाशील हुने बताए । उनले यसका लागि सार्क मन्त्रिपरिषद् अध्यक्षका हैसियतमा महराको सहयोग अपेक्षा गरेको पनि उल्लेख गरे । महासचिव सियालले सार्कको आसन्न मन्त्रिपरिषद् बैठकबारे मन्त्री महरालाई जानकारी दिएका थिए । सार्क प्रक्रिया सुचारु गर्न अध्यक्षका रूपमा नेपालको भूमिका महत्वपूर्ण हुने महासचिवको भनाइ थियो ।

दक्षिण एसियामा अर्थात् एसिया महादेशमा नै सबैभन्दा शान्त रहेको नेपालले शान्तिको लागि विश्वमा नेपाललाई शान्ति क्षेत्र घोषित गर्न राखेको प्रस्ताव नेपाली नेताहरु कै अनुरोधमा छिमेकी राष्ट्र भारतले समर्थन नगरेपछि नेपालमा शान्तिको ठाउँमा अशान्तका विऊ रोपिएका थिए । त्यही विउबाट टुसाएका आतंकका हाँगाहरुले नेपाली जनताको घरघरमा पसी हुन सम्म अशान्ति फैलियो ।

हामी नेपालीले आफ्नै देशमा अशान्ति फैलाउँदा शान्ति क्षेत्रको प्रस्तावमा समर्थन नगर्ने राष्ट्रहरु नेपालको खिल्ली उडाउनमा त्यहाँका नेताहरु लागि परेका थिए भन्ने कुरा हाम्रा नेताहरुले बुझ्न सकेनन् र शान्त रहेको नेपाललाई झन् झन् अशान्त बनाइ साधारण नागरिक देखि राजा सम्मका हत्या भए । देश जर्जर अवस्थामा पुग्यो । हाम्रा शत्रु कोही नभएपनि नेपाललाई शान्त देख्न नचाहने राष्ट्रहरु मनमनै खुसी भएका हुन सक्छन् भन्ने यथार्थ कुरा हो । यसलाई नेपालीहरुले बुझ्नपर्ने देखिन्छ । विदेशको हित भन्दा स्वदेशको हित गर्नु नै बुद्धिमानी हुनेछ र नेपालको भलो हुने कुरामा कसैको पनि दुइमत देखिदैन । यति हुदा हुदै पनि हाम्रा नेताहरु सचेत भएको देखिदैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *